भ्याएसम्म म आफैं पकाउँछु। दालभात,
तरकारी, चिकेन बिर्यानी पकाउँछु। आफूले भन्दा अरूले पकाएको मिठो लाग्छ।
काममा बाहेक घरबाहिर धेरै खाने गरेको छैन।
घुम्न : म धेरै घुमिरहने त होइन। घुम्न भनेपछि पोखरा,
मुस्ताङ रमाइलो दृश्य दिमागमा आइहाल्छन्। त्यहाँका हिमाल, ताल, पहाड निकै
सुन्दर छन्। पोखरा, मुस्ताङ पुग्दा शरीरमा स्फुर्ति आएको महसुस हुन्छ।
काठमाडौं बस्नेका लागि प्रदूषण नभएको ठाउँ स्वर्गजस्तै हो। त्यहाँको
भू–बनोट अजीव लाग्छ, उत्तिकै रमाइलो पनि। नेपालका धेरै ठाउँ पुगेकी छु।
सुदूरपश्चिमदेखि हिमाल, पहाड, तराई पुगेकी छु। नेपालबाहिर भारत जान मनपर्छ।
त्यहाँका ठाउँ 'कलरफुल' लाग्छन्। नगएको देश स्विटजरल्यान्ड एकदमै जान मन
छ।
पढ्न : पढ्नमा यस्तै भन्ने विशेष छैन। आफैं छानेरभन्दा
अरूको सिफारिसमा पढ्न मन लाग्छ। आइरहेका भन्दा अलि फरक विषयवस्तु पढ्न
रमाइलो मान्छु। लभ स्टोरी चाखलाग्दो हुग्छ। पढ्ने सवालमा निश्चित विषय
भन्ने छैन।
सुन्न : म्युजिक मुडअनुसार सुन्न मन लाग्छ। छिटो,
ढिलो, भावनात्मक खालका गीत सुन्छु। शरीरको अवस्था हेरेर। बोर लागेको,
थाकेको, रोमान्टिक मुडमा फरक–फरक गीत सुन्छु। नेपाली, अंग्रेजी, हिन्दी
बुझिने सबै भाषाका गीत सुनिन्छ। विशेष भन्ने छैन। तीजका गीत सुन्दा रमाइलो
लाग्छ।
हेर्न : फुर्सदको समय सकेसम्म फिल्म नै हेर्छु।
मनपर्ने विशेष फिल्म छैन। मुडअनुसार हेरिन्छ। मनपर्यों भने लगातार हेर्छु,
नत्र बीचमै छाड्छु। हलमा चलेको जति आकर्षक नेपाली फिल्म छुटाउन्न।
अन्तर्राष्ट्रिय मुभी जति पनि आएको छ प्रायः हेर्छु। समय हुँदा हलमै
पुग्छु। नभए घरमा हेरिरहन्छु।
साउनमा : त्यस्तो
विशेष छैन। अलि व्यस्त छु। हरियो चुरा, मेहन्दी यसपटक लगाएकी छैन। अरूले
लगाएको देख्दा रमाइलै लाग्छ। लगाउनैपर्छ भन्ने छैन।
नायक आर्यन सिग्देल राम्रो र स्वभाविक अभिनय गर्ने नायकको रुपमा चिनिन्छन् । प्रायः चलचत्रिमा ‘लभर ब्वाई’को रुपमा देखिने आर्यन बलिउडका सलमान खानबाट निकै प्रभावित छन् ।
चलचित्रको पर्दामा मायाप्रीतिका कुरा मात्र नभएर सलमान खान झैं एक्सन पनि गर्न सक्ने खुबी आफुमा रहेको बताउने उनी यतिबेला चलचित्र ‘महसुस’को प्रोमोसनमा ब्यस्त छन् ।
आर्यन फिल्मस्को ब्यानरमा ‘नोबेम्बर रेन’ नामक चलचित्र निर्माण गर्ने भनेर उद्घोष गरेका आर्यनले अहिलेसम्म किस्मत, मेरो एउटा साथी छ, हिफाजत, फस्ट लभ, द फल्यास ब्याक, कोही मेरो, बन्दी, कस्ले चोर्यो मेरो मन, के यो माया हो, सपना, मेरो लभ स्टोरी, आई एम सरी, धुवा यो नशा, दबाब लगायत चलचित्रमा अभिनय गरिसकेका छन् ।
काठमाडौं थानकोटका स्थायी बासिन्दा आर्यन अहिले महाराजगञ्जमा बस्दै आएका छन् । पछिल्लो समय ‘लभ लाईफ’को कुराले आर्यन चर्चामा छन् । काठमाडौं स्थाई घर भएकी सपना भण्डारीसँग आर्यनको ‘इलु इलु’ चलिरहेको छ ।
भर्खरै (श्रावण २१ गते) उनले आफ्नो जन्मदिन प्रेमिका सपनासँगै मनाए । चलचित्र खेल्नमा ‘चुजी’ देखिएका आर्यन चलचित्रमा काम गरेबापत निकै राम्रो पारिश्रमिक लिने नायकमा पर्छन् । उनै नायक आर्यन सिग्देलसँग उज्यालो अनलाइनका लागि अर्जुनकुमार संग्रौलाले गरेको कुराकानी :
अहिले केमा ब्यस्त हुनुहुन्छ ?
चलचित्र ‘महसुस’ यही श्रावण ३२ गते रिलिज हुँदैछ । महसुसकै प्रोमोसनमा ब्यस्त भईरहेको छु । राम्रो ‘टिम’ले बनाएको राम्रो कथाबस्तु बोकेको चलचित्र भएकोले गर्दा पनि महसुसले दर्शकको मन जित्न सफल हुन्छ भन्ने आशा लिएको छु । चलचित्रको बारेमा सबैले थाहा पाउन भनेर चलचित्र प्रचार प्रसारमा समय दिईरहेको छु ।
चलचित्र महसुस कस्तो चलचित्र हो ?
मैले काम गरेका चलचित्रहरुमध्ये महसुस पनि म आफैलाई मन पर्ने चलचित्र भित्रमा पर्छ । यो चलचित्रलाई म पारिवारीक त्रिकोणात्मक चलचित्र भन्न रुचाउँछु । ‘वेल एजुकेटेज म्याचोर्ड’ केटी विद्याको भूमिकामा बेनिशा हमाल छिन । ग्रामिण परिवेशबाट आएको, पढाई कम भएपनि मन सफा भएको गौरीको भूमिकामा केकी अधिकारीलाई देख्न सक्नुहुनेछ ।
काममा परिवक्क विश्व नामको ‘क्यारेक्टर’मा म प्रस्तुत भएको छु । यिनै तीनजना क्यारेक्टरको बीचमा हुने मायाप्रेमको कुरालाई चलचित्रले प्रस्तुत गरेको छ । र मलाई आशा छ, चलचित्रलाई सबै उमेर समूहकाले महसुस गर्न सक्नुहुनेछ । हाँस्ने ‘सिन’मा हाँस्न र रुने ‘सिन’मा रुवाउन सफल हुनेछ, महसुस ।
यसअवधिमा निकै समय खाली हात बस्नुभयो नि, कारण के थियो ?
हेर्नुस, म जुन पायो त्यही चलचित्रमा काम गर्दिन । मलाई स्क्रिप्ट मनपर्यो, टिम मनपर्यो भने मात्र काम गर्छु । प्रस्ताव आएजति सबै चलचित्रमा काम गर्ने हो भने म बाह्रै महिना ‘बिजी’ हुनसक्छु । तर म चलचित्रको संख्या बढाउनु भन्दा पनि गुणात्मक चलचित्रमा मात्र काम गर्न रुचाउँछु । जबसम्म म आफैं चलचित्रको स्क्रिप्टबाट सन्तुष्ट हुन सक्दिन, तब सम्म काम गर्दिन । बरु म ‘फ्रि’ नै बस्छु ।
बिचमा निर्माता, निदेशकहरुसँग तपाईंको सम्बन्ध बिग्रनुको कारण के थियो ?
बिचमा होईन, सुरुवात देखि नै हो । हेर्नुस्, म काम गर्न चलचित्र उद्योगमा आएको हो । न कि कसैसँग सम्बन्ध बनाउन । निर्माता, निर्देशकलाई सधैं भेट्न जाउँ, सधैं फोन गरौं, यस्ता कुरालाई मैले कहिल्यै महत्व दिईन । म एउटै कुरामा सधैं ध्यान दिन्छु कि म जोसँग काम गर्छु, त्यो मान्छेलाई मैले कामबाट सन्तुष्ट पार्न सकूँ । मसँग भेट्दै नभेटी, मसँग काम नै नगरी मेरो पछाडि कुरा काट्दै हिँड्ने मान्छेहरुलाई मेरो केही भन्नु छैन । फेरि मेरो आफ्नै किसिमको बानी पनि छ, कामको बेला म एकदमै
‘डेडिकेटेड’ भाएर काम गर्छु र काम सकेपछि म त्यति सम्पर्कमा रहन चाहन्छ । म एक्लै आनन्दले बस्न रुचाउँछु । मलाई एकान्तमा बस्न मन पर्छ । सायद त्यही भएर पनि मेरो बारेमा निर्देशक निर्माताहरुले त्यस्तो धारणा बनाउनु भएको होला । सुनेको छु कस कसैले असामाजिक पनि भन्छन रे । तर मेरो बानी नै यस्तै छ त म के गरौं ?
विवाहपछि पनि एक्लै बस्न रुचाउनु भयो भने त गार्हो होला नि ?
हा हा हा (लामो हाँसो)... विवाह पछि त्यस्तो नहोला । कसैलाई सात जन्म साथ दिन्छु भनेर बाचा गरेर ल्याई सकेपछि त उसको पनि विचार त गर्नै पर्यो नि । विवाह पछि मेरो आदत र बानी परिवर्तन हुन पनि त सक्छ नि ।
प्रेमिका (सपना भण्डारी)लाई श्रीमती बनाएर कहिले घर भित्र्याउँदै हुनुहुन्छ ?
यो विषयमा अहिले नै म केही भन्न सक्दिन । एक्लो जिन्दगी धेरै बिताईयो, बिहे त गर्छु नै । तर बिहे कहिले गर्ने भन्ने विषयमा भने अहिले त्यस्तो केही ‘प्लानिङ्ग’ छैन । भोलि नै पनि हुन सक्छ, एक बर्ष पछि पनि हुन सक्छ, या त पाँच बर्ष लाग्न पनि सक्छ । ढुक्क हुनुस्, बिहेको निम्तो चाहिँ तपाईलाई नै पहिले दिउँला हा हा हा.... । अहिलेलाई यो विषयमा यति नै ।
सपना भण्डारीलाई पहिलो पटक भेट्दाको महसुस कस्तो थियो ?
