हामीकहाँ अध्यागमनका अधिकारीहरुले विदेशबाट फर्केकी एक जना युवतीमाथि यौन शोषण गरेको समाचार केही महिना पहिले आएको थियो । उता बेलायतमा भने विमानस्थलका कर्मचारीमाथि एक अनौठो तथा शर्मनाक आरोप लागेको छ । एयरपोर्टको सुरक्षा जाँच गर्ने अधिकारीहरुले चेकजाँचका क्रममा एक १८ वर्षीया युवतीले लगाएको हाप पाइन्ट खोलिदिएको आरोप कर्मचारीहरुमाथि लागेको छ ।
छुट्टी मनाउन स्पेन जान लागेकी एलिक्स टाउसेन्ड नामकी युवतीले म्यानचेष्टर एयरपोर्टका चेक इन अधिकारीहरुले सय जना मान्छेका सामुन्ने आफ्नो कट्टु काढिदिएको जिकिर गरेकी छिन् । हुनत कर्मचारीहरु आफैले कट्टु काढिदिएका पनि रहेनछन् । उनले लगाएको हाप पाइन्ट निकै छोटो भएको भन्दै विमानभित्र छिर्नका लागि अर्को लामो कट्टु लगाउन उनलाई निर्देशन दिएका रहेछन् । अर्थात् कैयौँ मानिसका सामुन्ने ती युवतीलाई कट्टु काढेर अर्को लुगा लगाउत बाध्य पारेका रहेछन् । उनलाई लुगा फेर्नका लागि कुनै कोठामा जाने अनुमति पनि नदिएर सबैका सामुन्ने कट्टु काढ्न बाध्य पारिएको समाचारमा उल्लेख छ । उनले त्यसपछि रुँदै कट्टु काढेर सुरुवाल लगाइन् ।
अधिकारीहरुले भने कट्टु फुकाल्नका लागि ती युवतीलाई बाध्य नपारेको र वायुसेवाको नियमानुसारको लुगा लगाउन आग्रह गरेको दाबी गरेका छन् ।
![]() |
प्रदर्शनको पालो पर्खेको फिल्म 'करामत'ले हलमा लागेपछि करामत देखाउला/नदेखाउला, फिल्म रिलिज नभई त्यो भन्न सकिने कुरा होइन। तर, फिल्ममा केही न केही 'करामत' देखाइएकै छ भन्नेमा विश्वास गर्ने आधार देखिएका छन्।
फिल्म 'एटिएम'मा करामतै देखाएकी सोनिया शर्मा र 'आँखा झिमिक्क, मालसामान गायब' भन्ने आइटम नाचेकी सम्झना प्याकुरेलको गठजोड नै फिल्मको नामलाई परिभाषित गर्न काफी छ। अभिनेता राही श्रेष्ठले निर्माण गरेको फिल्म 'एक्सन र लभस्टोरी जेन्रेको हो' भनेर प्रचार गरिएको छ। भदौको पहिलो हप्ता रिलिज गर्ने चाँजोपाँजो मिलाइएको फिल्ममा सुमन सिंह र राही श्रेष्ठको प्रमुख भूमिका छ। निर्देशक दिनेश पौडेलले दुई जना हट हिरोइनलाई एकै ठाउँ थुपारेर कस्तो करामत देखाउन खोजेका होलान्?
