२९ साउन, काठमाडौं । इमर्जिङ टिम्स कप क्रिकेटको तयारीका क्रममा श्रीलंका भ्रमणमा रहेको नेपाली टोलीले पहिलो जित हात पारेको छ । श्रीलंकाको २३ वर्षमुनीको टोलीसँग लगातार चार खेल गुमाएको नेपालले मंगलबार भएको अभ्यास खेलमा उत्तर पूर्वी प्रान्तको टोलीलाई १ सय ६८ रनले पराजित गरेको हो ।
पहिले व्याटिङ गरेको नेपालले निर्धारित ५० ओभरमा ८ विकेट गुमाएर २ सय ७३ रन बनायो । नेपालका लागि अनिल मण्डलले सर्वाधिक ६४ रन जोडे भने कप्तान पारस खड्काले ३७, विनोद भण्डारीले ३० र सुवास खकुरेलले २६ रन बनाए । यस्तै राहुल विश्वकर्मा २५ रनमा अविजित रहँदा सरद भेसवाकरले २०, ज्ञानेन्द्र मल्लले १७, बसन्त रेग्मीले ११, सागर पुनले १० र शक्ति गौचनले ४ रन जोडे ।
२ सय ७४ रनको विजयी लक्ष्य लिएर मैदान उत्रिएको उत्तर पूर्वी प्रान्तको टोली २८ ओभरमा १ सय ५ रन बनाएर अल आउट भयो । उसलाई सस्तैमा समेट्ने क्रममा अभिनाश कर्ण र सरद भेसवाकरले समान ३-३ विकेट लिए भने चन्द्र साउदले २ र रामनरेश गिरी र शक्ति गौचनले १-१ विकेट लिए ।

|
|
२७ साउन, काठमाडौं । किङ्स कप फुटबलको उपाधि मनाङ मस्र्याङ्दी क्लबले जितेको छ । भुटानमा आइतबार भएको फाइनल भिडन्तमा भुटानी लिग च्याम्पियन यिदजिनलाई ४-२ गोल अन्तरले पराजित गर्दै मनाङले उपाधि उचालेको हो ।
थिम्पुस्थित चाङलिमिथाङ रंगशालामा भएको खेलमा मनाङले चौथो मिनेटमा नै गोल खाएको थियो । अनपेक्षित गोल खाएपछि दबावमा आएको मनाङले ३३ औं मिनेटमा विशाल राईको गोलबाट बराबरी गर्यो ।
७० औं मिनेटमा यिद्जिन फेरि अग्रता लिन सफल भयो । तर, ७४ औं मिनेटमा घरेलु टोलीका खेलाडीले आत्मघाति गोल गरेपछि मनाङलाई केही सजिलो भयो । ८० औं मिनेटमा शिव श्रेष्ठले गोल गर्दै मनाङलाई ३-२ को अग्रता दिलाए भने तिरिक्त समयको अन्तिमतिर दिपक राईले गोल गरेपछि मनाङ ४-२ को जित निकाल्न सफल भयो ।