त्यो महसुस एकदमै राम्रो थियो । अहिलेसम्म पनि त्यो महसुस ताजै छ । नानु (सपना भण्डारी) को र मेरो भेट फेसबुकले गराएको हो । फेसबुकमा कुराकानी हुँदाहुँदै माया बसेको हो । यो सम्बन्धलाई म फेसबुकले जुराएको सम्बन्ध भन्न रुचाउँछु । भर्खरै नानुसँग जन्मदिन पनि सँगै मनाएँ । एकदमै खुशी छु ।
पहिले पहिले राती मापसे गरेर शहर घुम्दाघुम्दै बिहानको ५ पनि बज्थ्यो रे नि, अहिले पनि त्यस्तै हो ?
काठमाडौंमा राती घुम्ने ठाउँ नै पो कहाँ छ र ? ९ बजेपछि सबै बन्द भईहाल्छ । तर जे होस राती एक्लै ‘ड्राईभ’ गर्नु खुब रमाईलो लाग्छ । तर पिएर ‘ड्राईभ’ गर्ने बानी छैन । मापसे चेकिङ्ग पनि त छ, आजकाल । पहिलापहिला बारमा बसेर पिउँदै जाँदा भने कहिलेकाहीँ उज्यालो हुन्थ्यो । तर आजकाल त त्यो एकादेशको कथा जस्तो मात्रै हो । अहिले सबै छाडिसके । ममा आजकाल परिवर्तन आउँदैछ । पहिला भन्दा म निकै बदलिईसकें । यसको श्रेय पनि केही हदसम्म नानुलाई नै जान्छ ।
नायिका रेखा थापासँग बोलचाल छ कि छैन ?
रेखा थापाको नाम राखेर मलाई प्रश्न नसोध्नुस् । मैले यो ‘टपिक’मा धेरैचोटी कुरा गरिसकें । अब यो ‘टपिक’मा कुरै नगरौं ।
फिल्मी अवार्ड त धमाधम जीवन लुर्इंटेलले नै लाँदै हुनुहुन्छ । जीवनसँग इर्ष्या लाग्छ होला है ?
हैन, कस्तो कुरा गर्नुभएको तपाईंले ? मलाई जीवनसँग किन इर्ष्या लाग्नु पर्यो र । उसले खेलेको फिल्म ‘हिट’ भैरहेको छ । उसले राम्रो काम गरिराखेको छ त अवार्ड पनि उसैले लान्छ नि । मैले टाउको दुखाएर हुन्छ र ? जीवन लुर्इंटेलको बारेमा सोध्नुहुन्छ भने उ एकदमै राम्रो कलाकार हो । अहिले उ मभन्दा माथि छ । किनभने उसले मभन्दा धेरै चलचित्रमा काम गरिरहेको छ । म अलि ‘चुज’ गरेर मात्रै चलचित्र गरिरहेको छु । त्यसैले सबै हिरोहरु मभन्दा अगाडि छन् ।
|
|
'तिघ्रामा रक्सी खन्याएर चाटेको दृश्य हटाउने'- यस्तै लेखिएको थियो एक चलचित्रको केन्द्रीय चलचित्र जाँच समितिले प्रदान गर्ने सार्वजनिक प्रदर्शन अनुमतिपत्रमा। यो एउटा नेपाली चलचित्रले पाएको एडल्ट अनुमतिपत्रको केही अंश मात्र हो। यस्ता सेन्सर गरिएका दृश्य एवं संवादका उदाहरण प्रशस्तै छन्।
केन्द्रीय चलचित्र समितिले चलचित्रको अवस्था हेरी सार्वजनिक प्रदर्शनका लागि तीन प्रकारको अनुमतिपत्र दिँदै आएको छ। पहिलो युनिभर्सल अर्थात् सबैले हेर्न मिल्ने, दोस्रो प्यारेन्ट्स गाइडेड अर्थात् अभिभावकको साथमा मात्र हेर्न सकिने थि्रलर चलचित्र तथा तेस्रोमा उमेर पुगेका अर्थात् १६ वर्ष पुगेका वयस्कले मात्र हेर्न मिल्ने एडल्ट अनुमतिपत्र।
एडल्ट भन्नाले १६ वर्ष पुगेका वयस्कले मात्र हेर्न सक्ने भनिएको हो। तैपनि यसले समाजलाई यौनजन्य गतिविधिमा लाग्न प्रेरित गरिरहेको समाजशास्त्रीहरूको भनाइ छ। अश्लीलताले चलचित्र चल्छ भन्नु भ्रम नै हो। राम्रो फिल्म चल्न अश्लीलताको आड लिनु नपर्ने कुरा बताउँदै नेपाली चलचित्रका नियमित दर्शक सन्दीप राई भन्छन्- राम्रो फिल्म चलिहाल्छ छाडा हुँदैमा चल्ने होइन।
विगतमा एडल्ट अनुमति प्राप्त नेपाली चलचित्रले खासै व्यापार पनि गरेका छैनन्। त्यसबाहेक समाजले कतिसम्म पचाउँछ भन्ने कुरा निर्माता-निर्देशकले हेक्का राख्नुपर्ने फिल्म सेन्सरबोर्डका अध्यक्ष नारायणप्रसाद सञ्जेल बताउँछन्। चलचित्र विकास बोर्डका प्रवक्ता अनुपम निरौला भन्छन्- नेपाली चलचित्रमा बढिरहेको अश्लीलतालाई निरुत्साहित गर्नुपर्छ। सीधै देखाउनुभन्दा त्यही कुरालाई फरक प्रस्तुतिबाट बुझाउन सकिने उनको तर्क छ। बुझ पचाएकाहरूलाई त चिन्ता नहोला तर नेपाली चलचित्रमा निरन्तर लागिरहेका अन्य निर्माता, निर्देशक एवं कलाकारहरूलाई यस्ता चलचित्र बन्ने क्रम नरोकिए काम गर्न गाह्रो हुन्छ भन्ने तर्क पनि निरौलाको छ।
बार गर्लको प्रवेश
बार डान्सरबाट नेपाली चलचित्रमा उदाएकी हुन् नायिका पुजना स्त्री। उनले नेपालमा पहिलो पल्ट बिकिनीमा फोटोसुट गराएकी थिइन्। उनको फिल्ममा किस सिन र बेड सिन लगभग छुट्दैन। यसरी नै नेपाली समाजमा अहिले क्याबिन रेस्टुराँहरूमा कार्यरत युवतीहरूको प्रवेशले नेपाली चलचित्र बढी छाडा भएको कलाकार सिर्जना सुब्बा बताउँछिन्। 'केही प्रतिशत मात्र राम्रा कलाकार छन्,' उनले भनिन्- हामीजस्ता कलाकारको पारिश्रमिक नै घटाइदिए तिनीहरूले। हामी स्त्रिmप्ट पढ्छौं अनि पारिश्रमिकमा कुरा मिलेपछि मात्र अनुबन्धित हुन्छौं। उनीहरू त फोनकै भरमा मान्छन्। कुनै पनि दृश्य दिन आपत्ति मान्दैनन्। उनले कटाक्ष गर्दै भनिन्- पोर्न स्टार सन्नी लिओनलाई शरीर देखाउन के-को आपत्ति ? सुनेकी छु त्यस्ता केटीहरूले निर्देशकलाई निर्माता पनि खोजिदिने गरेका छन्।
चलचित्र नायिका भएपछि आफ्नो 'रेट' बढ्ने भएकाले पनि त्यस्ता युवातीहरूको प्रवेश बाक्लिएको उनको आरोप छ। त्यसैले पनि नेपाली चलचित्र अश्लील देखिन थालेको छ। उनीहरू चलचित्र विकास बोर्ड तथा केन्द्रीय चलचित्र सेन्सर समितिलाई नै चकित पार्ने खालका दृश्यमा काम गरिरहेका छन्। समितिले टुलुटुलु हेर्नुपर्ने बाध्यता छ। सेन्सरबाट अनुमति प्राप्त चलचित्र भए पनि त्यस्ता चलचित्र घरपरिवारसँग हेर्न सकिँदैन।
चलचित्रका बारेमा नबुझी एकै पटक निर्माता-निर्देशक बन्न आउनेहरूको जमातका कारण पनि यस्तो हुन गएको सुब्बा बताउँछिन्। जो हिरोइनसँग रमाइलो गर्न पाइने, सँगै खानपिन र डेटिङ जान पाइने कुरामा लोभिएर आएका हुन्छन्। सी ग्रेड चलचित्रका लागि उनीहरू नै तयार हुन्छन् जो पढेर-बुझेर यो क्षेत्रमा आएका छैनन्।
सुब्बा भन्छिन्- सबै निर्माता-निर्देशकलाई दोष लगाउन मिल्दैन। बाध्यता भन्दै उत्ताउलो दृश्य दिनु युवतीहरूको पनि कमजोरी हो। आफ्नो देशको परिवेश एवं समाजको पनि ख्याल गर्नुपर्छ। सम्बन्धित निकायले चलचित्रसँगै कलाकारको ग्रेड पनि छुट्याउनुपर्छ।
चलचित्र निर्माता संघका अध्यक्ष राजकुमार राई पनि अहिलेका कतिपय निर्माताको यस्तो क्रियाकलाप स्वीकार गर्छन्। लामो समयदेखि काम गर्दै आएका निर्माताहरू त्यस्ता छैनन्, राई तर्क गर्छन्- निर्माताहरूले नेपाली मूल्य-मान्यता, रीतिरिवाज एवं परम्पराको ख्याल गर्नुपर्छ।
त्यसो त चलचित्र विकास बोर्डका प्रवक्ता अनुपम निरौला पनि नेपाली चलचित्रमा अश्लीलता बढेको कुरा स्वीकार गर्छन्। निरौला भन्छन्- कतिपय निर्माता-निर्देशक यस्तै चलचित्र चल्ने भ्रममा छन्। बोर्डमा पहिलेभन्दा अश्लील खालका चलचित्र निर्माण इजाजत लिन आउनेहरूको संख्या बढेको उनको भनाइ छ। यो कुरामा केन्द्रीय चलचित्र जाँच समितिका अध्यक्ष नारायणप्रसाद सञ्जेल पनि सहमत छन्ा्। अहिले सबैले हेर्न मिल्ने चलचित्रभन्दा वयस्कले हेर्ने खालका चलचित्र निर्माणमा निर्माता-निर्देशकहरू केन्दि्रत भएको शर्माको अनुभव छ।
एक समय फिल्मी बजारमा रेखा थापाको मिनीस्कर्टको चर्चा कम थिएन। त्यतिबेला छोटा पहिरनकै कारण चलचित्र चल्ने टिप्पणी पनि गरियो। नेपाली चलचित्र नचलिरहेको खडेरीमा अन्ततः लुट र चपली हाइटले पैसा कमाए। ती दुई चलचित्रले प्रस्तुत गरेको शैलीबाट मात्र चलचित्र चल्ने विष्लेषण गर्दै निर्माताहरू तिनकै भद्दा नक्कल गर्न लागिपरेका छन्। उनीहरू समाजको वास्तविकता ख्याल नगरी वयस्क चलचित्र बनाउन उद्यत् छन्।
