बार्सिलोना (स्पेन), श्रावण २७ - नेपाल र स्पेनबीचको कुटनीतिक सम्वन्ध प्रत्यक्ष नभएका कारण धेरै समस्या व्यहोर्नु परेको जनाउँदै यहाँका प्रवासी नेपालीहरुले तत्काल राजदूताबास स्थापनाको माग गरेका छन् ।
स्पेन र नेपाल दुवैको राजदूतावास छैन । फ्रान्सस्थित नेपाली राजदूतावासले स्पेनसमेत हेर्ने गर्दछ । राजदूतावास नहुँदा भिषा लगाउन र डकुमेन्ट प्रमाणित गर्न समस्या परेको प्रवासी नेपालीहरुको गुनासो छ ।
परराष्ट्र मन्त्रालयका सहसचिव धनञ्जय झाको नेतृत्वमा बनेको आयोगले केही समयअघि स्पेनमा समेत राजदूताबास आवश्यक रहेको प्रतिवेदन बुझाएको थियो । प्रतिवेदनका आधारमा ओमन, बहराइनमा स्थापना भइसकेको छ । तर, स्पेनमा आर्थिक अभाव रहेको कारण जनाउँदै सरकारले स्थापना गरेको छैन ।
गैर आवासीय नेपाली संघ स्पेनका अध्यक्ष एकराज गिरीले राजदूताबास स्थापनाका लागि नेपाल सरकारलाई पटकपटक लबिङ गर्दापनि हुन नसकेको बताउदै यसले धेरै नेपालीले दुःख पाएको बताए ।
उनका अनुसार परिवार ल्याउन चाहने नेपालीहरुलाई भिषा लिन सवैभन्दा बढि समस्या छ । त्यसपछि डकुमेन्ट प्रमाणित गर्न र पुलिस रिर्पोट बनाउन समेत कुटनीतिक सम्वन्ध अभावले पटकपटक समस्या झेल्नु परेको गिरीले बताए ।
'चालिस बर्षकै जनशक्तिको आधारमा फ्रान्समा दुतावास चलेको छ । त्यसले स्पेनलाई हेर्न सक्दैन,' उनले भने, 'भिषा लिनका लागि लाखौ रुपैया घुस दिनुपर्ने अवस्था छ ।'
स्पेनका कानून अनुसार यहाँको नगरपालिकामा दर्ता गराएर बसेको तीन बर्षपछि काम गर्ने कागज पाइन्छ । त्यसको एक बर्षपछि श्रीमती, छोराछोरी झिकाउन पाइन्छ । नेपालमा स्पेनको दूताबास छैन । स्पेन आउने नेपालीले भारतस्थित स्पेनिस दुताबासबाट भिषा लगाउनुपर्छ ।
एनआरएन स्पेनका निवर्तमान महासचिव विष्णु रिजालका अनुसार, भिषाका लागि चार/पाँच लाख रुपैया घुस दिनुपर्ने अवस्था छ । केही समयअघि फ्रान्सको राजदूताबास मार्फत केही कम भएपनि अहिले फेरी व्यूतिन थालेको उनी बताउछन ।
स्पेनको दिल्लीस्थित दूताबासमा भिषाका लागि एप्लाई गर्दा जाँचबुझका लागि शुल्क मात्रै ४० हजार बुझाउनु पर्छ । त्यही शुल्कको आधारमा दिल्लीस्थित स्पेनको दूताबासका भारतीय कर्मचारी नेपालमा आएर बुझ्ने गर्छन् । त्यतिबेला नै उनीहरुले घुस माग्ने गरेको रिजालको भनाई छ । युरोपमा आउन चाहने नेपालीहरुको पहिलो गन्तव्यनै स्पेन र पोर्चुगल हो । यी दुई देश बाहेक सजिलै काम गर्ने कागज अन्य मुलुकले दिदैनन । स्पेन र पोर्चुगलमा एप्लाई गरेको तीन बर्षमा काम पाउने कारणलेपनि नेपालीहरुको संख्या यहा्रँ हृयात्तै बढेको छ । नेपाली कांग्रेस जनसम्पर्क समिति स्पेनका अध्यक्ष चिन्तामणि सापकोटाका अनुसार अहिले स्पेनमा मात्रै आठ हजार नेपालीको संख्या पुगीसकेको छ । अझ एक, दुई बर्षमा यो संख्या बढेर दश हजारको हाराहारीमा पुग्नेछ ।