![]() |
अस्ट्रेलियाकी हर्डल्स खेलाडी मिचेल जेनेकी विश्व एथलेटिक्स च्याम्पियनसिपको पूर्वसन्ध्यामा चर्चाको शिखरमा छिन्। गत वर्ष लन्डन ओलम्पिकमा रजत पदक जितेकी २० वर्षीया कामुक सुन्दरी खेल क्षमताले चर्चामा आएकी होइनन्। उनको 'सेक्सी' वार्मअपले धेरैको ध्यान तानेको छ।
खेलअघिको कामुक वार्मअपबाट चर्चा पाउने उनी एक्ली खेलाडी होइनन्। अमेरिकी सर्फर एस्ले एनास्तासियाले खेलअघि गरेको कामुक नृत्यको भिडियो सार्वजनिक भएपछि विश्वभरका सञ्चार माध्यमको ध्यान तानेकी थिइन्।
गत वर्ष बार्सिलोनामा सम्पन्न विश्व जुनियर च्याम्पियनसिपमा जेनेकी सञ्चारमाध्यममा खुबै छाइन्। खेलअघि उनले नृत्यको शैलीमा वार्मअप गर्दा नितम्ब हल्लाएको दृश्य यु–ट्युबमा भाइरलसरी फैलिएको थियो। उनको वार्मअप यु ट्युबमा एक सातामा १ करोड ३० लाखले हेरेका थिए। आस्कमेन डटकमले २०१३ मा विश्वभरका सर्वाधिक चाहिएकी महिलाको सूची निकाल्दा उनी १०औं स्थानमा थिइन्। यही वर्ष उनी स्पोर्टस इलुस्ट्रेटेडको स्विमसुट अंकमा पनि छाइन्।
आफ्नो वार्मअपले विश्वव्यापी रूपमा कामुक नृत्यको दर्जा पाएकोमा आश्चर्यचकित भए पनि उनलाई आपत्ति भने छैन। 'त्यसलाई लिएर साथीहरूले मलाई गिज्याउँथे,' जेनेकीले भनिन्, 'मेरो सामान्य वार्मअपले यति ठूलो चर्चा पाउला भन्ने मैले सोचेकी थिइनँ।'
एस्ले कामुक नृत्यका कारण चर्चित अर्की खेलाडी हुन्। वार्मअपकै क्रममा नृत्य गरिरहेझै देखिने उनको भिडियो फुटेजलाई पनि यु ट्युबमा भाइरलझै फैलिन समय लागेन। क्यालिफोर्नियाको समुद्री किनारमा अडियो हेडसेट लगाएर आफू मात्र सुन्न सक्ने संगीतमा खेलअघि उनले गरेको वार्मअपको कामुकताबारे त्यहाँको एक पत्रिकाले गत वर्ष अगस्टमा लेखेको थियो, 'उनले वार्मअप गरेको हो कि नृत्य त्यो उनैले बुझून। तर, त्यो युवालाई कामुकताको आँधीबेहरी ल्याउन काफी छ।'
![]() |
२४ साउन, काठमाडौं । विश्व फुटवलको वरियता क्रममा नेपाल एक स्थान तल झरेको छ । विश्व फुटवलको नियमनकारी निकाय फिफाले बिहीबार जारी गरेको नयाँ बरियता क्रममा नेपाल एक स्थान तल झर्दै १ सय ७० औं स्थानमा पुगेको हो ।
झण्डै एक वर्षपहिलेसम्म फिफाको बरियता क्रममा दक्षिण एशियाली मुलुकहरुको शीर्ष स्थानमा रहेको नेपाल अहिले भुटान भन्दा मात्र अघि छ । यसले नेपाली फुटबलको स्तर खस्कदै गएको प्रष्ट देखाएको छ । भुटान विगतमा झै पुछार अर्थात २ सय ७ औं स्थानमा छ ।
एक स्थानमाथि उक्लिएको श्रीलंका नेपाल सरह १ सय ७० औं स्थानमा आएको छ । दक्षिण एशियाली मुलुकहरुको शीर्ष स्थानमा अफगानिस्तान आएको छ । एक स्थानमाथि उक्लिएको २ सय १४ अंकका साथ अफगानिस्तान १ सय ३९ औं स्थानमा छ । भारत १ सय ४५, माल्दिभ्स १ सय ५३, बंगलादेश १ सय ५८ र पाकिस्तान १ सय ६७ औं स्थानमा छ ।
स्पेन शीर्ष स्थानमा कायमै छ । शीर्ष वरियताको १२ औं स्थानसम्म कुनै परिर्वतन भएको छैन । जर्मनी दोस्रो, कोलम्बिया तेस्रो, अर्जेन्टिना चौथो र नेदरल्याण्ड पाँचौं स्थानमा छ । इटली छैटौं, पोर्चुगल सातौं, क्रोएशिया आठौं र ब्राजिल नवौं स्थानमा कायमै छ ।
|
|
|
|
काठमाडौ, श्रावण २३ - लक्ष्मी हुन्डाई मनाङ-मस्र्याङ्दीले योना इलियस र सुजल श्रेष्ठको ह्याटि्रक सहयोगमा बंगलादेशको आरम्बाग क्रिरा संघलाई ७-० ले मंगलबार हराएर भुटानमा भइरहेको किङ्स कप फुटबलको समूह चरणमा शतप्रतिशत जित हात पारेको छ । मनाङ लगातार चौथो जितसँगै १२ अंक बटुल्दै समूह 'ए' विजेता भयो ।