कलाकार
अहिले कपडा खोल्ने, अश्लील र उच्छृंखल संवाद डेलीभर गर्ने, बलात्कारको सिन, बेड तथा किस सिन दिने नायिकाहरूको कमी छैन। चलचित्र पाउन वा आफूलाई चर्चामा राखिरहन त्यस्ता दृश्य दिन पछि पर्दैनन् कलाकारहरू। उनीहरूले अभिनय गरेका प्राय सबै चलचित्रले एडल्ट सर्टिफिकेट पाएका छन्। त्यसैले उनीहरूलाई एडल्ट नायिका भन्दा फरक पर्दैन। जिया केसीको एटीएम, बर्बाद र रंग वे तीनवटै चलचित्रले एडल्ट सर्टिफिकेट पाएको छ। उनले लगाएको पहिरन, डायलग डेलिभरी, नायकसँग दिएका अन्तरंग दृश्य आदिका कारण ती चलचित्रलाई यो दर्जामा राखिएको हो। जियासँगै एटीएममा सोनिया शर्मा र सविना कार्की पनि छन्। यस्तै बिनिता बराल आफ्नो डेब्यु फिल्म चपली हाइटबाट रातारात हिट भइन्।
उनको सेक्सी हाउभाउ एवं दुई नायक आमिर गौतम र राज घिमिरेसँगको अन्तरंग दृश्यका कारण चपली हाइट पनि एडल्ट सर्टिफिकेट पाउने चलचित्र बन्यो। बिन्दासकी सुष्मा कार्की पनि एडल्ट नायिकामा पर्छिन्। उनको चलचित्र बिन्दासले एडल्ट सर्टिफिकेट पाएको छ। चलचित्र बिन्दासमा उनको पोस्टरको चर्चा पनि कम भएन। चलचित्र मेरो जीवन साथीमा राजेश हमालसँग बेड सिन दिएकी थिइन् सुष्माले। पूजना स्त्रीले पनि रक्षामा बेड सिन दिएकी छिन्। अरुण्ािमा लामा चलचित्र किन-किनमार्फत हट नायिकाका रूपमा उदाउने तयारीमा छिन्। उक्त चलचित्रमा उनले अभिनेता राजेश हमालसँग बेड तथा किस सिन दिएकी छिन्। चलचित्र किन-किनले पनि एडल्ट अनुमतिपत्र पाएको छ।
संख्या बढ्यो
विगतका वर्षहरूमा नेपाली चलचित्रमा केन्द्रीय जाँच समितिले केही चलचित्रलाई मात्र एडल्ट (१६ वर्षदेखि माथिका उमेरले मात्र हेर्न मिल्ने) प्रमाणपत्र दिँदै आएको थियो। पछिल्लो समयमा भने एडल्ट सर्टिफिकेट पाउने चलचित्रमा ठूलो मात्रामा वृद्धि भएको तथ्यांकले देखाएको छ। आर्थिक वर्ष ०६९/७० मा दुई दर्जन चलचित्रले एडल्ट प्रमाणपत्र पाए। केही वर्षअघि चलचित्र पलपलमाले एडल्ट सर्टिफिकेट पाएको थियो। त्यसपछि भने लुट र चपली हाइटले फरक स्वादको चलचित्रको नाममा अश्लील संवाद र दृश्यको बाढी लगाएको कुरा बताउँदै केन्द्रीय चलचित्र जाँच समितिका अध्यक्ष नारायणप्रसाद सञ्जेलले भने- नेपाली चलचित्रमा बढ्दो अश्लीलताले समाजमा नकारात्मक असर पारिरहेको छ। कतिपय चलचित्र परिवारसँग बसेर हेर्नै नसकिने खालका छन्। फरक कथा र नयाँपनको नाममा समाजमा नपच्ने खालका दृश्य र संवाद हाल्ने गरिएको छ। लुट र चपली हाइटपछि नयाँ कलाकारले शरीर नखोली अघि बढ्नै नसक्ने प्रवृत्तिको विकास भएको छ।
चलचित्र निर्माण, प्रदर्शन तथा वितरण ऐन- २०२६ अनुसार बनेको नियमावली- २०५७ मा नेपालको अन्तिरिम संविधान- २०६३ को मूल भावनाविपरीत हुने विषय, मुलुकको सार्वभौमसत्ता, अखण्डता, शान्ति-सुरक्षा र संस्कृतिमा आँच आउने विषय र नेपाल नागरिक वा कुनै जनजाति विशेषका बारेमा रुग्ण, नग्न चित्रण छायांकन गर्न नपाइने, राष्ट्रिय प्रतिष्ठामा आँच आउने किसिमका दृश्यहरू छायांकन गर्न नदिने, निषेधित क्षेत्रमा छायांकन गर्न नपाइने आदि कुरा उल्लेख छ। ऐनमा निर्माताले चलचित्रको निगरानी राख्ने सरकारी अधिकारीलाई आफ्नै खर्चमा चलचित्र छायांकनको अनुगमन गर्न लगाउनुपर्ने व्यवस्था छ तर नेपाली चलचित्रका कुनै पनि निर्माता वा निर्देशकले त्यसो गरेको पाइँदैन।
कन्फ्युजमा बोर्ड र जाँच समिति
जब चलचित्र लुट र चपली हाइटले सुस्ताएको नेपाली चलचित्र व्यवसायमा पनि पैसा कमाए, त्यसपछि एक थरी निर्माता-निर्देशकहरूको दिमागमा त्यही छाप पर्यो। यस्तै दृश्य र संवाद भए त चल्ने रै'छ भन्ठान्नेहरू बढे। उनीहरू ए ग्रेडका राम्रा कलाकारलाई भन्दा सी ग्रेडका कलाकारसँग यस्ता खालका चलचित्र बनाउन तम्सिए। उनीहरूलाई स्थापित कलाकारको स्टारडम आवश्यक परेन। मात्र कसले यौन दृश्य दिन सक्छ र छाडा बोल्न धकाउँदैन, उसकै खोजी हुन थाल्यो। चलचित्र विकास बोर्ड तथा चलचित्र केन्द्रीय जाँच समितिको कमजोरीको फाइदा उठाउनेहरूका कारण पनि नेपाली चलचित्र अश्लीलतामा केन्दि्रत हुँदै गएको छ। सरकारी कर्मचारीहरू आफ्नो जिम्मेवारीबाट पन्छिन् खोज्ने तथा निर्माता-निर्देशकसँग किन नराम्रो हुनु भन्ने धारणा विकास भएकाले पनि यसो भएको हो। त्यसबाहेक चलचित्र निर्माण इजाजत दिने बोर्ड एवं चलचित्र निर्माण भएपश्चात् अन्तिम जाँच समितिको आपसी द्विविधाका कारण पनि यस्तो स्थिति आएको हो।
© From साप्ताहिक
![]() |
चुम्बन अनुभव सुनाउँदै सुवासले भने, ‘म कहिले पनि चुरोट नपिउने मानिस, तर अरुणिमाजीले चुरोट पिएर आउनु भएको रैछ, यसैले चुम्बन गर्न गाह्रो भयो ।’ उनले ‘किन किन’मा आफूले दिएको बेडसिन र चुम्बनले नयाँ अनुभव भएको बताए । उनले बजारमा हल्ला चलेजस्तै यो चलचित्र अश्लिल नभई कलात्मक भएको दाबी गरे ।
यता नायक सर्माउँदै गर्दा नायिका अरुणिमा लामा भने चुम्बनको टेक गन्दै बसेकी थिइन् । उकेश दाहालको निर्देशनमा तयार भएको यो सिनेमामा सुवास र अरुणिमाका अलवा राजेश हमाल, करिश्मा मानन्धर, शशी खड्का, राज तिमिल्सिना लगायतका कलाकारको अभिनय छ । यो चलचित्र साउन ३२ गतेबाट देशभर प्रदर्शन हुँदै छ ।
भिडियोको लागी यहाँ क्लिक गर्नुहोला
![]() |
तीन
सयभन्दा बढी फिल्ममा मुख्य भूमिका खेलिसकेर एउटा इतिहास कोरिसकेका अभिनेता
राजेश हमाल साउन ३२ मा रिलिज हुन लागेको 'किन किन' बाट खबरमा छन् । एडल्ट
सर्टिफिकेट पाएको उक्त फिल्मको प्रोमोमा उनी एउटी युवतीको न्युड पेन्टिङ
बनाइरहेको अवस्थामा देखिएका छन् । पछिल्ला वर्ष अश्लील फिल्म बन्ने र चल्ने
क्रम ह्वात्तै बढिरहेका बेला आएको राजेश अभिनीत यो फिल्मबाट पनि दर्शकहरू
ढुक्क भने देखिएका छैनन् । तर पूरा फिल्म हेरिसकेका राजेश भने फिल्म भल्गर
नभएको ठोकुवा गर्छन् । यति बेला उनी निकट भविष्यमा हुन लागेको विवाहले
भन्दा पनि उक्त फिल्ममा गरेको अभिनयले बढी चर्चामा छन् । मिल्यो भने उनी
प्रेमिका मधु भट्टराईकै साथ 'किन किन' हेर्ने सुरमा छन् ।
अचेल झन्-झन् युवा देखिनुभएको छ ?
नजिकका पनि त्यसै भन्छन् । प्रायः मान्छे उमेरभन्दा चाँडै बूढा हुन्छ ।
जथाभावी खाने, एक्सरसाइज नगर्ने, रक्सी/चुरोट खाने र अनुशासित नहुने कारणले
प्रायः मान्छे छिटै बूढा हुने गर्छन् । यी कुरामा ध्यान दिने हो भने लामो
समय तन्दुरुस्त देखिन्छ । म आफू पनि त्यो मामिलामा अनुशासित भएकोले जवान
देखिएको हुँ । स्वस्थ रहन के खानेभन्दा पनि के नखाने भनेर ख्याल राख्नुपर्छ
। मद्यपान, धूमपान गर्नु भएन । चिप्लोचाप्लो खानु भएन । नियमित व्यायाम
गर्नुपर्यो । हुन त अहिलेको वातावरण नै यस्तो छ कि, आफु अनुशासित भएर पनि
नहुने छ । पानीसमेत स्वच्छ पाइँदैन । मान्छे बिरामी भएकामा होइन कि, स्वस्थ
भएर हिँडे भने आश्चर्य हुनुपर्ने अवस्था छ ।
अहिले बजारमा तपाईंका दुई कुरा हिट छन्— बिहेको कुरा र 'किन किन’
फिल्म । राजेश हमाल जस्तो मान्छेले यस्तो फिल्म खेल्न सुहाउने थिएन भन्ने
पनि देखिए नि ?