'नेपालमा स्पेनको दूताबास नहुँदा परिवार ल्याउनकालागि भिषा एप्लाई गर्न भारतमा जानुपर्छ । भारतमा एउटा त भिषा पाउननै झन्डै एक बर्ष लाग्छ । अर्को परिवार बुझ्ने नाममा आउने कर्मचारीलाई घुस नखुवाई काम हुँदैन' हामीलाई सवैभन्दा ठुलो समस्या नै दूताबास नहुदा भएको छ । त्यसैले दूताबास चाँडै खोलिदिएमा यी समस्या हल हुनेछन ।'
पछिल्लोपटक नेपाल सरकारले प्रमाणित गर्ने डकुमेन्टले पनि समस्या पर्ने गरेको गुनासो नेपालीहरुको छ । किताव खानाले गर्ने विवाह दर्ता, चारित्रिक प्रमाणत्रलगायतको प्रमाणित कागजमा नेपाल परराष्ट्र मन्त्रालयले छाप लगाउने गर्छ । अहिले त्यस्तो छाप लगाउँदा नेपाल सरकारले 'यो डकुमेन्टप्रति नेपाल सरकार जिम्मेबार छैन,' भन्ने भाषा अंकित गरिएको छ । जसलाई स्पेन सरकारले समेत यहा्रँ मान्यता दिन छाडेको उनीहरु बताउछन ।
'दुई देशबीचको कुटनीतिक सम्वन्ध नै छैन भनेपनि हुन्छ । काठमाडौंस्थित स्पेनिश काउन्सिलर समेत नेपालमा भेट्टाउन गाह्रो हुन्छ । नेपाल सरकारको स्पेनिश काउन्सिलरले यहाँको कानूनबाहेक दायाँबाँया केही गर्दैन, यसले ठूलो समस्या खडा गरेको छ,' लामो समयदेखि स्पेनमा बस्दै आएका ईन्द्र अधिकारीले भने, 'राजदूत स्थापना भएमा सहजीकरण हुन्थ्यो ।' राजदूताबास नहुँदा नेपालीहरुलाई राहदानी लिन समेत गाह्रो परेको ईश्वरी शर्मा बताउँछन् ।

|
|
साथै आयोगले एप्पलको बौद्धिक सम्पत्ति चोरेको ठहरिएका सामसुङका उत्पादनलाई अमेरिकामा प्रतिबन्ध लगाउन समेत निर्देशन दिएको छ । यद्यपि आयोगको यो निर्देशन तत्काल कार्यान्वयन भने आउने छैन । आयोगको फैसलामाथि अमेरिकी राष्ट्रपतीले पुनर्विचार गर्न सक्नेछन् । ६० दिनभित्रमा राष्ट्रपतिले आयोगको फैसला सदर गर्ने वा उल्टाउने भन्ने कुराको निर्णय गर्नुपर्नेछ । यद्यपि ओबामाले आयोगको फैसला उल्टाउने सम्भावना नरहेकोले सामसुङका केही उत्पादनहरु अमेरिकामा प्रतिबन्धित हुने सम्भावना रहेको विश्लेषकहरुले बताएका छन् ।