गोर्खा कप च्याम्पियन मनाङले किङ्स कपको सेमिफाइनलमा युनाइटेड सिक्किमविरुद्ध शुक्रबार खेल्नेछ । भारतको पहिलो डिभिजनको फुटबल 'आई लिग' बाट पछिल्लो सिजन रेलिगेसनमा परेको युनाइटेड सिक्किम समूह 'बी'को उपविजेता हो । किङ्स कपको पहिलो सेमिफाइनलमा सहिद स्मारक 'ए' डिभिजन लिग च्याम्पियन लक्ष्मी बैंक थ्रीस्टार र भुटानी लिग च्याम्पियन यिदजन विहीबार भिड्नेछन् । थ्रीस्टार समूह 'बी' विजेता र यिदजन समूह 'ए' को उपविजेता हुन् ।
राम्रो खेल पस्कदै आएका फरवार्ड दीपक राईले रातो कार्ड बेहोर्दै ३२ औं मिनेटमै मैदान छाडेपछि मनाङ दस खेलाडीमा समेटिएको थियो । सन् २००४ को उपविजेता मनाङले त्यसपछि बंगलादेशको पहिलो डिभिजनको लिगबाट पछिल्लो सिजन रेलिगेसनमा परेको आरम्बागविरुद्ध आक्रमक खेल पस्कियो । तैपनि थिम्पुस्थित चाम्लिमिथाङ स्टेडियममा गोलको खाता खोल्न पहिलो हाफको इन्ज्युरी टाइम नै कुर्नुपर्यो । इन्ज्युरी टाइमको दोस्रो मिनेटमा विशाल राई 'बी'ले उपलब्ध गराएको बललाई योनाले पोस्टको दिशा दिँदै मनाङलाई १-० ले अघि बढाए ।
बंगलादेशी खेलाडी विप्लवले ६३ औं मिनेटमा पेनाल्टी क्षेत्रमा योनालाई फल खेलेपछि मनाङले पेनाल्टीको अवसर पायो । विप्लवले रातो कार्ड बेहोर्दै मैदान छाडेपछि दुवै टिममा १०-१० भयो । र, पेनाल्टीलाई योनाले गोलमा परिणत गरेपछि मनाङको अग्रता २-० बन्यो । तान्जानियाली फरवार्ड योनाले ७६ औं मिनेटमा ह्याटि्रक पूरा गरे । त्यसअघि ६७ औं मिनेटमा सुजल श्रेष्ठ र ७३ औं मिनेटमा अनील ओझाले गोल गरेका थिए ।
मनाङले अन्तिम २३ मिनेटमा ५ गोल गर्यो । दीपकले रातो कार्ड बेहोरेपछि योनासँगै फरवार्ड लाइनको जिम्मेवारी पाएका कप्तान सुजलले ७७ औं मिनेटमा गोल गर्दै मनाङलाई ६-० को अग्रता दिलाए । उनले ८८ औं मिनेटमा खेलको अन्तिम गोल गर्दै ह्याटि्रक आत्मसात गरे । नौ बर्षपछि आयोजित किङ्स कपको एकै खेलमा दुई ह्याटि्रक पहिलोपल्ट भएको हो । र, प्रतियोगिताको १६ खेलमा मनाङले सबैभन्दा फराकिलो जित हात पार्यो ।
'पहिलो हाफमा दस खेलाडीमै सीमित भएर पनि राम्रो खेल्यौं,' मनाङका कार्यवाहक प्रशिक्षक हेमन्त आलेले टेलिफोनमार्फत् थिम्पूबाट भने, 'प्रत्येक खेलमा सुधार भइरहेको छ । मनोबल उच्च बनेको छ । त्यसैले सेमिफाइनलमा सिक्किमलाई पराजित गर्नेमा विश्वस्त छौं ।' दीपकले सेमिफाइनल गुमाउने भए पनि त्यसले टिममा खास फरक नपर्ने उल्लेख गर्दै उनले भने, 'अग्रपंक्तिमा योना र सुजललाई खेलाउनेछौं । सुजलले फरवार्डको रूपमा पनि राम्रो खेल्दै आएका छन् ।'
साफ च्याम्पियनसिपको तयारीमा बहराइन पुगेको २५ सदस्यीय नेपाली राष्ट्रिय टिममा छनोट नभएका मिडफिल्डर शिव श्रेष्ठ र सुलभ मास्के बुधबार थिम्पू प्रस्थान गर्दैछन् । 'उनीहरूको आगमनसँगै टिम थप बलियो हुनेछ,' आलेले भने । मुख्य प्रशिक्षक अमृत पन्त बिरामी भएर स्वदेश फर्केपछि आलेले मनाङको टिम सम्हालिरहेका छन् । मनाङले समूह चरणमा यसअघि यिदजनलाई ३-१, मोहन बगान सेल एकेडेमीलाई १-० र एनएमबी मछिन्द्रलाई १-० ले हराएको थियो ।
मनाङ ७-० आरम्बाग
![]() |
मैत्रिपूर्ण इन्टरनेशनल च्याम्पियन्स कप फुटबलको उपाधिका लागि चेल्सी र रियल मड्रिड भिड्ने भएका छन् ।आइतबार राति भएको खेलमा इटालियन महारथी एसीमिलानलाई २–० ले पराजित गर्दै चेल्सीले प्रशिक्षक जोजे माउरिन्होको पूर्व क्लब रियल मड्रिडसँगको उपाधि भिडन्त पक्का गरेको हो ।