विडम्बना भन्नुपर्छ, यति बेलाका केही फिल्मले युवायुवतीको सम्बन्धको
क्रियालाई नै क्रूर रूपले प्रदर्शन गरी बदनाम गरिरहेका छन् । केटाकेटीले
आत्मीय सम्बन्ध दर्साउने त्यो किसिङ होस् वा शारीरिक आत्मीयता, आफैंमा खराब
होइन । केहीले त्यसैलाई यति क्रूर र भल्गर किसिमले पस्किए कि, किसिङ सिन
राख्नेबित्तिकै भल्गर फिल्म भनेर बदनामी भयो । यो त भावना व्यक्त गर्ने चरम
सिमाना हो नि । त्यसैले फिल्ममा किसिङ हुनु हुँदैन, संवेदनशील भावना प्रकट
गर्न हुँदैन भन्ने पक्षमा म छैन । यी कुरा त समाजमै हुने हुँदा फिल्ममा
देखाउनबाट किन वञ्चित गर्ने ?
तर पनि तीन सयभन्दा बढी फिल्म खेलिसकेका राजेश हमाल 'किन किन’ मा किन ?
यो फिल्म प्रोमोका आधारमा दर्शकले कसरी बुझेका छन्, थाहा छैन । मैले
विगतमा निर्वाह गरेका भूमिकाभन्दा एकदमै फरक छैन यो फिल्म । पहिले पनि मैले
यस्तो दृश्य दिएकै हुँ । 'कसम' फिल्ममा गन्जी र हाफप्यान्ट लगाएर खोला
किनारमा बीना बुढाथोकीसँग सिन दिएको थिएँ । 'शंकर' मा जल शाह र मेरो बेड
सिन नै छ । तर त्यसलाई सही ढंगले प्रस्तुत गर्नपर्छ । 'किन किन' मा
दृश्यहरू कलात्मक ढंगले पस्किइएको छ ।
'किन किन’ को प्रोमो हेरेपछि मधुजी (प्रेमिका) को प्रतिक्रिया कस्तो पाउनुभयो ?
तपाईंलाई अनेस्ट्ली भन्नुपर्दा, मधुजीको इच्छा मैले हरेक फिल्ममा किसिङ
सिन गरौं भन्ने छैन । जहाँसम्म मैले बुझेको छु, उहाँको भित्री मनसाय यस्ता
दृश्य नगर्दै ठीक भन्ने छ । तर पनि उहाँ मेरो पेसालाई बुझ्नुहुन्छ । प्रोमो
हेरेर उहाँले त्यस्तो प्रतिक्रिया दिनुभएन । बरु फिल्म हेर्न इच्छा
गर्नुभएको छ । नत्र उहाँमा विगतका केही (भल्गर) नेपाली फिल्म हेरेपछि
'तपाईंले त यस्ता फिल्म नगर्दा नि हुन्छ' भन्ने मनसाय पाएको थिएँ । तर
अपसोस, फिल्म रिलिज हुँदासम्म हाम्रो विवाह भइसकेको भए त सँगै गएर
हेर्नुहुन्थ्यो ।
प्रेमिकाको मामिलामा तपाईं किन यति धेरै रिजर्भ ?
अहिले नै मैले उहाँमा हक जमाउन त मिल्दैन नि । विवाह नभइसकेकी केटीलाई
कसरी सँगै लैजानु ? उहाँमा बिहेपछि मात्रै मसँग देखिने पनि इच्छा होला ।
भेट्दै भेट्दैनौं भनेको त होइन नि । सार्वजनिक रूपमा पो नदेखिएका त । यही
रेस्टुरेन्ट -इमागो डेई) मा हामी कति चोटि आएका छौं, तर तपाईंहरूलाई थाहा
हुँदैन ।
'किन किन’ हेरेपछि के राम्रो लाग्यो ?
यो समयसापेक्ष छ । उकेश दाहाल खालि केटाकेटीको संवेदनशील दृश्य देखाउने
निर्देशक मात्रै नभएर मायाप्रीतिको मनोवैज्ञानिक ढंगले प्रस्तुत गर्ने
निर्देशक पनि हुनुहुँदो रहेछ जस्तो लाग्यो । सम्बन्धलाई भल्गर हिसाबले
भन्दा पनि सेक्सुअल साइक्लोजी, सेन्सिबल फिलिङसमा उतार्ने पाएँ । पात्र चयन
सही लागेको छ । मसँग पहिलो फिल्म भएकोले सुटिङका बेला अरुणिमा लामाले
कस्तो गर्नुहोला भन्ने सोचेको थिएँ, तर फिल्म हेरिसकेपछि उक्त चरित्रमा
अरुणिमाभन्दा अरू सुहाउँथेनन् भन्ने लाग्यो । मेरो आफ्नै रोल पनि मबाहेक
अरूलाई फिट हुन्थेन जस्तो लाग्यो । सम्बन्धलाई असाध्यै राम्रोसँग टि्रट
गरिएको छ । दर्शकले केही नदेखेर पनि धेरै चीज त्यहाँ घटिसक्यो भन्ने
ठान्नुहुन्छ । फिल्ममा दर्शकले भल्गर नलागीकनै भावनात्मक सम्बन्ध देख्न
पाउनुहुन्छ । त्यहाँ किसिङ सिन पनि छैन । यदि हेरिसकेपछि दर्शकलाई कतै
राजेश हमालले भल्गर गर्यो भन्ने लाग्यो भने म प्रतिक्रियालाई स्वागत गर्छु
। फेस गर्न तयार छु । फिल्म मेकिङको नियतमा शंका छैन । पात्रको जीवनशैली
अनुसार फिल्म बगेको छ ।
|
|
एक्कासि कुनै केटाले 'आई लभ यु’ भन्यो भने ?
एकछिन त 'सक' हुन्छु अनि गम्लङ्ग किस गर्ने होइन कि बेस्सरी चिमोटिदिन्छु।
राम्रो युवक देख्दा पहिलो आँखा कहाँ जान्छ ?
अनुहार र ओठमा अनि मनमनै भन्छु, 'यु आर हट, स्पाइसी एन्ड सेक्सी योङ'।
विवाह पहिले सेक्स जरुरी छ ?
छ पनि, छैन पनि। पाउँदा-पाउँदै ब्रम्हचारी बस्ने पनि छन्, नपाएर मरिहत्ते गर्दै खोजी हिँड्नेहरू पनि छन्। मेरो हकमा चाहिँ विवाह अघि पनि आवश्यक छ।
तपाईंलाई के-कस्ता कुराले कामुक बनाउन सकिन्छ?
केटाको बौद्धिक सुन्दरताले मलाई कामुक बनाउन मद्दत गर्छ। त्यस्तो युवकलाई म आफ्नो सम्पूर्ण पनि सुम्पन सक्छु।
पहिलो चुम्बन ?
पहिलो चुम्बनको सम्झना छैन। चुम्बन त गरेकी छु अनि यो नराम्रो कुरा पनि होइन।

नायक भुवन केसी र नायिका जिया केसीको बारेमा फिल्मी क्षेत्रमा गाईगुई हल्ला चलिरहेको बेला एक पत्रिकामा नायक भुवन केसीले जिया लाई सर्वाधिक राम्री हिरोइनको ट्याग भिराइदिएका छन् ।
नेपाल समाचारपत्रका सम्पादक विदुर गिरीसँग एक अन्तवार्ताका क्रममा ५० वर्ष उमेर पार गरेको पाका नायक भुवन केसीले नायिका जिया केसीको खुब प्रसंसा गरेका छन् । जियालाई त कतिले वित्री वस्त्र खोल्ने र नेपाली पोर्न स्टारको संज्ञा दिन्छन् नि भन्ने पत्रकारको प्रश्नमा नायक भुवन भन्छन् - "कलाकारले प्रतिभा देखाउने हो, नग्नता त होइन । त्यस्तो खालको फिल्म कि खेलेको भनेर मैले पनि सोधे । उनी फिल्म नहेर्ने ले भनेको हो भन्थिन् । हाम्रो पनि फिल्म नै नहेरी कमेन्ट गर्ने बानी छ । खासै आपत्तिजनक सिन त मैले उनका फिल्ममा देखेको छैन । त्यतिको सिन त नेपालका सबै नायिका दिनुभा'छ ।
३० वर्षसम्म नेपाली फिल्म उद्योगमा काम गरेको जुँगे नायक भुवन केसीले अब नयाँ फिल्म बनाउने घोषणा गरे । अन्तावार्ताकै क्रममा भुवन भन्छन् अब बन्ने फिल्म परम्परागत शैलीको पनि हैन, अहिलेको जस्तो अश्लील पनि होइन उक्त फिल्ममा हिन्दी फिल्मको टेस्ट पाइन्छ । नयाँ फिल्म दशैं सकिएलगत्तै सुटिङ सुरु गर्ने योजनामा उनी रहेका छन् । तर नयाँ बन्ने फिल्ममा भने उनले आफैले राम्री भनेर ट्याग भिराइदिएकी नायिका जिया केसीले भने अभियन नगर्ने बताए ।
श्रोत : खबरपाटि अनलाईन पत्रिका
|
|
काठमाडौं । नायिका रेखा थापाले आफ्ना पूर्व पति छविराज ओझालाई नै आफ्नो पछिल्लो चलचित्र ‘काली’ प्रदर्शन अधिकार दिएकी छन् ।
व्यक्तिगत सम्बन्ध विग्रिए पछि पारपाचुके गरेर एक्लै बस्दै आएकी रेखाले ‘काली’ चलचित्र निर्माण गरेकी थिईन् ।
उता, छविले पनि रेखासँगको सम्बन्ध टुटे पछि ‘ड्रिम’ प्रोजेक्टका रुपमा ‘लोफर’ निर्माण गरेका छन् । उनले आफ्नो चलचित्र ‘लोफर’ रिलिजका लागि समय कुरेर बसेका छन् ।
पूर्वपति छविको चलचित्र ‘लोफर’सँग रिलिज समय जुधाएकी रेखाले अचानक आफ्नो निर्णयलाई परिवर्तन गरेर प्रदर्शनको जिम्मेवारी छविलाई नै सुम्पेको स्रोतको भनाई छ । छविको ‘लोफर’सँग भिड्न डराएर खुट्टा कमाउँदै रेखाले पूर्वपतिसँग सम्झौता गरेको नेपाली चलचित्र बजारमा उनलाई आरोप लागेको छ ।
‘काल’को पोष्टरमा छविराज ओझालाई कार्यकारी निर्माताका रुपमा रेखाले राखेकी छन् । रेखाले चलचित्र रिलिजलाई लिएर ‘दशैं कसैको पेवा होइन’ भन्ने कटु टिप्पणी पनि गर्न भ्याईसकेकी थिईन् ।
एकीकृत माओवादीको राजनीतिमा हात हालेकी रेखालाई पूर्वपतिको सहयोग नेपाली चलचित्र क्षेत्रमा चाहिन्छ भन्ने यो विषयले पनि पुष्टि गरेको रङ पत्रकारहरुको भनाई छ ।
‘लोफर’ र ‘काली’ आगामी फूलपातीमा एकै साथ रिलिज हुने भनिए पनि अब एकैसाथ रिलिज हुने छैनन् । दुबै चलचित्र आफू अनुकुल लाग्ने छन् ।
रेखाले व्यावसायिक रुपमा छविसँगको सहकार्य आवश्यक भएको टिप्पणी गरेकी छन् ।

चाहे पुलिसकै भूमिका होस्, राजेश हमाल किन सधैँ लामो कपालमा अभिनय गर्छन्? भुवन केसी किन सुटिङको बेला सास थामेर पेट लुकाउँछन्? रेखा थापाले फिल्ममा किन छोटो स्कर्ट लगाउँछिन्? आर्यन सिग्देल किन नक्कली कपाल भिर्छन्?