यता अमेरिकी अन्तराष्ट्रिय व्यापार आयोगको फैसलाप्रति सामसुङले आपत्ति जनाएको छ । एप्पलका दुइ बौद्धिक सम्पत्तिका आधारमा आयोगले गरेको निर्णयले हामीलाई निराश बनाएको छ’ सामसुङको विज्ञप्तीमा भनिएको छ । स्मार्टफोन उद्योगको मुख्य ध्येय विश्वव्यापी कानुनी युद्ध नभएको भन्दै सामसुङले बजारमा स्वस्थ प्रतिस्पर्धा हुनुपर्ने जनाएको छ । उता एप्पलले भने फैसलाको स्वागत गरेको छ । एप्पललका आविष्कार चोर्ने सामसुङको कामलाई आयोगले खारेज गरेको एप्पललको भनाइ छ ।एप्पलको बौद्धिक सम्पत्तिको अधिकारका रुपमा रहेको टच स्कृन प्रविधि र अडियो सकेट सामसुङले आफ्ना ग्याजेटमा नक्कल गरेको ठहर आयोगले गरेको छ ।
तथापि एप्पलका अन्य ४ वटा दाबी भने प्रमाणित हुन सकेनन् । स्मरण रहोस् एप्पल र सामसुङबीच पछिल्लो समय बौद्धिक सम्पत्ति अधिकारको लडाइँ निकै चलिरहेको छ । यस विषयमा दुइ कम्पनीबिच विश्वका १० देशका विभिन्न अदालतमा मुद्दा चलिरहेको छ । अघिल्लो वर्ष विश्व स्मार्टफोन उद्योगमा सामसुङले एप्पललाई उछिनेपछि यी दुइबीचको बौद्धि सम्पत्ति अधिकारको लडाइँ झनै चर्किएको हो ।
|
|
नयाँ दिल्ली (एजेन्सी), श्रावण २७ - भारतीय रुपैयाँ -भारु) निरन्तर कमजोर हुँदै गएपछि बजारमा हस्तक्षेप गर्ने तयारी सरकारले थालेको छ । भारतीय अर्थ मन्त्रालयका केही उच्च अधिकारीले रुपैयाँलाई थप ओरालो लाग्न नदिन गृहकार्य थालेका हुन् । बढ्दो अमेरिकी डलरको मूल्यलाई कम गर्न र चालू खाता घाटा कम गर्न मन्त्रालयका केही उच्च अधिकारीले योजना बनाएको मन्त्रालय स्रोतले वतायो ।
अर्थमन्त्री पी चिदम्बरमको छलफलबाट सुरु भएको योजनामा आर्थिक मामिला सचिव अरविन्द मयरामसहित सेयर बजार र अन्य क्षेत्रका व्यक्ति सहभागी भएका थिए । यसरी तयार भएको योजना मन्त्रालयले सोमबार सार्वजनिक गर्न सक्ने सम्भावना छ ।
स्रोतका अनुसार आन्तरिक व्यावसायिक लगानी बढाउने, अनावश्यक आयात हुने वस्तुमा कडाइ गर्ने र निर्यात प्रोत्साहन गर्ने योजना सरकारले बनाएको छ । मयरामले एक साताअघि यस्तो घोषणा हुन सक्नेबारे संकेत दिएका थिए । 'एक साता पर्खनुहोस्' मुम्बईमा एक बैठकबाट बाहिरिँदा उनले भनेका थिए, 'अर्थ मन्त्रालयले यसबारे केही समयमा बोल्नेछ ।' चिदम्बरमले शुक्रबार वाणिज्य सचिव एसआर राओसँग छलफल गरेका थिए । जसमा अनावश्यक वस्तु आयातमा लगाउन सक्ने रोकबारे छलफल भएको अनुमान गरिएको छ । मन्त्रालय स्रोतका अनुसार इलेक्ट्रोनिक हार्डवेयर, कोइलालगायतका वस्तुको आयातमा केही सीमा लाग्न सक्ने बताउँदै आएको छ ।