चेल्सीले २८ औं मिनेटमा केभिन डे ब्रुआइनको गोलबाट अग्रता लियो । खेलको अन्तिम मिनेटमा आन्द्रेले गोल गरेपछि चेल्सीले २–० को जित जिकालेको हो । स्पेनिस जाइन्ट रियल मड्रिड भने इर्भटनलाई पराजित गर्दै यसअघि नै फाइनलमा पुगिसकेको छ । फाइनल भिडन्त बुधबार मायामीमा हुनेछ ।

१९ साउन, काठमाडौं । ब्राजिलियन सान्तोसलाई पराजित गर्दै स्पेनिस क्याटलन बार्सिलोनाले जोआन गाम्पर ट्रफी जितेको छ । शुक्रबार राति नयाँ प्रशिक्षक जरार्डो टाटा मार्टिनोको नेतृत्वमा रहेको बार्सिलोनाले सान्तोसलाई ८–० गोल अन्तरले पराजित गरेको हो ।

नाउ क्याम्पमा भएको खेलमा बार्सिलोनाले सातौं मिनेटमा अर्जेन्टिनी स्टार लिओनल मेस्सीको गोलबाट अग्रता लिएको थियो । ११ औं मिनेटमा ड्यानी आल्भेसको क्रस क्लियर गर्ने क्रममा सान्तोसका लिओले आत्मघाति गोल गरे भने २० औं मिनेटमा एलेक्स सान्चेज तथा २८ औं मिनेटमा पेड्रोले गोल गरेपछि पहिलो हापमा बार्सिलाना ४–० ले अघि रह्यो ।
दोस्रो हापमा साम्बा स्टार नेयमार आफ्नो पूर्व क्लब सान्तोसविरुद्ध मैदान उत्रिए । सब्सिच्युटकै रुपमा मैदान प्रवेश गरेका सेस फेब्रिगासले ५२ र ६७ औं मिनेटमा गोल गरे । ७३ औं मिनेटमा एड्रिनो र ८२ औं मिनेटमा डोगौंले गोल गरेपछि बार्सिलोना ८–० को फराकिलो जित हात पार्न सफल भयो ।

काठमाडौं । नेपाल साफ यू-१६ च्याम्पियनसिप फुटबलको फाइनलमा भारतसँग पराजित भएको छ । यससँगै नेपालले दुई दशकपछि अन्तराष्ट्रिय फुटबलमा उपाधि जित्ने मौका चुकाएको छ ।
२० वर्षअघि सिनियर टोलीले ढाकामा भएको साफमा स्वर्ण जितेपछि नेपालले अन्तराष्ट्रिय फुटबलमा उपाधि जित्न सकेको छैन । सन् १९९३ मा नेपालले भारतलाई हराउँदै फुटबलको स्वर्ण जितेको थियो ।

घरेलु मैदानमा भएको साफ यू-१६ च्याम्पियनसिप प्रतियोगिताभर राम्रो प्रदर्शन गरेको नेपालले उपाधि जित्नेमा धेरै आशावादी थिए । तर, भारतसँथ १-० ले पराजित हुँदै उपविजेतामा सिमित भएको छ । यससँगै सिनियर टिममा दबदवा कायमै गर्दै आएको भारत उमेर समूहमा पनि च्याम्पियन भएको छ । सिनियर टिममा ७ संकरण सम्पन्न हुँदा भारतले ५ पटक उपाधि जितेको छ ।
त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा भएको खेलमा भारतको जितमा १८ औं मिनेटमा जेरीले निर्णायक गोल गरे । खेलको ७० औं मिनेटमा भारतीय खेलाडी वान भर्सेज वानमा चुक्दा अग्रता दोब्बर पार्ने मौका गुमायो ।
खेलको ८४ औं मिनेटमा नेपालका विमल घर्ती मगर वान भर्सेज वानमा चुक्दा नेपाल बराबरी गर्नबाट बन्चित भयो । खेलको अन्तिममा अनन्त तामाङको प्रहार भारतीय गोलरक्षकले पन्च गरेपछि नेपाल घरेलु मैदानमा भारतलाई उपाधि सुम्पन बाध्य भयो ।
तेस्रो स्थानका लागि मंगलबार नै भएको खेलमा बंगलादेशले अफगानिस्तानलाई १-० गोल अन्तरले पराजित गरेको छ ।