किनभने धेरैजसो कलाकारलाई आफू भौतिक रूपमा कसरी सुन्दर देखिन्छु भन्ने चिन्ता बढी हुन्छ। गालामा डिम्पल भएका अभिनेत्रीहरू जतिसक्दो धेरैपटक डिम्पल देखियोस् भनेर ठाउँ कुठाउँ मुस्कुराइरहन्छन्। सुगठित शरीर छ भने अभिनेताहरू टिसर्ट खोल्ने बहाना खोजिरहन्छन्।

रंगकर्मी अनुप बराल यस्ता कलाकारलाई 'डार्लिङ एक्टर'को रूपमा परिभाषित गर्न चाहन्छन्। 'डार्लिङ एक्टर'हरू आफूले पर्दामा उतार्नुपर्ने पात्रको चरित्रमा डुब्दैनन्। पात्रलाई विश्वसनीय बनाउनभन्दा आफ्नो रूपलाई सिंगार्न उनीहरू मेहनत गर्छन्।
हलिउडका ज्याक निकोल्सन सर्वत्र प्रशंसित अभिनेता हुन्। उनको तालु खुइलिएको छ। तर, उनले नक्कली कपाल टाँसेनन्। त्यही हुलियामै तहल्का मच्चाए। पछिल्लो समयमा ब्रुस विलिस त झन् बिना कपाल नै हिरो बनिरहेका छन्।
नेपालमा पाको उमेरका कलाकारमा पनि 'डार्लिङ एक्टर'को स्वभाव भेट्टिन्छ। सुभद्रा अधिकारी, लक्ष्मी गिरी, वसुन्धरा भुसालजस्ता अभिनेत्रीहरू राजेश हमालको आमा बनेर अभिनय गर्दा पनि आफ्नो अनुहारमा बाक्लो क्रिम–पाउडर लिपपोत गर्छन्। चाउरीपन ढाकछोप गर्न मेकअप म्यानलाई दबाब दिन्छन्।
नेपालमा कलाकारलाई 'डार्लिङ एक्टर' के हो भन्ने जानकारी लगभग छैन। मिडियामा अनुप बरालले नै यो शब्दको उठान गरेका हुन्। जबसम्म 'डार्लिङ एक्टर' र यसका बेफाइदाबारे बहस गरिँदैन, तबसम्म कलाकारहरू यसको विकृतिबाट मुक्त हुन सक्दैनन्। नेपालमा जो कोही 'डार्लिङ एक्टर'जस्तो लाग्नुको कारण पनि यही हो।
जहाँ–जहाँ स्टारडम छ, त्यहाँ–त्यहाँ 'डार्लिङ एक्टर'को प्रकोप पाइन्छ। 'हलिउड र बलिउडका धेरैजसो सुपरस्टारहरू डार्लिङ एक्टर नै छन्, त्यही भएर फिल्मको कथानकभन्दा पनि कलाकारलाई हेर्न जाने चलन चलेको हो,' अनुप भन्छन्, 'वास्तविक कलाकारले आफूलाई ब्युटिफाई होइन, आफूले पाएको भूमिकालाई जीवन्त बनाउँछ।'
आवरणमा राम्रो देखिने कुनै पनि चिज तुरुन्तै बिक्ला। तर, बिक्री दीर्घकालीन हुनलाई आवरण राम्रो भएर पुग्दैन, भित्री पक्ष पनि खँदिलो र रसिलो हुनैपर्छ। नेपाल र बलिउडमा 'डार्लिङ एक्टर'हरूले नै नाम र दाम बढी कमाएका हुन सक्छन्। तर, रचनात्मक र कलात्मक पक्षको मूल्यांकनमा त्यस्ता कलाकार अटाउँदैनन्। हलिउड र बलिउडका 'सुपरस्टार'हरूले कुनै पनि अन्तर्राष्ट्रिय फिल्म फेस्टिभलमा खासै प्रभाव छाड्न वा अवार्ड जित्न सकेका छैनन्।
कलाकारको शरीर, अनुहार, हाउभाउ र मुस्कुराहटमा निर्भर रहेर फिल्म बनाउने प्रवृत्ति 'डार्लिङ एक्टर'हरूले हुर्काएका छन्। यी तत्वमा आधारित भएर निर्माण गरिएका फिल्ममा गम्भीर मानवीय संवेदनाभन्दा कुनै कलाकार विशेषको नौटंकी हालीमुहाली हुन्छ। फिल्म पनि एउटा निश्चित र नियमित सूत्रमा अल्भि्कने खतरा हुन्छ।
कलाकारलाई मध्यनजर गर्दै स्त्रि्कप्ट लेख्ने चलन त्यसै सुरु भएको होइन। हिरोको पाखुरा र हिरोइनको तिघ्रा प्रदर्शन कहाँ–कहाँ घुसाउन सकिन्छ भनेर दिमाग खियाएपछि फिल्म गतिलो बन्दैन। यो प्रवृत्तिले स्वयम् कलाकारलाई पनि बेफाइदा छ। उसले आफ्नो वास्तविक अभिनय देखाउने अवसर पाउँदैन। कलाकारले पात्रको चरित्रभन्दा पनि आफ्नो शरीर र बाहिरी हाउभाउमा बढी ध्यान केन्द्रित गर्छन्।
नेपालमा 'डार्लिङ एक्टर' हुनबाट जोगिन खोज्ने कलाकार पनि छन्। 'छड्के'मा सौगात मल्ल, 'लुट'मा दयाहाङ राई र 'धन्दा'मा अर्पण थापाले कलाकारको एउटा संकुचित दायरालाई भत्काएको स्विकार्न सकिन्छ। सौगातले 'छड्के'मा आफूलाई निकै बिरूप देखाउन हिचकिचाएका छैनन्। त्यस्तै दयाहाङले 'लुट'मा आफ्नो भुँडी प्रदर्शन गरेका छन्। 'धन्दा'मा केही अतिरञ्जित लागे पनि अर्पणले एक हदसम्म आफूलाई वीभत्स अनुहारमा उतारेकै हुन्। जब कि धेरैजसो कलाकार आफ्नो अनुहारको कोठी पनि छोप्न लगाउँछन्।
सौगात, दया र अर्पण आफूलाई दिइएको पात्रसँग धेरै नजिक देखिन्छन्। यसका लागि मेहनत र हिम्मत दुवै खाँचो पर्छन्। नेपालका राजेश हमाल, भुवन केसी हुन् या बलिउडका शाहरूख, सलमान चाहिँ अधिकांश फिल्ममा एउटै देखिन्छन्। 'डार्लिङ एक्टर' हुने चक्करको परिणाम हो यो।
चरित्रमा भिज्ने 'एक्टर'ले कला पस्किन्छ भने 'डार्लिङ एक्टर'ले चर्तिकला देखाउँछ। 'चर्तिकला'ले दर्शकमा निर्माण हुने मनोविज्ञानमा कसैले ध्यान दिएका छैनन्। जब कि, यो एकदम संवेदनशील विषय हो।
कलाकारको दायित्व दर्शकलाई मनोरञ्जन दिनुमात्र होइन। जीवनमा उपयोगी हुने केही न केही प्रेरणा पनि दिन सक्नुपर्छ। तर, विडम्बना 'डार्लिङ एक्टर'हरूले प्रत्यक्ष वा अप्रत्यक्ष दर्शकलाई भित्री रूपभन्दा बाहिरी रूपलाई सुन्दर बनाउनुपर्छ भन्ने गलत प्रेरणा दिइरहेका हुन सक्छन्।

काठमाडौं - अभिनेता हरिवंश आचार्यलाई फेसबुक चलाउने फुर्सद छैन होला, जबकि उनी नेपालमा सबैभन्दा ज्यादा फेसबुक फ्यान भएका सेलिब्रेटी भएका छन्। १९ लाख नेपालका फेसबुक प्रयोगकर्तामध्ये फेसबुकमा उनको पेज लाइक गर्ने संख्या २ लाख ७२ हजार रहेको छ। नेपालीले मन पराउने समग्र देशीविदेशी सेलिब्रेटीको सूचीमा भने हरिवंश चौथो नम्बरमा रहेका छन्।
कोलम्बियन गायिका सकिरा, अमेरिकी गायिका टेलर स्विफ्ट र भारतीय अभिनेता सलमान खान क्रमशः पहिलो, दोस्रो र तेस्रो स्थानमा रहेको फेसबुक तथ्यांक राख्ने वेवसाइट सोसल बेकरले देखाएको छ।
पछिल्लो समय आत्मसंस्मरणात्क कृति 'चिना हराएको मान्छे'का कारण साहित्य सेलिब्रेटीका रुपमा स्थापित आचार्यको पेज लाइक गर्ने संख्या निरन्तर बढ्दो छ। हरिवंशले पनि पुस्तकको बिक्री संख्या ६० हजारको हाराहारीमा पुग्नुमा फेसबुकको भूमिकालाई नकार्दैनन्। 'फेसबुकमा व्यक्त भएका क्रिया प्रतिक्रियाले पुस्तकको बिक्रीमा धेरै प्रभाव पारेको अनुभव गरेको छु। धेरै बेर चलाएर बस्ने फुर्सद त हुँदैन तर हप्तामा एक दिन भए पनि फेसबुकमा बस्ने योजना बनाएको छु,' आचार्यले भने। आचार्यले फेसबुक साथीले गरेका टिप्पणीले पुस्तकका हरेक संस्करण सुधार्न मद्दत पुगेको पनि बताए।
हरिवंशपछि नेपाली फेसबुक प्रयोगकर्ताबीच र्या पर यम बुद्ध लोकप्रिय रहेका छन्। उनलाई नेपालमा मात्र मन पराउने फ्यानको संख्या १ लाख ३५ हजार रहेको छ। तर विदेशमा समेत गरी उनको पेज लाइक गर्ने संख्या भने १ लाख ७० हजार छ। र्या पर यम बुद्ध टिनेजरका बिच लोकप्रिय मानिन्छन्।
सार्वजनिक रुपमा खासै नचिनिएका यम बुद्धलाई फेसबुकमा यति धेरैले मन पराउनुले फेसबुक प्रयोगकर्ताको भिन्न चरित्र झल्काउँछ। नेपालीहरुले रुचाउनेमा यम बुद्ध अगाडि भए पनि विदेशी प्रयोगकर्ताको समेत लाइक जोड्दा भने अभिनेत्री नम्रता श्रेष्ठ हरिवंशपछि सबैभन्दा बढी फेसबुक फ्यान भएकी सेलिब्रेटी हुन्। उनको पेजलाई लाइक गर्ने संख्या १ लाख ७१ हजार छ। नेपालबाट मात्र भने उनलाई १ लाख २७ हजार फ्यानले लाइक गरेका छन्। तर नम्रता आफैं यो पेजकी एडमिन भने होइनन्। उनका सहयोगी भाइ प्रदीपले पेज रेखदेख गर्ने गरेका छन्। २००९ देखि फेसबुकमा सक्रिय नम्रता आफैंले भने प्रोफाइल पेज मात्र हेर्ने गरेकी छिन्। जहाँ उनका ५ सय जति फ्रेन्ड छन्।