भारतमा डलरको मूल्यले ६० रुपैयाँभन्दा माथि पुगेर रेकर्ड बनाइसकेको छ । जसले भारतबाट विदेशी लगानी बाहिरिने क्रमलाई पनि मद्दत पुगेको छ । अमेरिकी अर्थतन्त्रमा आएको सुधार र भारतीय बजारमा बढेको डलरको मागका कारण डलरको मूल्यले नयाँ नयाँ रेकर्ड बनाइरहेको छ । जसले भारतलाई आफ्नो व्यापार घाटा कम गर्न भने मद्दत पुगेको छ ।
भारतले सबैभन्दा बढी पेट्रोलियम पदार्थका लागि अमेरिकी डलर खर्च गर्छ । इन्धनको खपत बढ्दै जाने तर विदेशी लगानी भित्रिने क्रम घट्न थालेपछि डलरको मूल्यमा चाप परेको छ । बढेको डलरका कारण मूल्यवृद्धि चुलिने हुँदा सरकारलाई असहज पनि भएको छ ।
विदेशी मुद्रामा लगानी बढाउन भारतले विभिन्न क्षेत्र खुला गर्दै लगेको छ । एयरलाइन्स, दूरसञ्चारलगायतका क्षेत्रमा वैदेशिक लगानीको दायरा फराकिलो बनाइए पनि सोचेअनुरूप हुन सकेको छैन । आन्तरिक वायु सेवा कम्पनीको खस्कँदो अवस्था र दूरसञ्चार सेवामा पनि तीव्र प्रतिस्पर्धाका कारण लगानी भित्रिन नसकेको हो । सरकारले चुनावलाई लक्षित गर्दै आर्थिक वृद्धिदर बढाउने प्रयास गरिरहेको छ । भारतीय रिजर्व बैंकले चालू वर्षमा मूल्यवृद्धिलाई ५ प्रतिशतमा सीमित राख्ने लक्ष्य लिएको छ ।
|
|
अस्ट्रेलियाकी हर्डल्स खेलाडी मिचेल जेनेकी विश्व एथलेटिक्स च्याम्पियनसिपको पूर्वसन्ध्यामा चर्चाको शिखरमा छिन्। गत वर्ष लन्डन ओलम्पिकमा रजत पदक जितेकी २० वर्षीया कामुक सुन्दरी खेल क्षमताले चर्चामा आएकी होइनन्। उनको 'सेक्सी' वार्मअपले धेरैको ध्यान तानेको छ।
खेलअघिको कामुक वार्मअपबाट चर्चा पाउने उनी एक्ली खेलाडी होइनन्। अमेरिकी सर्फर एस्ले एनास्तासियाले खेलअघि गरेको कामुक नृत्यको भिडियो सार्वजनिक भएपछि विश्वभरका सञ्चार माध्यमको ध्यान तानेकी थिइन्।
गत वर्ष बार्सिलोनामा सम्पन्न विश्व जुनियर च्याम्पियनसिपमा जेनेकी सञ्चारमाध्यममा खुबै छाइन्। खेलअघि उनले नृत्यको शैलीमा वार्मअप गर्दा नितम्ब हल्लाएको दृश्य यु–ट्युबमा भाइरलसरी फैलिएको थियो। उनको वार्मअप यु ट्युबमा एक सातामा १ करोड ३० लाखले हेरेका थिए। आस्कमेन डटकमले २०१३ मा विश्वभरका सर्वाधिक चाहिएकी महिलाको सूची निकाल्दा उनी १०औं स्थानमा थिइन्। यही वर्ष उनी स्पोर्टस इलुस्ट्रेटेडको स्विमसुट अंकमा पनि छाइन्।
आफ्नो वार्मअपले विश्वव्यापी रूपमा कामुक नृत्यको दर्जा पाएकोमा आश्चर्यचकित भए पनि उनलाई आपत्ति भने छैन। 'त्यसलाई लिएर साथीहरूले मलाई गिज्याउँथे,' जेनेकीले भनिन्, 'मेरो सामान्य वार्मअपले यति ठूलो चर्चा पाउला भन्ने मैले सोचेकी थिइनँ।'