१५ साउन, काठमाडौं । राजधानीमा जारी साफ यू–१६ च्याम्पियनसिप फुटवलको उपाधिका लागि नेपाल आज भारतसंग भिड्दैछ ।
त्रिपुरेश्वरस्थित दरशरथ रंगशालामा अपराह्न साढे ३ बजेपछि हुने खेलमा नेपाल भारतको चुनौती समाप्त पार्दै इतिहास रच्ने दाउँमा छ । प्रतियोगितामा भारतको तुलनामा शारीरिक र प्राविधिक रुपले उत्कृष्ट प्रदर्शन गरेको नेपाललाई उपाधिको दाबेदार मानिएको छ ।

आज भारतलाई पराजित गर्न सके दुई दशकमा नेपालले फुटबलमा पहिलो उपाधि हात पार्नेछ । १९९३ मा ढाकामा भएको साफमा नेपाली टोलीले स्वर्णजिते यता नेपाल पहिलो भएको छैन । काठमाडौंमा भएको १९९९ को साफको फाइनलमा नेपाल बंगलादेशसँग पराजित भएको थियो । २० वर्षअघि ढाकामा स्वर्ण जित्दा मिडफिल्डर रहेका बालगोपाल मर्हजन अहिले यू–१६ नेपाली टोलीको प्रशिक्षक छन् ।
नेपालले आज सुरुवाटै आक्रमक खेल खेल्ने प्रशिक्षक बालगोपाल महर्जनले बताएका छन् । छ नेपालको एक मात्र लक्ष्य उपाधि भएको तर, भारत बलियो प्रतिद्वन्द्वी भएकाले कम नआँकेको उनले बताए । फाइनलसम्मको यात्रा तय गर्ने क्रममा २ गोल खाएको नेपालले १६ गोल गरेको छ ।
अघिल्लो संस्करणको सेमिफाइनलमा नेपाल भारतसँग टाइब्रेकरमा पराजित भएको थियो । भारतलाई हराउँदै पहिलो संस्करणको उपाधि पाकिस्तानले जितेको थियो । नेपाल भने तेस्रो भएको थियो ।
यस पटक फाइनल प्रवेश गर्नेक्रममा नेपालले बंगलादेशलाई हराएको थियो भने भारतले अफगानिस्तानलाई स्तब्ध पारेको थियो ।

१४ असार, काठमाडौं । वार्यन म्युनिख चेल्सीका डिफेण्डर डेभिड लुइसका लागि ४ करोड पाउण्डको प्रस्ताव गर्न तयार भएको छ । बार्सिलोनाको प्रशिक्षक हुँदा नै पेप ग्वार्डिआलोले लुइसलाई भित्र्याउने इच्छा देखाएका थिए ।
ग्वार्डिआलो यो सिजनबाट युरोपियन च्याम्पियन वार्यन म्युनिखको प्रशिक्षक छन् । स्पेनिस क्याटलन बार्सिलोनाले पनि २६ बर्षीय ब्राजिलियन लुइसलाई भित्र्याउने इच्छा देखाएको छ । लुइस २०११ जनवरीमा वेन्फिकाबाट चेल्सी गएका हुन् ।
|
|
१२ साउन, काठमाडौं । बंगलादेशलाई पराजित गर्दै नेपाल साफ यू-१६ च्याम्पियनसिप फुटबलको फाइनलमा प्रवेश गरेको छ । शनिबार भएको पहिलो सेमिफाइनलमा घरेलु टोली नेपालले बंगलादेशलाई ५-१ गोलको फराकिलो अन्तरले पराजित गरेको हो । अब उपाधिका लागि नेपालले भारत र अफगानिस्ताबीचको दोस्रो सेमिफाइनलको विजेतासँग खेल्नेछ ।

त्रिपरेश्वरस्थित दशरथ रंगशालामा भएको खेलमा नेपालले ८ औं मिनेटमा सुजन लिम्बुको गोलबाट सुरुवाति अग्रता लियो । २० औं मिनेटमा विमल घर्तिमगरले नेपालको अग्रता दोब्बर पारे भने २३ औं मिनेटमा अन्जन विष्टले गोल गरेपछि नेपाल ३-० को अग्रता लिन सफल भयो ।
५६ औं मिनेटमा बंगलादेशले आत्मघाति गोल गर्यो भने ५९ औं मिनेटमा सुजनले व्यक्तिगत दोस्रो गोल गरेपछि नेपाल ५-० ले अग्रता लिन सफल भयो । ६५ औं मिनेटमा नेपाली डिफेण्डरहरुको गल्तीको फाइदा उठाउँदै बंगलादेशले सात्वना गोल गर्यो । खेलमा थप गोल हुन सकेन र नेपाल ५-१ को फराजिलो जितका साथ फाइनलमा प्रवेश गरेको छ ।