![]() |
हलिउड नायिका एन्जेलिना जोलीले अभिनय गरेको फिल्म रिलिज नभएकै तीन वर्ष भइसक्यो । 'द टुरिस्ट' खेलेपछि बरु उनी 'इन द ल्यान्ड अफ ब्लड एन्ड हनी' को निर्देशनमा लागिन्, फिल्ममा देखिएकी छैनन् । ६ सन्तानकी आमा जोली पछिल्ला वर्ष गृहस्थीमा पनि बढी व्यस्त रहिन् ।
तैपनि गएको एक वर्षमा उनले ३३ मिलियन डलर कमाइ गरेकी छन् । जुन रकम हलिउड नायिकामै सर्वाधिक हो । धनीहरूको सूची सार्वजनिक गर्ने फोब्र्स पत्रिकाले हालै गरेको तथ्यांकमा जोली गतवर्ष सर्वाधिक कमाइ गर्ने नायिकाको पहिलो नम्बरमा रहेकी हुन् । उनले अघिल्लो वर्षभन्दा यसपालि १३ मिलियन डलर धेरै कमाइ गरेकी फोब्र्सले जनाएको छ । क्यान्सरका कारण आफ्ना दुवै स्तन गुमाउन पुगे पनि जोलीले सन् २०१४ मा 'मेलफिसेन्ट' फिल्मबाट पुनः अभिनयमा र्फकन लागेकी छन् । उक्त फिल्मका लागि जोलीलाई १५ मिलियन डलर दिइएको छ ।
फोब्र्सको धनी नायिकाको सूचीमा 'द हंगर गेम्स' की ओस्कार अवार्ड विजयी नायिका जेनिफर लरेन्स दोस्रो स्थानमा आएकी छन् । २२ वर्षीया जेनिफरको गतवर्षको कमाइ जोलीको भन्दा ६ मिलियन डलर मात्रै कम हो । अघिल्लो सूचीमा एक नम्बरकी धनी हलिउड नायिका बनेकी ट्वालाइट सिरिजका फिल्मकी नायिका क्रिस्टिन स्टुवार्ट यसपटक भने २२ मिलियन डलर कमाइसहित तेस्रोमा परेकी छन् । स्टुवार्टका लागि यस वर्ष ट्वालाइटको सिरिजले अन्त्यसँगै को-स्टार प्रेमी रोबर्ट प्याटिन्सनसँगको रिलेसनसिपको पनि अन्त्यले तनावमै बित्यो ।
त्यसैगरी 'वी आर द मिलर्स' नायिका जेनिफर एनिस्टन २० मिलियन डलरसहित चौथो र 'द अमेजिंग स्पाइडर म्यान' नायिका एम्मा वाट्सनले गतवर्ष १६ मिलियन डलर धन आर्जन गरेर पाचौं धनी हलिउड नायिकामा परिन् । सन् २००९ मा ३० मिलियन डलरमा बनेको फिल्म 'द ब्लाइन्ड साइड' बाट ओस्कार अवार्ड जित्नुका साथै तीन सय नौ मिलियन डलर कमाइ गरेपछि यसकी नायिका सान्ड्रा बुलोक अघिल्लो पटक तेस्रो धनी नायिकामा परेकी थिइन् । यसपटक भने १४ मिलियन डलर मात्रै कमाइसहित सातौं नम्बरमा धकेलिएकी हुन् ।
![]() |
क्यान्सरसँग एक दशक लड्दालड्दै बितिन् मेरी आमा, छपन्न वर्षको उमेरमा। नातिनातिनाका मुख हेर्ने र तिनलाई काखमा खेलाउने ठूलो धोको थियो उनको। मेरा पछिल्ला सन्तानले उनलाई देख्न पाएनन्। उनी कति मायालु र दयालु थिइन्, उनीहरूले अनुभव गर्न पाएनन्।
घरमा हामी 'ममीकी ममी' बारे कुरा गर्छौं। र, म आफ्ना केटाकेटीलाई उनीहरूको हजुरआमालाई टिपेर लैजाने रोगको बेलीविस्तार लगाइरहेकी हुन्छु। उनीहरू आत्तिने गरेका छन्, 'कतै तपाईंलाई पनि त्यस्तै रोग लाग्यो भने?' भन्नलाई म उनीहरूलाई 'चिन्ता नगर, मलाई त्यस्तो केही हुँदैन' भन्छु। तर, सत्य के हो भने मैले 'बिआरसिए वन्' नामक दोषपूर्ण जिन बोकेकी छु। यसले स्तन र पाठेघरको क्यान्सर हुने जोखिमलाई अत्यधिक बढाउँछ।
डाक्टरहरूले मलाई स्तन क्यान्सर हुने जोखिम ८७ प्रतिशत र पाठेघरको क्यान्सर हुने जोखिम ५० प्रतिशत भएको आँकलन गरेका थिए। यद्यपि, हरेक महिलामा जोखिमको मात्रा फरक–फरक हुन्छ।