एस्ले कामुक नृत्यका कारण चर्चित अर्की खेलाडी हुन्। वार्मअपकै क्रममा नृत्य गरिरहेझै देखिने उनको भिडियो फुटेजलाई पनि यु ट्युबमा भाइरलझै फैलिन समय लागेन। क्यालिफोर्नियाको समुद्री किनारमा अडियो हेडसेट लगाएर आफू मात्र सुन्न सक्ने संगीतमा खेलअघि उनले गरेको वार्मअपको कामुकताबारे त्यहाँको एक पत्रिकाले गत वर्ष अगस्टमा लेखेको थियो, 'उनले वार्मअप गरेको हो कि नृत्य त्यो उनैले बुझून। तर, त्यो युवालाई कामुकताको आँधीबेहरी ल्याउन काफी छ।'
![]() |
२७ साउन, काठमाण्डौ । इराकमा भएको श्रृखलावद्ध कार बम विस्फोट तथा गोलाबारीमा परि कम्तिमा ६० जनाको मृत्यु भएको छ । घटनामा १ सय ७० भन्दा बढी घाईते भएका छन् ।
रमाजान मिहना सकिएको खुसियालीमा इद उल फित्र पर्व मनाईरहेका सर्वसाधारणहरुलाई लक्षित गरि आक्रमण भएको हो । राजधानी वग्दादमको सिया र सुन्नी समुदाय बाहुल्य रहेका इलाकामा ११ वटा बम विस्फोट भएका छन् । क्याफे, बजार तथा रेष्टुरेन्टलाई लक्षित गरी आक्रमण भएको बीबीसीले जनाएको छ ।
बग्दाददेखि उत्तरमा रहेको तुज खुरमातोमा भएको बम विस्फोटमा परि कम्तिमा १० जनाको मृत्यु भएको छ । इराकमा रमजान महिना भर भएका घटनामा परी ६ सय ७० भन्दा बढी सर्वसाधारणको मृत्यु भएको जनाइएको छ । यस वर्ष भएका घटनामा परि अहिले सम्म ४ हजारको मृत्यु भई सकेको छ भने ९ हजार ८ सय ६५ भन्दा बढी घाईते भएका छन् ।

लण्डन — लेडी गागाको सांगीतिक करिअर सिँडी चढे जसरी उभो लाग्दो छ। फोर्ब्स म्यागेजिनको अनुसन्धानमा उनी ३० मुनिका सेलिब्रेटीमध्ये सबैभन्दा धनीको सूचिमा पनि छिन्। तर उनको जीवन त्यस्तो उल्लासमय छैन। हालै प्रकाशित पुस्तक 'रिविंग्टन वाज आवर्स: लेडी गागा, द लोअर इस्ट साइड एण्ड द प्राइम अफ आवर लाइभ' ले लेडी गागासँग जोडिएका थुप्रै रहस्यहरुलाई सतहमा ल्याइदिएको छ। पुस्तकले गागाका केही खराब बानीहरुको समेत उजागर गर्दिएको छ।
पुस्तककाअनुसार गागा आफ्नो बेचैनीबाट भाग्न कानुनले निषेध गरेका नसालु औषधि सेवन गर्छिन्। वेवसाइट फिमेलफर्स्टले गागाको नजिक रहने साथी ब्रेडन जे सुलीवनको उदृत गर्दै अबैध लागुपदार्थको प्रयोग गर्ने गरेको खुलासा गरेको हो।
गागाले आफ्नो इस्ट अपार्टपेन्टमा लागू पदार्थको सेवन गर्ने गरेको पुस्तकमा उल्लेख छ। यस भन्दा पहिला गायिका तथा टिभी हस्ती केली आस्बार्नले लेडी गागालाई ढोंगीको उपमा दिंदै उनका प्रशंसक बदमाश र सैतान भएको उल्लेख गरेकी थिइन्। आस्बार्नले गागा अत्यान्त बनावटी स्वभाविकी भएको थाहा पाएपछि उनलाई मनपराउन छोडेको बताएकी छन्।