१२ साउन, काठमाडौं । राजधानीमा जारी साफ यू–१६ च्याम्पीयनसिप फुटवलको सेमिफाइनलमा आज नेपाल बंगलादेशसंग भिड्दैछ । त्रिपुरेश्वरस्थित दरशरथ रंगशालामा अपरान्ह ४ बजेपछि हुने खेलमा घरेलु टोली नेपाल बंगलादेशलाई पराजित गर्दै उपाधि नजिक पुग्ने योजनामा छ ।
तुलनात्मक रुपमा नेपाल भन्दा कमजोर भएपछि बंगलादेशलाई कमजोर नआँक्ने प्रशिक्षक बालगोपाल महर्जनले बताए । दुई बर्षअघि रंगशालामै सम्पन्न पहिलो संस्कणमा बंगलादेशलाई २(१ गोलले पराजित गर्दै नेपाल तेस्रो भएको थियो । नेपाल समूह एबाट अपराजित रहदै सेमिफाइनल प्रवेश गरेको हो भने बंलागदेश समूह बीको उपबिजेता टिम हो ।

९ साउन, काठमाडौं । नेपाल साफ यू-१६ च्याम्पियनसिप फुटबलको सेमिफाइनलमा प्रवेश गरेको छ । बुधबार भएको समूह चरणको अन्तिम खेलमा पाकिस्तानलाई ३-० ले पराजित गर्दै नेपाल ७ अंकका साथ समूह एको विजेताका रुपमा अन्तिम चारमा प्रवेश गरेको हो । अर्को खेलमा भुटानलाई ३-१ ले पराजित गरेको अफगानिस्तान ५ अंकका साथ समूह उपविजेता बनेको छ ।

भारत र बंलादेश यसअघि नै समूह बीबाट सेमिफाइनल पुगिसकेका छन् । समूह विजेताको टुङ्गो भने भोलि हुने समूह चरणको अन्तिम खेलले लगाउनेछ ।
त्रिपुरेश्वरसिथत दशरथ रंगशालामा भएको खेलमा नेपालले १३ औं मिनेटमा सुजन लिम्बुको गोलबाट अग्रता लिएको थियो । ६५ औं मिनेटमा विमल घर्तिमगरले नेपालको अग्रता दोब्बर पारे । खेलको ७३ औं मिनेटमा विमलले नै दोस्रो गोल गरेपछि नेपाल ३-० को जित निकाल्न सफल भयो ।

७ साउन, काठमाडौं । राजधानीमा जारी साफ यु-१६ च्याम्पियनसिप फुटबलमा नेपालले अफगानिस्तानसँग बराबरी खेलेको छ ।
त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा सोमबार भएको खेलमा नेपालले अफगानिस्तानसँग १-१ को बराबरी खेलेको हो । २ खेलबाट ४ अंक जोडेको नेपाल सेमिफाइनल नजिक छ । अन्तिम खेल पाकिस्तानसँग हुनेछ ।
खेलमा अफगानिस्तानले सुरुवाटै नेपाली टोलीलाई दबावमा राखेको थियो । पहिलो हाप रहित बराबरीमा सकिएको खेलका ७४ औं मिनेटमा अफगानिस्ताले गोल गर्यो । अली अहमदले गोल गर्दै अफगानिस्तानलाई सुरुवाती अग्रता दिलाए ।

खेलको ८१ औं मिनेटमा हेमन्त थापाले करिव २५ यार्ड टाढाबाट गोल गरेपनि नेपालले १-१ को बराबरी गर्यो । अन्तिममा विमल घर्तीको हेड थोरै चुक्दा नेपाल बराबरी खेल्दै अंक बाड्न बाध्य भयो ।
अर्को खेलमा पाकिस्तान र भुटानले गोलरहित बराबरी खेल्दै अंक बाँडेका छन् । पाकिस्तान र अफगानिस्तानको समान २/२ अंक भएको छ भने भुटानको १ अंक छ ।

काठमाडौ – साविक उपविजेता भारतले साफ यु–१६ फुटबल च्याम्पियनसिपमा विजयी सुरुआत गर्ने क्रममा आइतबार श्रीलंकालाई ४–१ ले हराएको छ। गत वर्ष प्रतियोगिताको पहिलो संस्करणमा भारत फाइनलमा पाकिस्तानसँग पराजित भएको थियो। भारतले बिहिबार समुह ‘बी’ अन्तर्गत बङलादेशसँग समूह चरणको अन्तिम खेल खेल्ने छ। लगनखेलस्थित आर्मी स्पोर्टस कम्प्लेक्स मैदानमा बेदेश्वर सिहले २, कप्तान कृष्ण पन्डित र प्रोसेन्जित चर्कवर्तीले एक/एक गोल गरेपछि भारतको जित सहज बनेको थियो।

