Your are browsing : technology
बेइजिङ – चीनकी दोस्रो महिला अन्तरिक्ष यात्री वाङ्ग यापिङले अन्तरिक्षबाट भिडियो लेक्चर दिएकी छन्। लाइभ भिडियो लेक्चर दिने उनी पहिलो चिनियाँ भएकी छन्। लाइभ भिडियोबाट विद्यार्थीहरुसँग कुराकानी गर्दै बाङ्गले गुरुत्वाकर्षणबिहीन बारे पढाएकी थिइन्। शेनझाउ अन्तरिक्षयान रहेको स्थान टियानगोन अन्तरिक्ष प्रयोगशालाबाट विद्यार्थीसँग कुराकानी गरिएको हो। चीनको पाँचौं अन्तरिक्ष अभियान शेनझाउ– २६ जुन सम्ममा पुरा हुँदैछ।  
फोकामा बद्‌लियो पानी
वाङ्गले अन्तरिक्षमा वजन र पिण्डका सिद्धान्त प्रमाणित गर्नको लागि केही प्रयोगको सहायता लिएकी छन्। यसको लागि उनीहरुको चिनियाँ अन्तरिक्ष टोलीले न्यूटनको गति सम्वन्धी दोस्रो नियमको सहायता लिएको छ। अन्तरिक्षबाट लेक्चर दिँदै वाङ्गले सूक्ष्म गुरुत्वाकर्षणमा बस्तुहरु कसरी चल्छन् भन्ने देखाइएकी थिइन्। यसको लागि उनले आफ्नो दलको एकजना साथीलाई ९० डिग्री र फेरि १८० डिग्रीमा घुमाएकी थिइन्। लेक्चर सकिनु भन्दा पहिला वान्गले अन्तरिक्षमा अत्याधिक दवाब देखाउनको लागि धातुको सहायताले एक जालो बनाइन्। फेरि उनले यस जालोमा पानी राखिन् जुन पानीको एउटा फोकामा बदलियो। अन्तरिक्षको यो दृश्य प्रत्यक्ष हेरिरहेका चिनियाँ विद्यार्थीले ताली बजाएका थिए। सरकारी सञ्चारमाध्यमका अनुसार बेइजिङमा एक विशेष कक्षाको लागि ३३० प्राथमिक र माध्यमिक तहका विद्यार्थीले यो लेक्चर हेरेका छन्। उनीहरुले यो लाइभ भिडियो हेर्दै प्रश्न पनि सोध्ने व्यवस्था गरिएको थियो। एक विद्यार्थीको जवाफ दिँदै वाङ्गले भनिन्- जो तारा हामी देख्छौं तिनीहरु केही बढी चमकदार देखिन्छन् तर धिप-धिप गर्दैनन्। उनले भनिन् ‘धर्ति निलो होइन यहाँबाट कालो देखिन्छ। हामी सूर्य १६ पटक उदाएको देख्छौं किन भने हामी प्रत्येक ९० मिनेटमा पृथ्वीको फन्को मारिरहेका छौं।‘


फेसबुकले भनेको छ अहिलेसम्म यसरी सार्वजनिक भएको व्यक्तिगत विवरणको दुरुपयोग भएको सूचना पाइएको छैन। 'फेसबुक पोग्रामिङमा आएको यो गल्तीका कारण हामी हैरान र दुःखी छौं', फेसबुकले भनेको छ- 'गल्ती पत्ता लाउने बाहिरिया प्रोग्रामरलाई ठूलो राशिको पुरस्कार दिइएको छ।'

फेसबुकमा व्यक्तिगत विवरणको सुरक्षाको सधैँ एउटा ठूलो मुद्दा बन्दै आएको छ। फेसबुकले गल्ती स्वीकार्दै अपलोड गरिने 'कन्ट्याक्ट लिष्ट' तथा 'एड्रेस बुक' व्यवस्थित गर्ने सिलसिलामा यो गल्ती भएको उल्लेख गरेको छ। यद्यपि फेसबुक 'कन्ट्याक्ट लिष्ट' प्रयोगकर्ताका सम्पर्क जानकारीका विश्लेषण गर्न सक्छ र नयाँ साथी 'एड' गर्न भन्न सक्छ।