![]() |
विश्वचर्चित गायिका रिहान्ना एक कन्सर्टका क्रममा केही प्रशंसकसँग क्रुद्ध भइन्। निर्धारित समयभन्दा १ घण्टा ढिलो स्टेजमा उक्लिएपछि प्रशंसकहरूले रिहान्नालाई गिफ्ट भन्दै स्टेजमा केही कुरा फ्याँकेका थिए। त्यसपछि रिहान्नाले भनिन्, 'यहाँ केही राम्रा तथा केही नराम्रा मानिस छन् तर जसले यो फ्याँकेको हो, म उसको गिफ्ट सुरक्षित राख्छु तर म उसलाई बाहिर निकाल्न लगाउँदिनँ।' रिहान्नाले आक्रोशित भएपछि केही अश्लील शब्द पनि प्रयोग गरेकी थिइन्, जसको भिडियो विभिन्न सञ्चारमाध्यहरूले विप प्रयोग गरेर प्रस्तुत गरेका छन्। रिहान्नाले डाइमण्ड टुरका क्रममा यस्तो स्थिति भोग्नुपरेको हो।
![]() |
कराँची, श्रावण २३ - पाकिस्तानको कराँचीमा बुधबार बिहान बम विष्फोट हुँदा ११ जना बालबालिकाको मृत्यु भएको छ भने थप २४ जना घाइते भएका छन् । उक्त बम बजार क्षेत्रमा बिष्फोट भएको थियो ।
आइएएनएसका अनुसार प्रहरीका अनुसार उक्त विष्फोटक पदार्थ मोटरसाइकलमा बाँधिएको थियो । सहरको ल्यारी क्षेत्रमा फुटबल खेल सकिएको केही समयमा नै उक्त विष्फो६न भएको त्यस क्षेत्रका प्रान्तीय विद्यायक शानिया नजले बताए ।
स्थानीय मिडियाका अनुसार बालबालिकाको स्थानीय दुई टीम बीच भएको फुटवल खेल सकिएर बाहिर निस्कँदै गरेको बेला उक्त बिष्फोटन गराइएको हो । मारिनेहरु धेरै जसो १२ देखि १४ बर्ष उमेर समुहको रहेको बताइएको छ ।
|
|
मुम्बई– प्रहरीले भारतका टेक्सटाइल टाइकुन अभिषेक पोद्दारकी पत्नी विहारी पोद्दारलाई हिरा तस्करीको आरोपमा पक्राउ गरेको छ। विहारी भारतको विख्यात सियाराम सिल्क मिल्स घरानाकी बुहारी हुन्। प्रहरीले मुम्बईस्थित छत्रपति शिवाजी अन्तर्राष्ट्रिय विमानस्थलमा विहारीको साथबाट तीन करोड ७६ लाख रुपैयाँ बराबरका हिराजडित सुनका गहना बरामद गरेको थियो। विहारीले सिंगापुरबाट हिराजडित करोडौंका गहना आफूले लगाएको प्यान्टीमा लुकाएर ल्याएकी थिइन्। अदालतले विहारीलाई १४ दिने प्रहरी हिरासतमा पठाएको छ।
विहारी सिंगापुरस्थित विहारी ज्वेलरीकी निर्देशक हुन्। उनी मंगलबार सिंगापुरबाट मुम्बई फर्केकी थिइन्। डाइरेक्टरेट अफ रेभेन्यु इन्टेलिजेन्स(डिआरआई) का वरिष्ठ अधिकारीले अन्डरवेयरमा हिराजडित करौडौंका गहना लुकाएर उनी विमानस्थलको ग्रीन च्यानलबाट बाहिरीन लागेकी थिइन्। उनले गहनाबारे कुनै पूर्वसूचना डिआरआईलाई नदिएको अधिकारीले जनाए। उनलाई एयर इन्टेलिजेन्स युनिट(एआईयू)को सहायतामा पक्राउ गरिएको थियो।