भारतका प्रशिक्षक गौतम घोसले जित हार भन्दा पनि टोलीको प्रर्दशनबाट सन्तुष्ट भएको बताए। उनले भने, ‘पहिलो खेलको प्रर्दशन राम्रो छ। मैलै टोलीलाई जित्नै पर्ने दबाब दिएको छैन। म नतिजालाई हेर्दिन, प्रर्दशनलाई जोड दिन्छु। हामीले भविष्यको लागि बलियो टोली बनाउने लक्ष्य लिएका छौं। भारतको हरेक उमेर समूहलाई बलियो बनाउने हाम्रो योजना हो। ’
आफ्नो देशमा भएका ४ फुटबल एकेडेमी मध्ये कोलकत्ता एकेडेमीले भारतको प्रतिनिधित्व गर्दै आएको घोसले बताए। उनले भने, ‘हरेक उमेर समूहको खेलमा भिन्न एकेडेमीले प्रतिस्पर्धा गर्छन। यसले सबै एकेडेमीले समान अवसर पाउँछन र भविष्यमा राष्ट्रिय टोली बलियो बनाउन सहयोग गर्छ।’
आइतबार सुरुदेखि नै भारतले श्रीलंकालाई दबाबमा राख्यो। १०औं मिनेटमा प्रोसेन्जितले पेनाल्टी बक्सबाट गरेको प्रहारलाई श्रीलंकाली गोलकिपरले रोकेका थिए।
२१औं मिनेटमा कप्तान कृष्णले श्रीलंकाका ३ रक्षकलाई कटाएर गोलकिपर केएबी पराबाथासँग वान भर्सेस वानमा गोल गर्दै भारतलाई अग्रता दिलाए। त्यसको २ मिनेट बित्न नपाउँदै भारतले अग्रता दोब्बर पार्योन।
२३औं मिनेटमा आफ्नै प्रहार विपक्षी गोलकिपरलाई लागेर रिबाउन्ड हुँदा बेदेश्वरले दोस्रो प्रयासमा गोल गरे। श्रीलंकाका स्ट्राइकर एसएस निरेशको लामो शक्तिशाली प्रहार गोल भयो। भारतीय गोलकिपर धिरज मोइरान्गाथेम पोस्ट छोडेर बाहिर आएका बेला निरेशले टाढाबाटै प्रहार गरेको बल गोलमा परिणत भएको थियो।
मध्यान्तरसम्म २–१ ले पछि परेको श्रीलंकाले दोस्रो हाफमा गोलको कुनै अवसर सिर्जना गर्न सकेन। दोस्रो हाफमा भारतले २ गोल थप्दा खेल एकतर्फी देखिएको थियो।
६७औं मिनेटमा भारतका प्रोसेन्जितको लामो प्रहारलाई गोलकिपरले सही अनुमान लगाउन नसकेपछि श्रीलंकाले तेस्रो गोलको सामना गर्नु परेको थियो।
बिपक्षीलाई दबाबमा राखिरहेको बेला भारतका बेदेश्वरले ८९औं मिनेटमा गोल गर्दै टोलीलाई ४–१ को अग्रता दिलाएका थिए।
श्रीलंकाली प्रशिक्षक निमल विजेश्काराले भारतसँग पराजित भएपनि टोलीले राम्रो खेलेको बताए। उनले भने, ‘हामी एएफसी च्यालेन्ज कपको तयारीलाई विशेष ध्यान दिईरहेका छौं। यसको तयारीका लागि साफ च्याम्पियनसीप महत्पुर्ण अवसर हो। समुह चरण पार गर्ने सम्भावना अझै बाँकी छ। हामी अझै राम्रो खेलेर समुह चरण पार गर्ने कोसिस गर्नेछौ।’
सोमबारको खेलः
नेपाल विरुद्ध अफगानिस्तानः ४ बजे (दशरथ रगशाला)
पाकिस्तानविरुद्ध भुटान : ४ बजे (आर्मी मैदान लगनखेल)

काठमाडौं । यु-१६ दोस्रो साफ च्याम्पियनसीप फुटबलमा नेपालले विजयी सुरुवात गरेको छ । शनिबार दशरथ रंगशालामा भएको उद्घाटन खेलमा नेपालले भुटानलाई ७-० को फराकिलो अन्तरले पराजित गरेको हो ।
नेपालले सबै गोल दोस्रो हाफमा गरेको हो । नेपालको जितमा विमल घर्ती मगर एक्लैले चार गोल गरे । पहिलो संस्करणमा नेपाल तेस्रो भएको थियो ।