आधा दर्जनभन्दा फेक आइडीबाट पीडित नम्रतासँग पनि फेसबुकले प्रमोसनमा निकै फाइदा पुर्याजएको अनुभव छ। '१ लाखभन्दा बढी फ्यान हुनु भनेको गौरवको कुरा हो। तपाईं एकैचोटि १ लाख मानिसलाई आफ्नो कामको बारेमा सूचित गर्न सक्नुहुन्छ। तपाईंले गरेको कामको प्रतिक्रिया क्षणभरमै प्राप्त गर्न सक्नुहुन्छ,' नम्रताले भनिन्। हाल 'मौन' तथा 'मेघा'को काममा व्यस्त नम्रताले यी फिल्मलाई पनि फेसबुकबाटैै प्रमोट गरिरहेकी छिन्।
पूर्व मिस नेपाल माल्भिका सुब्बाको पेजलाई मन पराउनेको संख्या १ लाख ६९ हजार छ। सुब्बालाई नेपालबाट लगभग १ लाख २८ हजार प्रयोगकर्ताले मन पराएका छन् भने बाहिरी देशका ४१ हजारले उनको पेज फलो गर्ने गरेका छन्। त्यसो त सुब्बा फेसबुकमा सक्रिय रहने थोरै सेलिब्रेटीमध्ये पर्छिन्। फेसबुकबाट तितामिठा दुवैखाले अनुभव सँगालेकी सुब्बा २०१० देखि फेसबुकमा सक्रिय छिन्। सुरुसुरुमा पुरुष फ्यानका अश्लील सन्देश तथा कमेन्टबाट आजित सुब्बा त्यस्ता फ्यानलाई निकालेपछि भने सामाजिक सञ्जालले फाइदै पुर्यानएको अनुभव सुनाउँछिन्।
'फेसन र ग्ल्यामरभन्दा सामाजिक काम सम्बन्धी स्ट्याटसमा फ्यानको लाइक बढी हुन्छ। यसले सार्थक काम गरिरहेको अनुभूति हुँदोरहेछ,' सुब्बाले भनिन्। माल्भिकाले आजभोलि फेसबुक फोरमबाटै 'चाइल्ड रिच नेपाल' र 'हाम्री बहिनी' नामक सामाजिक अभियानलाई प्रमोट गरिरहेकी छिन्।
समग्र फेसबुक प्रयोगकर्ताबीच नेपालका संगीतिक ब्यान्डहरु लोकप्रिय रहेको पनि तथ्यांकले देखाएको छ। दि एज ब्यान्डको पेजलाई १ लाख ५१ हजार लाइक गर्नुले यस्तै चित्र प्रस्तुत गर्छ। कुटुम्ब, अल्बाट्रस, नेप्साइडज नेपाली फेसबुक प्रयोगकर्ताले लाइक गरेका ब्यान्डहरु हुन्। कुटुम्बलाई लगभग १ लाख ६ हजार फ्यानले लाइक गरेका छन् भने अल्बाट्रसलाई १ लाख १ हजारले मन पराएका छन्। नेप्साइडजलाई लाइक गर्नेको संख्या लगभग ६८ हजार छ।
फेसबुक प्रयोगकर्ताले धेरै लाइक गर्ने पेजमा रेडियो जक्की तथा गायिका सबिना कार्कीको पेज पनि अटाएको छ। उनको फेसबुक पेजमा ७५ हजारले लाइक दिएका छन्। उनलाई नेपालबाट लाइक गर्नेको संख्या ५६ हजार छ भने बाँकीका फ्यानले अमेरिका, भारत, कतार जस्ता देशबाट लाइक गरेका छन्।
कुनै पनि सेलिब्रेटीको लोकप्रियता सामाजिक सञ्जालमा हुने फ्रेन्डस् र फलोअरले तय गर्ने प्रचलन बढ्दो क्रममा छ। यस्तोमा नेपाली सेलिब्रेटीले पनि फेसबुक फ्यान बढाउन प्रयत्न थाल्ने हो कि? नत्र त आफू लोकप्रिय छु भन्ने डम्फु आफैंले मात्र बजाए जस्तो होला कि?
![]() |
बजारमा उनले दिएको उत्तेजक चुम्बन दृश्य र कामुक नृत्यको विभिन्न कोणबाट चर्चा भइरहेको छ। फिल्मको प्रचार गर्न खप्पिस निर्देशक मानिने उकेश दाहाल अभिनेत्री शशी खड्काका प्रत्येक दृश्यका तस्बिर मिडियाबाजीका लागि पठाइरहेका छन्।
तर, यही फिल्म 'किन किन'को सुटिङ सकाएलगत्तै शशी सम्पर्कविहीन छिन्। त्यसैले निर्देशक दाहालले अचेल असाध्यै धेरै झेल्ने प्रश्न बनेको छ, 'शशी खोइ?' काठमाडौँस्थित पब्लिक युथ क्याम्पसमा बिबिएस दोस्रो वर्षमा अध्ययनरत शशी परीक्षाका लागि होस्टलमा बसिरहेको भनेर केही समय टारे। शशीले उनलाई पनि त्यसै भनेकी थिइन्। तर, परीक्षा सकिएपछि पनि शशी सम्पर्कमा आइनन्। अचेल उकेश जवाफविहीनमात्रै छैनन्, तनावमा पनि छन्। फिल्म रिलिज हुन डेढ महिना पनि बाँकी नभएको अवस्थामा मुख्य हिरोइन बेखबर भएपछि प्रचारमा समस्या आउने देखिएको साथीभाइलाई भनिरहेका छन्। तनावग्रस्त निर्देशक दाहालका लागि खुशीको खबर छ, शशी १५ दिनमा सम्पर्कमा आउनेछिन्। शुक्रवारसँग फेसबुक सम्पर्कमा आएकी उनले 'यो फिल्म करिअरको सवाल' भएको बताउँदै अबको १५ दिनभित्र सम्पर्कमा आउने बताएकी छिन्। अनलाइनमा उनले भनिन्, 'यो फिल्म हिट भएन भने मेरो अन्तिम फिल्म हुनेछ।' कता हो त? भन्ने प्रश्नमा उनको उत्तर थियो, 'यतैउतै।' उनी उतै (विदेशतिर) रहेको हल्ला बजारमा बाक्लै छ। यतैउतै भन्ने ठाउँको नाम नभएकाले उनी यतै छिन् कि उतै, खुट्याउन मुस्किल पर्यो।
![]() |
नाम र कामको तारतम्य मिलाउने मान्छे कमै भेटिन्छन्। फिल्ममा त त झन्, नाम एक राखिएको हुन्छ काम अर्कै। तर, अहिले निर्देशक दीपक श्रेष्ठ र हिरोइन जिया केसी भने फिल्म क्षेत्रमा 'नामजस्तै काम पनि गर्ने'का रूपमा चर्चित भएका छन्।
उनीहरूलाई कटाक्ष गर्दै भनिन थालेको छ, 'नाम जस्तै काम गर्ने मान्छे पनि छन् यहाँ।' यसको कारण हो, यही हप्ता रिलिज भएको निर्देशक श्रेष्ठ निर्देशित र जिया अभिनीत फिल्म 'रङ वे'को ट्रेलर। फिल्मका पात्रले गलत बाटो समातेको कुरालाई उल्लेख गर्न फिल्मको नाम 'रङ वे' राखिएको होला। तर, फिल्मनगरीमा भन्न थालिएको छ– असफल फिल्मका कारण ओझेल पर्दै गएको नाम चम्काउन निर्देशक श्रेष्ठले गलत बाटो समाएका छन् भने फिल्म 'एटिएम'बाटै बाटो बिराएकी जिया चर्चाका लागि अर्को गलत बाटोबाट अघि बढेकी छिन्। फिल्मको ट्रेलर हेर्दा 'के जाति गर्नेलाई भन्दा हेर्नेलाई लाज' भनेजस्तै छ।
![]() |
खान
: सबै नेपालीलाई मनपर्ने दाल, भात, तरकारी मनपर्छ। तात्तातो खाना खान
रुचाउँछु। म मांसाहारी हुँ। कुखुराको मासुको परिकार धेरै खान्छु। त्यसमा
पनि चिकेन मन्चुरियन मिठो लाग्छ। चाइनिज पनि मनपर्ने खाना हो। तोमयाम सुप,
मःमः त कसलाई मन पर्दैन र! नेवारी बारा, चटामरी मन पर्छन्। इटालियन पास्ता,
मामाज पनि उत्तिकै मिठो लाग्छ।
|
|
निर्देशकलाई फिल्मको क्याप्टेन भनिन्छ। किनभने निर्देशकबिना फिल्मअघि बढ्दै सक्दैन। तर, एउटा फिल्मको १० प्रतिशत सुटिङ निर्देशकबिना नै सकिएको छ। कुरा फिल्म 'आधी बाटो'को हो। निर्देशक सविर श्रेष्ठलाई बेलायतले भिसा नदिएपछि त्यहाँ खिच्ने भनिएको फिल्मको केही भाग उनीबिनै सुटिङ सकिएको छ।
बेलायतका विभिन्न भूभागमा केही दृश्य खिचिनुका साथै त्यहाँको समुद्रीतटमा एउटा आइटम गीत पनि सुटिङ भएको छ। अभिनेत्री जेनिसा केसीले उत्तेजक भावभंगीमा समुद्री तटमा कम्मर मर्काएकी हुन्। पारदर्शी पहिरनमा उनले उक्त गीतमा नृत्य गरेको बताइएको छ। फोटोग्राफर कुशल श्रेष्ठले उक्त दृश्यलाई क्यामेरामा कैद गर्नुका साथै निर्देशनमा सहयोगी भूमिका निर्वाह गरेका हुन्। फिल्ममा सविन श्रेष्ठ, रुबी राणा, यशकुमार लगायतले अभिनय गरेका छन्।
![]() |
विवाह नगरे पनि श्रीकृष्ण श्रेष्ठ र श्वेता खड्का 'जोडी'कै रूपमा चिनिन्छन्। फिल्मदेखि व्यवसायसम्म सहकार्य गरिरहेका उनीहरूले सम्बन्धलाई औपचारिकता मात्रै दिन बाँकी रहेको बताइन्छ। शनिवार एक कार्यक्रममा यो जोडी सँगै देखियो। सँगै आए पनि गेटबाट आफ्नै ढंगले अघिपछि गरेर हिँडिरहेका थिए उनीहरू।

जब फोटोग्राफरले उनीहरूतिर लेन्स तेर्स्याएर फ्ल्यास झिलिकमिलिक पार्न थाले, श्वेताले हिँडाइको गति बढाएर श्रीकृष्णको बाहु पक्रिइन्। यस्तो गरेर श्वेताले भन्न खोजेकी के होलिन्? 'विवाह नगरे पनि नछुट्टिने जोडी हौँ' भन्ने त खोजेकी होइनन्, त्यहाँ लख काटिँदै थियो। सत्य कुरा त श्वेताबाहेक कसलाई थाहा हुन्छ र?