फेसबकु अकाउन्ट खोल्ने प्रक्रियाका बेला इमेल तथा फोन नम्बर जस्ता व्यक्तिगत जानकारी जम्मा गर्छ। असावधानीबस ती सूचना पनि कन्ट्याक्ट् लिष्ट तथा एड्रेस बुकमा अपडेट भए। फेसबुकका अनुसार जब प्रयोगकर्ताले अफ्नो प्रोफायल जानकारी डाउनलोड गरे तब सम्पर्क एवं ती उनीहरुलाई सेयर नगरिएका अन्य जानकारी पनि एकै साथ डाउनलोड भएर आए।

यो गल्तीपछि करिब ६० लाख प्रयोगकर्ताका निजी सूचना यसरी सार्वजनिक भए। तर पहिलै चिनेका मान्छहरुबीच नै त्यस्तो विवरण पुगेको भन्दै फेसबुकले यसबाट ठूलो असर नपरेको दाबी गरेको छ। फेसबुकले भनेको छ अहिलेसम्म यसरी सार्वजनिक भएको व्यक्तिगत विवरणको दुरुपयोग भएको सूचना पाइएको छैन।

यो गल्ती अहिले फेसबुकले सच्याइसकेको छ। फेसबुकको यो गल्तीलाई 'व्हाइट हट' कार्यक्रमसँग सम्बन्धित प्रोग्रामरले सर्वजनिक गरेका थिए। यो कार्यक्रम फेसबुक कोडिङका गल्ती तथा कमजोरी औंल्याउने गर्छ।

वैशाख महिनामा मात्र चार लाख ३८ हजार चारसय ८८ जनाले नयाँ टेलिफोन लिएका छन् । यो संख्यालाई ३० दिनको एक महिना मानेर हिसाव गर्दा दैनिक १४ हजार ६ सय १६ हुन आउँछ । अघिल्ला महिनाको तुलनामा वैशाखमा दैनिक नयाँ टेलिफोन लिनेको संख्या बढेको देखिन्छ । प्राधिकरणको प्रतिवेदनअनुसार चैत महिनामा चार लाख १६ हजार ६ सय ६५ जनाले नयाँ टेलिफोन जोडेका थिए । त्यसबेलाको तथ्यांक विश्लेषण गर्दा दैनिक १३ हजार आठसय ८८ जना नयाँ उपभोक्ता थपिएको देखिन्छ ।
इन्टरनेटमा दैनिक साढे ६ हजार
टेलिफोन चलाउने मात्र होइन इन्टरनेट चलाउने नयाँ ग्राहकको संख्या पनि दैनिक करिब साढे ६ हजारको दरमा थपिने गरेको छ ।
प्राधिकरणको प्रतिवेदनअनुसार हाल नेपालमा दैनिक ६ हजार तीन सय ८० जनाले इन्टरनेट एक्टिभ गर्ने गरेका छन् । त्यसमध्येमा सबैभन्दा धेरै मोवाइलमा इन्टरनेट चलाउने रहेको अन्नपूर्ण पोष्टमा खबर छ ।
वैशाख महिनामा मात्र नेपालमा एकलाख ९१ हजार चारसय २० इन्टरनेट प्रयोगकर्ता थपिएका छन् । थपिएका इन्टरनेट प्रयोगकर्तामध्ये एक लाख ७५ हजार २८ ग्राहक मोबाइलमा इन्टरनेट प्रयोग गर्नेछन् ।
सामसुङको ग्यालेक्सी एस फोर अप्रिल २६ मा मात्रै अमेरिकी बजारमा लञ्च भएको हो । यो मे महिनामा अहिलेसम्म भेरिजोन, स्पि्रन्ट र टी मोबाइल कम्पनीमा ग्यालेक्सी एस फोरको बिक्रि सबैभन्दा बढि छ भने एटी एण्ड टी कम्पनीमा मात्र आइफोन फाइभको बिक्रि पहिलो स्थानमा रहेको छ । जबकी अपि्रल महिनामा चारवटै कम्पनीमा आइफोनको बिक्रि पहिलो स्थानमा थियो । सामसुङ र एप्पल पछि एचटिसी तेश्रो स्थानमा छ भने नोकिया लुमिना ९२८ चौथो स्थानमा छ ।
भिडियोको लागी तल क्लिक गर्नुहोला
News Sangalo