वंशाणुगत जिन परिवर्तनका कारण हुने स्तन क्यान्सरको संख्या सानो छ। बिआरसिए वन जिन भएकालाई औसतमा यो क्यान्सर हुने जोखिम ६५ प्रतिशत हुन्छ।
आफ्नो वास्तविकता थाहा पाएपछि मैले समय छँदै सतर्क हुने र सकेजति जोखिम घटाउने निर्णय गरे। मैले सुरक्षात्मक दोहोरो म्यास्टेक्टोमी गर्ने निधो गरेँ। र, मैले स्तनबाट उपचार सुरु गरेँ किनभने मलाई पाठेघरको भन्दा स्तन क्यान्सरको जोखिम उच्च थियो। र, यसको शल्यक्रिया बढी जटिल थियो।
अप्रिल २७ मा म्यास्टेक्टोमीसम्बन्धी तीनमहिने मेडिकल प्रक्रिया पूरा गरेँ। त्यस बेलासम्म मैले यसलाई गोप्य राखेकी थिएँ। अहिले म यसबारे लेखिरहेको छु, मेरो अनुभवले अरू महिलालाई फाइदा पुर्याउनेछ भन्ने आशामा। क्यान्सर अहिले पनि मान्छेको मुटु हल्लाउने भयानक शब्द हो। यसले मान्छेलाई निरीहताको गहिरो बोध गराउँछ। तर, अचेल रगत परीक्षणबाट तपाईं स्तन र पाठेघरको क्यान्सरको उच्च जोखिममा हुनुहुन्छ कि हुनुहुँदैन भने पत्ता लगाउन सम्भव भएको छ। र, तपाईं त्यही अनुसार उपचार गराउन सक्नुहुन्छ।
मेरो उपचार प्रक्रिया फेबु्रअरी २ मा सुरु भएको थियो। यसलाई 'निप्पल डिले' भन्छन्। यसले स्तनको मुन्टापछाडिका धमनीहरूमा रोग लाग्न दिँदैन र त्यहाँ अतिरिक्त रक्त बहाव सिर्जना गर्छ। यस प्रक्रियामा अलि–अलि पीडा हुन्छ र थुप्रै नीलडाम देखिन्छन्। तर, यसले 'निप्पल' जोगिने सम्भावना बढाउँछ।
त्यसको दुई हप्तापछि मुख्य शल्यक्रिया भयो। स्तनका तन्तुहरू हटाइए र तिनका ठाउँमा अस्थायी 'फिलर' राखिए। शल्यक्रिया आठ घण्टासम्म चल्न सक्छ। तपाईं जब ब्युँझनुहुन्छ, स्तनभित्र 'ड्रेन ट्युब' र 'एक्स्प्यान्डर'हरू भरिएको पाउनुहुनेछ। यो दृश्य 'साइन्स फिक्सन फिल्म' को जस्तो लाग्नेछ। तर, केही दिनपछि तपाईं सामान्य जीवनमा फर्कनुहुनेछ।
नौ हप्तापछि स्तन पुनःसंरचनाको अन्तिम शल्यक्रिया हुन्छ। स्तन प्रत्यारोपण हुन्छ। अघिल्ला केही वर्षमा यस प्रक्रियामा धेरै विकास भइसकेको छ र तिनका परिणाम सुन्दर हुन सक्छन्।
म्यास्टेक्टोमीको निर्णय गर्नु मेरा निम्ति सजिलो थिएन। तर, यो गरेपछि म खुसी छु। मलाई स्तन क्यान्सर हुने सम्भावना ८७ बाट झरेर पाँच प्रतिशतमा पुगेको छ। अब म आफ्ना सन्तानलाई भन्नसक्छु कि स्तन क्यान्सरका कारण उनीहरूले आफ्नी आमालाई गुमाउनु पर्नेछैन।
उनीहरूले मलाई देखेर असहज हुनुपर्दैन। सानातिना दागबाहेक मेरो शरीरमा अरू केही छैन। उनीहरूकी ममी पहिलेजस्ती थिई, अहिले पनि उस्तै छ। उनीहरू जान्दछन् कि म उनीहरूलाई माया गर्छु र उनीहरूसँग जिउन जे पनि गर्न तयार छु। व्यक्तिगत तवरमा पनि मैले आफूलाई पूर्ण नारी नै पाएकी छु। खासमा म झन् शक्तिशाली भएको छु। मैले बलियो विकल्प रोजेँ। र, यसले मेरो नारीत्वमा अलिकति पनि ह्रास पुर्याएको छैन।