अभिनेत्री महिमा सिलवाललाई चिन्नेले 'हट हिरोइन'कै रूपमा चिन्छन् किनभने उनलाई पर्दामा देख्नेले हट आइटम डान्सर र बोल्ड शहरिया युवतीका रूपमा देखेका छन्। त्यसैगरी गुगलमा उनको तस्बिर खोज्यो भने सर्ट्सका टाँक खोलेर छाती ह्वांगै पारेको तस्बिर धेरै देखाउँछ। तर, उनी भन्छिन्, 'म असाध्यै सिम्पल केटी हुँ। अरू हिरोइनजस्तो नक्कल गर्दिनँ।'
अहिले सुटिङ भइरहेको 'नो स्मोकिङ'मा पनि 'बोल्ड' भूमिका गरिरहेकी महिमा अंग प्रदर्शनकी पनि विरोधी हुन्। भन्छिन्, 'अंग प्रदर्शन गरेर हिट हुन्छु भन्ने कुरा वाहियात हो। टिक्नका लागि अभिनय नै गर्नुपर्छ।' उनी अभिनीत एउटा फिल्म 'कारबाही' रिलिज भयो। तर, पानी भन्न नपाई हलबाट उत्रियो। यो फिल्म रिलिज नहुँदै दर्जन फिल्ममा अभिनय गरेकी र पहिलो फिल्मको असफलताले करिअरमा कुनै धक्का नबेहोरेकी उनका कुरा पत्याउने कोही छ?
![]() |
काठमाडौं – मिस नेपालका विजेता इशानी श्रेष्ठ, रोजिसा शाही ठकुरी, श्रितिमा शाह र फ्यान्टा मिस बब्ली अश्मिता सिटौला नयाँ बानेश्वरको एभरेस्ट होटेलमा आयोजित डिनर कार्यक्रममा सहभागी भए। उनीहरुलाई कोकाकोला कम्पनीको आधिकारिक विक्रेता बोटलर्स नेपालले हालै गरेको 'खुसीको टोली' अभियानका विजेताहरुले साथ दिए।

अभियानको मुख्य उद्देश्य काठमाडौं उपत्यकाभित्र २५० मिलिको कोकाकोला, स्प्राइट र फ्यान्टा बेचेर उपभोक्ताहरुलाई खुसी बाँडिरहेका खुद्रा विक्रेताहरुलाई सम्मान गर्नु र कम्पनीसँगको साझेदारीबाट उच्च महत्व र ग्राहक सन्तुष्टि सिर्जना गर्नुथियो।
भाग्यशाली वित्रे्कतालाई बोटलर्स नेपालका प्रबन्ध निर्देशक सलमान लतिफ राँले स्वागत गरेका थिए। कार्यक्रममा विजेता वित्रे्कताहर्कले मिस नेपालका विजेताहर्कसँग डिनरका साथै गफ गर्ने र फोटो खिचाउने मौका पाए। कार्यक्रमको अन्त्यमा मिस नेपाल श्रेष्ठले सबै वित्रे्कतालाई कोकाकोलासँग सहकार्य गरेकोमा धन्यवाद दिइन्।

नेपालमा रेडलाइट एरिया अत्यावश्यक छ
कतिसँग रिलेसन हुन्छ गन्ने फुर्सद कसलाई
मलाई लोग्ने होइन लोग्नेमान्छे चाहिन्छ भनेर चर्चामा आएकी आधुनिक युवती एवं मोडेल स्मिता थापाको अर्को एउटा रहस्य पनि छ । यो रहस्य आज धर्तीआवाजले सार्वजनिक गर्दैछ । धेरै पाठकलाई उनको यो रहस्य थाहा नहुन सक्छ ।
धेरै पुरुषसँग यौन सम्बन्ध बनाए पनि अविवाहित रहेकी स्मिताले छोरी जन्माएको दुई वर्ष भइसकेको छ ।
सेक्समा उदार हुनुपर्छ र मन लागेको बेला गर्न पाउनुपर्छ भन्ने धारणा राख्दै आएकी स्मितालाई अहिलेसम्म कति पुरुषसँग संगत र सेक्स गरें भन्ने हेक्का पनि छैन । भन्छिन्, ‘कतिसँग रिलेसन हुन्छ गन्ने फुर्सद कसलाई होस् ।’ कसैसँग मन मिलेपछि सेक्स गर्नु ठूलो कुरा नहुने उनले बताइन् । उनले आफूले १६ वर्षकै उमेरमा ओरल सेक्स गरेको पनि खुलासा गरिन् । नेपालमा रेडलाइट एरिया अर्थात् वेश्यालय (पुरुष र महिला दुवैका लागि) अत्यावश्यक भएको बताउने मोडेल स्मिता सेक्सका विषयमा खुलेर कुरा गर्छिन् । स्रोत : धर्तीआवाज
source:onlinekhabar
धेरै पुरुषसँग यौन सम्बन्ध बनाए पनि अविवाहित रहेकी स्मिताले छोरी जन्माएको दुई वर्ष भइसकेको छ ।
सेक्समा उदार हुनुपर्छ र मन लागेको बेला गर्न पाउनुपर्छ भन्ने धारणा राख्दै आएकी स्मितालाई अहिलेसम्म कति पुरुषसँग संगत र सेक्स गरें भन्ने हेक्का पनि छैन । भन्छिन्, ‘कतिसँग रिलेसन हुन्छ गन्ने फुर्सद कसलाई होस् ।’ कसैसँग मन मिलेपछि सेक्स गर्नु ठूलो कुरा नहुने उनले बताइन् । उनले आफूले १६ वर्षकै उमेरमा ओरल सेक्स गरेको पनि खुलासा गरिन् । नेपालमा रेडलाइट एरिया अर्थात् वेश्यालय (पुरुष र महिला दुवैका लागि) अत्यावश्यक भएको बताउने मोडेल स्मिता सेक्सका विषयमा खुलेर कुरा गर्छिन् । स्रोत : धर्तीआवाज भिडियोको लागी यहाँ क्लिक गर्नुहोला
![]() |
पेरिसडाँडामा
भित्रिएको २ महिना नबित्दै नायिक रेखा थापाको साईनो रुखसँग गाँसियो ।
अघिल्लो हप्ता मनोरञ्जन समाचारमा यो नै सबैभन्दा चर्चित समाचार शीर्षक
बन्यो ।
भिडियोको लागी यहाँ क्लिक गर्नुहोला
केही महिनाअघि उनी अमेरिकामा चर्चित बनिन्
। उनी एकीकृत नेकपा माओवादीमा प्रवेश गरेर पेरिसडाँडा रेखा पुगिन् भन्दा
चलचित्र उद्योगमै भुईचालो गयो । आलोचना र समर्थनले उनी आफै अलमल्ल परिन् ।
फेरि अर्को समाचार रेखाकै नाममा आयो,
विवाह गर्दिन तर बच्चा जन्माउन चाहान्छु । नियमित नेपाली मनोरञ्जन समाचारमा
चासो राख्नेहरुअचेल भन्छन : सञ्चार माध्यममा रेखा र चर्चा अब नङ्ग र मासु
जस्तै बन्दैछ ।
रेखा अहिले फेरि मलाई फकाउने को भन्ने
कुरा सोच्दैछिन् । उनी भन्छिन् ‘फकाउने हिम्मत छैन, पाउने किस्मत छैन ।’
सधैं चर्चा र स्क्यान्डलमा छाईरहने रेखालाई खुशी पार्न निकै गार्हो छ ।
आशैको गुलेलीमा नजरको मट्याङ्ग्राले निशाना लगाएर हिर्काउदा पनि उनलाई
फकाउन गार्हो छ ।
निर्माता छविराज ओझासँग पहिलो विवाह गरेकी रेखाले भर्खरै बृक्ष ‘बर’सँग दोस्रो विवाह गरिन् । फेरि स्लोली स्लोली गर्दै उनी अर्को चर्चा बटुल्न लागि परेकी छिन् । युट्युबबाट सार्वजनिक गरिएको चलचित्र कालीको ‘स्लोली स्लोली’ बोलको गीतबाट चर्चा बटुल्ने दाउमा रहेकी रेखा यो गीतबाट निकै आशावादी देखिएकी छिन् ।

“सिम्पल सिम्पल कान्छीको डिम्पल पर्ने
गाला पछि अब पालो स्लोली स्लोलीको हो” रेखा चलचित्रको गीतले सबैको मन
जित्नेमा निकै ढुक्क देखिन्छिन् । स्लोली स्लोलीमा नायिका रेखा थापासँग
नायक किशोर खतिवडा देखिएका छन् । गीतलाई वीरगञ्ज आसपासमा
खिचिएको हो । “बिरगञ्जको तातो घाम र गर्मीको प्रवाह नगरी गीतको छायाँकनमा
गरेको मेहनत अहिले गीतमा हेर्दा निकै खुशी छु” रेखा भन्छिन् “सबैबाट गीतको
राम्रो प्रतिक्रिया पाईरहेकी छु, हेरिराख्नुस यो गीत हिट हुन्छ ।” गीतले
मागेको सम्पुर्ण प्रोपर्टीहरु जुटाईएकोले पनि गीत राम्रो बनेको रेखाको दाबी
छ ।
कविराज गहतराजले गीतको आकर्षक
कोरियोग्राफी गरेका छन् । बसन्त सापकोटाको संगीत रहेको यो गीतमा प्रल्हाद
तिमल्सिना र मिलन अमात्यले आवाज सुन्न सकिन्छ । गीतमा शब्द रचना अमृता
नेपालको रहेको छ ।
स्त्री शक्तिको महिमा देखाउन खोजिएको
चलचित्र ‘काली’ असोज २५ गते अल नेपाल रिलिज गर्ने रेखाले योजना बनाएकी छिन्
। सोही मितिमा रेखाका पूर्वपति छविराज ओझाले बनाएको चलचित्र ‘लोफर’ पनि
रिलिज हुदैछ ।
स्लोली स्लोली गीतमा रेखाको नृत्य तलको भिडियोमा हेर्नुहोस ।
![]() |
चलचित्रमा अन्तरंग र उत्तेजक दृश्य दिएका कारण पूजना स्त्री सधैं विवादमा आइरहन्छिन्। यद्यपि वास्तविक जीवनमा उनी त्यसको ठीकविपरीत छिन्। ११ वर्षअघि रेखा थापासँगै हिरो चलचित्रबाट उदाएकी पूजना हालसम्म अविवाहित नै छिन्ः
अहिलेसम्म विवाह गर्नुभएन, किन ?