४ साउन, काठमाडौं । यु-१६ साफ च्याम्पियनसिप फुटबलमा नेपालले आफ्नो पहिलो खेल भुटानसँग खेल्ने भएको छ । एन्फा कम्लेक्स सातदोबाटोमा शुक्रवार निकालिएको ड्र अनुसार नेपालसहित भुटान, अफगानिस्तान र पाकिस्तान समूह एमा परेका छन् ।
भारत, बंगलादेश र श्रीलंमा समूह बीमा परेका छन् । नेपाल र भुटानबीचको खेल शनिवार दिउँसो ४ बजे दशरथ रंगशालामा हुने छ । समूह एकै अर्को खेलमा शनिवार अफगानिस्तान र पाकिस्तान भिड्ने छन् । यी २ बीचको खेल भने लगनखेलमा रहेको आर्मीको मैदानमा हुने छ ।
प्रतियोतिगामा सहभागि हुन सवै ७ टिम काठमाडौं आइसकेका छन् । २३ सदस्यीय नेपाली टोलीको नेतृत्व हेमन्त थापा मगरले गर्नेछन् । टोलीमा आकाश थापा, अमित तामाङ, अभिलष थापा, अनन्त तामाङ, अनिल राई, अन्जन विष्ट, विकाश थापा, विमल घर्तिमगर, दिनेश राजवंशी, गौरब बुढाथोकी, किरण सुनार, ललित थापा र निशान्त ढुङ्गाना रहेका छन् ।
त्यसैगरी प्रवीण श्रेष्ठ, रवि भण्डारी, रोमन रसाइली, रुपेश तामाङ, सजन मगर, सन्जोक राई, शिव सेबेदी, सुजन लिम्बु र छिरिङ गुरुङ पनि टोलीमा अटाएका छन् । मुख्य प्रशिक्षकमा बालगोपाल महर्जन रहेका छन् भने सुनिलकुमार श्रेष्ठ र मृगेन्द्र मिश्र सहायक प्रशिक्षक रहेका छन् ।
|
|
३ साउन, काठमाडौं । अमेरिकाले अर्जेन्टिनाका फुटबल हस्ती डिएगो म्याराडोनालाई भिसा दिन अस्वीकार गरेको छ । जसका कारण म्याराडोना परिवारले फ्लोरियाको विदा मनाउने भ्रमण स्थगित गरेको छ ।
उनी बस्दै आएको दुबईस्थिति अमेरिकी दूताबासमा एक व्यक्ति म्याराडोनाको भिसाका लागि गएका थिए, जसलाई दूताबासले अस्वीकार गरेको छ । यद्यपि उनलाई भिसा नदिनु राजनीतिक कारण भएको स्रोतको दावी छ ।
अमेरिकासँग उनको सम्वन्ध कहिल्यै राम्रो रहेन । म्यारानोडोको सम्वन्ध अमेरिका विरोधीका रुपमा चिनिएका डिफेल कास्त्रो र हृयुगो चावेजसँग राम्रो थियो ।
|
|
पि्रमियर लिग च्याम्पियन म्यानचेष्टर युनाइटेडले वायन रुनीलाई स्टामफोर्ड बि्रज सरुवा गर्ने चेल्सीको प्रस्ताव अस्वीकार गरेको छ ।
चेल्सीले २७ वर्षीय रुनीका लागि हुवान माटा र डेभिड लुइज मध्ये एक खेलाडी र १० मिलियन पाउण्ड दिने प्रस्ताव गरेको थियो । तर, म्यानचेष्टर युनाइटेडले इंल्याण्डका स्ट्राइकर रुनी बेच्नका लागि नभएको बताएको छ ।

बेलायती सञ्चार माध्यमहरुका अनुसार पहिलो प्रस्ताव अस्वीकार भएपनि चेल्सीका प्रशिक्षक जोजे माउरिन्हो भने हार मान्ने पक्षमा छैनन् । उनी रुनीका लागि नयाँ प्रस्ताव अघि सार्ने तयारीमा छन् ।
वायन रुनी भने वल्र्ड ट्रार्फडमा बस्ने नबस्ने अन्यौलमा छन् । एलेक्स फर्गुसनको स्थानमा आएका डेभिड मोएजले रोविन भानपर्सी प्रमुख स्ट्राइकर भएको बताएपछि रुनी रुष्ट छन् । म्यानचेष्टर युनाइटेडसँग रुनीको सम्झौता अझै २ वर्ष बाँकी रहेको छ ।