ब्राड पिटजस्ता मायालु र सहयोगी जीवनसाथी पाउनु मेरो सौभाग्य हो। तपाईंकी पत्नी या प्रेमिका यो प्रक्रियाबाट गुजि्ररहेकी छिन् भने तपाईं यस अवस्थाको अहम् हिस्सा हुनुहुन्छ। ब्राड मैले उपचार गरेको पिंक लोटस ब्रेस्ट सेन्टरमा मसँग थिए। हरेक शल्यक्रियाको एक–एक मिनेटमा उनी मेरो साथमा थिए। हामी हँसीमजाक गर्न केही पल निकाल्थ्यौँ। हामीलाई थाहा थियो– हामीले सही निर्णय गरेका थियौँ र यसले हामीलाई झन् नजिक ल्याउनेछ। र, ल्यायो।
आशा छ– मेरो यो लेख पढ्ने महिलाले आफूसँग विकल्प भएको थाहा पाउनेछन्। स्तन या पाठेघरको क्यान्सरको पारिवारिक इतिहास भएका हरेक महिलालाई म यससम्बन्धी जानकारी र विज्ञ चिकित्सकहरू खोज्न प्रोत्साहन गर्न चाहन्छु। आफूलाई जानकारी भएको विकल्प खोज्नुहोस्।
विश्व स्वास्थ्य संगठनका अनुसार हरेक वर्ष स्तन क्यान्सरले ४ लाख ५८ हजार मानिसलाई मृत्युको मुखमा पुर्याउँछ। यसबाट ज्यान गुमाउनेहरू मुख्यतः गरिब देशका महिला छन्। जहाँका नागरिक भए पनि, जेजस्ता पृष्ठभूमिका भए पनि, जिन जाँच र सुरक्षात्मक उपचार उनीहरूको पहुँचमा हुनुपर्छ। बिआरसिए वन र बिआरसिए टूको परीक्षणमा लाग्ने तीन हजार अमेरिकी डलर धेरै महिलाका लागि अवरोध बनेको छ।
मैले आफ्नो कथालाई निजी मामलामा सीमित राख्न चाहिनँ किनभने संसारमा धेरै महिला छन्, जो आफू क्यान्सरको छायामा बाँचिरहेको हुनसक्नेबारे बेखबर छन्। म आशा गर्छु– उनीहरू पनि जिन परीक्षण गर्न समर्थ हुनेछन् र उच्च जोखिम भएकाले आफूसँग बलिया विकल्प भएको बुझ्नेछन्।
जीवनमा असंख्य चुनौती छन्। सामना र नियन्त्रण गर्न सकिने चुनौतीहरूसँग डराउनुहुँदैन।
![]() |
८ साउन, काठमाडौं । डचेज अफ क्याम्बिजले छोरालाई जन्म दिएका छन् । केन्सिंग्टन प्यालेसले यो घोषणा गरेको हो । केटले पश्चिमी लण्डनको सेन्ट म्यारी अस्पतालमा शाही बच्चा जन्माएकी हुन् । शाही परिवारको नयाँ सदस्यको जन्म बेलायती समाचार अनुसार विहान ४ बजेर २४ मिनेटमा भएको थियो । केन्सिंग्टन प्यालेसले जारी गरेको बयानमा डचेज र उनको सन्तान दुबै स्वस्थ रहेको उल्लेख छ ।
|
|
अमेरिका । गायिका एवं अभिनेत्री सेलेना गोम्जाले किशोरावस्थाको समयमा डेटिङ जान शुरु गरेको बताएकी छन् ।किशोरावस्थामै डेटिङमा जाँदा आफूलाई कुनै पनि विषयको खासै प्रवाह नहुने गरेको उनको भनाई छ ।
सेलेना १० बर्षको उमेरमै लोकप्रिया भएकी थिईन् । टेलीभिजन कार्यक्रम सीरिज ‘बर्नी एण्ड फ्रेण्डस’बाट सेलेनाले आफ्नो करियर शुरुआत गरेकी हुन् ।
पछि सेलेना गोम्जाको सम्बन्ध गायक निक जोनास र जस्टिन बीबरसँग भएको थियो ।
‘अब्जार्वर’ पत्रिकाका अनुसार सेलेना गोम्जालाई उदृत गर्दै लेखेको छ, ‘म अफ्नो निजी जीवन बाँच्नका लागि डराउँदिन ।’
‘१४/१५ बर्षको उमेरमै मेरो पहलो प्रेमी निक थियो,’ सेलेना गोम्जाले भनेकी छन्, ‘जो वास्तवमा प्रेमी थिएनन् ।’
‘कुनै पनि युवकसँग व्यक्तिगत रुपमा रहँदैमा केही हुँदैन,’ उनले भनेकी छन्, ‘आफूलाई बोझ नहुँदा सम्म जोसँग पनि बस्न सकिन्छ ।’
सेलेना गोम्जाले आफ्ना एर्काएक प्रेमी पनि रहेको खुलासा गरेकी छन् । तर उनको नाम गोपनीय रहेको उनको भनाई छ ।
|
|


