विवाह गर्ने उमेर बाँकी नै छ, किन हतार ?
प्रेमी छ ?
छैन। प्रेमी छाडेको पाँच वर्ष भैसक्यो।
नयाँ ब्याइफ्रेन्ड बनाउनुभएको छैन ?
प्रेम र ब्याईफ्रेन्ड बनाएर बन्ने कुरा होइनन्, यो त अचानक भेट्ने कुरा हो।
पहिलो प्रेमीलाई किन छाड्नुभयो ?
असमझदारी भएर।
अहिले त्यो प्रेम सम्झदा कस्तो लाग्छ ?
दुःख लाग्छ। उसका बारेमा नराम्रो खबर मात्र सुन्नुपर्छ । उसको खराबीको कुरा सुन्दा आफैंलाई केटाकेटी सम्झन्छु । म किन पागल भएकी होला, त्यस्तो केटासँग म विवाह गर्ने सपना देख्थें। उसको प्रेममा रुन्थें।
पश्चाताप छ ?
छैन, पहिले ममा नकारात्मक भावना थियो, अहिले सबै हटेर गएको छ।
कसरी हट्यो ?
जय संगत भन्ने आध्यात्मिक संस्थामार्फत। त्यसमा हामी योग-ध्यान र जीवनलाई सही बाटोमा ल्याउने कुरा सिक्छौं, सिकाउँछौ। त्यसैले मनका विकार हटाए जस्तो लाग्छ।
उमेर बढ्दै गएपछि त मानिस आफैं समझदार हुन्छ, होइन र ?
आफै विकार हट्नु र तप गरेर हटाउनुमा धेरै फरक हुन्छ। म इगोइस्ट केटी हुँ। चलचित्र क्षेत्रमा आउनुअघि म क्यासिनोमा काम गर्थे। जुवा खेल्नेहरूले मलाई जिस्क्याए भने एकै पटक हात छाडिहाल्थें। क्यासिनोमा काम गर्दा अलिकति होचो-अर्घेलो सहनुपर्छ भन्ने पनि हुँदैनथ्यो।
रिसले जन्माएको कुनै घटना ?
क्यासिनामा काम गर्दा मैले तीनपल्ट रक्सीका मात्तिएका मान्छेलाई हात छाडें। पहिलोपटक मलाई सरी भन्न लगाइयो। दोस्रोपल्ट नसिहत दिइयो, तर तेस्रो व्यक्तिलाई पनि थप्पड हिर्काएपछि क्यासिनोले जागिरबाट निकाल्यो।
मानिसले थाहा नपाएको तपाईंको कुरा ?
म योग शिक्षक पनि हुँ। बिहान-बिहान ८४ व्यञ्जन परिकार रेस्टुराँ, पुरानो बानेश्वरमा योग सिकाउँछु।
मानिसहरू योग सिक्न आउँछन् कि तपाईंको आकर्षक शरीर हेर्न ?
चर्को घाम लागेका बेला कतै रूख देखिएपछि मानिसहरू त्यसको ओत लाग्छन्। ओत लाग्दालाग्दै कसैले त्यो रूखको हाँगा भाँच्न सक्छन्, तर रूखले मेरो हाँगा किन भाँचिस् भन्छ र ? गलत नजर लगाउनेलाई म केही भन्दिन्, सद्बुद्धिको कामना गर्छु।
जीवन लक्ष्य ?
मेरा एक छोरा र एक छोरी छन्। उनीहरुको भविष्य बनाउनु नै अहिलेको लक्ष हो।
विवाह नभई आमाको भूमिका निर्वाह गर्दा उनीहरूप्रति न्याय गर्न सकिन्छ ?
उनीहरूलाई मैले जन्म दिएकी होइन, तर आमाले जति माया दिन सक्छिन्, त्यो दिएकी छु। कतिपयले जन्म दिएर बच्चा फालेका उदाहरण पनि छन्। जन्म नदिनेबित्तिकै न्याय गर्न सकिँदैन भन्ने होइन।
त्यसो भए अब विवाह नगर्ने ?
विवाह हुन पनि सक्छ, तर अहिलेसम्म प्रेम नै भएको छैन, विवाह त धेरै परको कुरा हो।
|
|
नेपाली सिनेमा क्षेत्रमा सुष्मा कार्की निक्कै हट नायिकाको रुपमा परिचित
छिन् । चलचित्रमा आइटम नृत्य गर्नदेखि अभिनय गर्नमा नै सुष्मा निक्कै
व्यस्त छिन् । यस्तै नायिका कार्की विदेशमा आयोजना हुने विभिन्न
कार्यक्रममा पनि व्यस्त छिन् । उनै नायिका कार्कीलाई मलेसियामा रहेका
नेपालीहरुले सोधेको प्रश्नमा
आधारित कुराकानी
तपाईको नाम को अर्थ के हो ? छातिको टाटुको अर्थ केहि छ कि ?
मेरो नामको अर्थ मेरा दर्शकलाई आफै अनुमान गर्न भन्छु म । मेरो छात्तिमा गुलाब, सुर्य र तारा छ । त्यसको अर्थ हुन्छ तारा भनेको स्टार अर्थात म उदाउँदै गरेको कलाकार । यस्तै म गुलाब जस्तै सुन्दर छु र सुर्य जस्तै हट छु भन्न खोजेको हो ।
सुष्मा जी तपाई र सुर्दशन जीको प्रेममा मुख्य तगारो तपाईको आमा हो भनिन्छ साँचो हो ? अहिले सुदर्शनको कत्तीको याद आउछ ?व्याय फेण्ड छ कि छैन ? तपाईको उधे्रको चोलीको गितवाट प्रेममा व्रेक भएको हो ?
मेरो आमा तगारो हो भन्ने सबै गलत कुरा हो । मलाई सुदर्शनको खासै याद आउँदैन । मेरो प्रेमी अहिले तत्काल छैन भन्नुपर्ला । उध्रेको चोली गीतमा नृत्य मैले ब्रेक भएपछि गरेको हुँ ।
तपाई कलाकार वन्नमा कस्को हात छ ?फिल्म पाउनको लागि निर्देशक या निमार्ताको ओछ्यान तताउनु पर्छ भनिन्छ साँचो हो ?कति जति चलचित्रमा अभिनय गरिसक्नु भएको छ ?
म कलाकार बन्नुमा मेरो परिवारको ठूलो हात छ । निर्माता निर्देशकको ओछ्यान तताउनु पर्छ भन्ने कुरा गलत हो । मैले हालसम्म डेढ दर्जन सिनेमामा अभिनय गरिसके ।
तपाईलाई एउटा विन्दास केटि भन्दा कत्तिको रुचाउनु हुन्छ ? तपाईले खेलेको ‘विन्दास’ जस्तो चलचित्रले समाजमा कस्तो प्रभाव पर्ला ?के यस्ता चलचित्र आफनो परिवार सँग बसेर हेर्नुभएको छ ?
म आफूलाई विन्दास केटी भन्न रुचाउँदिन । म धार्मिक केटी हुँ । ‘विन्दास’ एउटा सन्देशमुलक सिनेमा हो भन्ने लाग्छ मलाई । विन्दास सिनेमा वुझ्नेलाई खुबै मनपरेको छ । तर विभिन्न अर्थ लगाउनेहरुलाई केही भन्न चाहन्न ।
तपाई रिल लाईफमा जति सेक्सि देखिनुहुन्छ रियल लाईफमा पनि त्यति सेक्सि हुनुहुन्छ ? सेक्सको वारेमा तपाईको धारणा के छ ?
म रियल लाइफमा खासै सेक्सी छैन । म धार्मिक किसिमको युवती हुँ । मलाई सेक्सको बारेमा कुनै पनि प्रतिक्रिया दिनु छैन ।
सुष्माजी तपाईलाई मायाको प्रस्ताव राखे भने के भन्नुहुन्छ ?तपाई कुमारी कि अविवाहित मात्र ?
हा हा अहिले नै म केही भन्न चाहन्न । तर प्रेम प्रस्ताव राख्नेलाई ओके भन्ने पक्षमा म छैन । म अविवाहित हुँ भन्ने त सबैलाई थाहा छ । तर कुमारी हुँ कि हैन भन्ने कुरा मेरो जीउडाल हेरेर नै थाहा पाउनुहोला ।
फिल्म क्षेत्र वाहेक अन्य कुनै क्षेत्र रोज्नु भएको छ ? जिवनको अविश्मरणिय क्षणहरु केही छन् ?
मैले अहिले नै कुनै अन्य क्षेत्र रोजेको छैन । मेरो जीवनको अविस्मरणिय क्षणहरु केही पनि छैन ।
तपाई निकै हट र सेक्सि नायिकाको रुपमा चिनिनुहुन्छ ? दर्शकहरुवाट कस्तो प्रतिकृया पाउनु भएको छ ?
मलाई दर्शकहरुले हट भन्दा खुशी लाग्छ । अर्को कुरा उहाँहरुको आखा पनि राम्रो हो भन्ने लाग्छ मलाई ।
तपाईलाई आर्यन सिग्देल,जीवन लुइटेल र सुर्दशन थापा मध्ये को धेरै मन पर्छ ?
मलाई तिनै जना मनपर्दैन ।
राजनीतिलाई कुन दृष्टिकोणले हेर्नुहुन्छ ? तपाईलाई देशको प्रधानमन्त्री बनाइदिएमा पहिलो प्राथमिकता के लाई दिनुहुन्छ ?
मलाई राजनीति खुबै मनपर्छ । म देश बनाउन तर्फ अग्रसर हुन्छु ।
नेपाली कलाकारहरुले निक्कै डिभोर्स गरेको देखिन्छ यस्तो किन हुन्छ होला ? नायिकाहरु विहे पछि हराउने हुन्छ किन होला ?
यो त असमझदारीको कारणले गर्दा भएको हो । विहे गरेपछि नायिकाहरुले घरपरिवार सम्हाल्नु पर्ने भएकाले पनि हराएका होलान् ।
कथाले मागको भन्दै नायिकाहरुमा नांगिने होड चलेको छ यसलाई यहाँले कसरी वुझनु भएको छ ?
कथाले माग्यो भन्दैमा नाङगिनु पर्छ भन्ने कुरालाई म मान्दिन । मैले आजसम्म टु पिस लगाएको छैन ।
विदेशमा वस्ने नेपाली दाजुभाईलाई के भन्न चाहानुहुन्छ ?
म सम्पुर्ण विदेशमा बस्ने नेपालीहरुलाई नेपाल र्फकन भन्छु । यहाँ नै थुप्रै अवसर खडा गर्न सकिन्छ जस्तो लाग्छ मलाई ।
भिडियोको लागी तल क्लिक गर्नुहोला तपाईको नाम को अर्थ के हो ? छातिको टाटुको अर्थ केहि छ कि ?