प्रहरीको सोधपुछमा विहारीले आफ्नो अपराध स्वीकार गरेको सञ्चारमाध्यमले जनाएका छन्। विहारीले एक महिनायता अन्डरवेयरमा लुकाएर आफूले करिब १० पल्ट बहुमूल्य गहना ओसारेको बताइन्। सन् २०११ मे ४ मा विहारी र अभिषेक पोद्दारको बिहे भएको थियो। यसअघि सन् २००९ मा भारतको प्रसिद्ध कपडा उद्योगी मफतलाल घरानाकी शीतल मफतलाल पनि गहना तस्करीको अभियोगमा पक्राउ परेकी थिइन्।
![]() |
क्याजुअल सेक्स म्याचमेकिङ एप' अर्थात यौन सम्बन्ध राख्नको लागि साथी खोज्ने दावी गरिएको एप 'बेग विद फ्रेंड्स' कानुनी फन्दामा परेको छ। यो एपले गेम निर्माता कम्पनी जिंगाको नाम चोरेको आरोप लागेको छ। गेम स्टुडियो कम्पनी जिंगाको दुई गेमको नाम वर्ल्ड विद फेण्डस र चेस विद फेण्डस हो। उसको बेंग विद फेण्डस नामले ट्रेडमार्क उल्लंघन गरेको आरोपमा सन फ्रान्सिसकोको एक अदालतमा मुद्दा दायर भएको हो।
ब्लूमबर्गको रिर्पोटका अनुसार जिंगा बेंग विद फेण्डसले जिंगाको गेम ट्रेडमार्कको पूरै ध्यान दिएर आफ्नो क्याजुअल सेक्स म्याचमेकिङ एपको लागि बेंग विद फेण्डस् नाम चुनेको आरोप लगाएको छ।
फर्मका उप प्रधान सल्लाहकार रेनी लसनले जिंगाले आफ्नो बहुमूल्य ब्राण्ड विद फेण्डसको खुलेआम उल्लङघन रोक्नको लागि मुद्दा दायर गरेको बताएका छन्। बेंग विद फ्रेण्डसले उससँग एक करोड भन्दा बढी प्रयोकर्ता रहेको बताएको छ।
यता बेंग विद फेण्डसले भने मिडियामा आएको खबरहरुले मात्र जिंगाले विद फेण्डसलाई लिएर ट्रेडमार्क उल्लङघनको दावी गरेको थाहा भएको बताएको छ। बेंग विद फेण्डस ऐप एप्पल ऐप स्टोरमा प्रवेश गरेको एक हप्तामा नै हटेको छ। तर गूगलबाट एन्ड्रोइड फोनमा भने चलाउन सकिन्छ। बेंग विद फेण्डस्का मुख्य कार्यकारी अधिकृत कोलिन ह्युजले एक साक्षात्कारमा बताए अनुसार एप्पलले आपत्तिजनक सामाग्री भन्दै यो एपलाई हटाएको थियो।

१८ साउन, काठमाण्डौं । एक रुसी राजनीतिज्ञले कामकाजी महिलालाई रजस्वलाको क्रममा तलबसहित दुई दिन बिदा दिनुपर्ने माग गरेका छन् । गृहिणी होस् वा अन्य काममा लागेका महिला हरेक महिना हुने यो व्यथाबाट पीडित हुन्छन् । तर, यतापट्ट िकमैको ध्यान जान्छ ।
राष्ट्रिय एलडीपीआर पार्टीका सदस्य ३२ वर्षे मिखाइल देगत्रारयोवले यतातिर ध्यान आकषिर्त गराएका हुन् । उनले निजी वेवसाइटमा समेत कार्यस्थलमा महिलाको सुरक्षा वृद्धिका लागि एक योजनासमेत तयार गरेको बताएका छन् । उनी विवाहित र दुई सन्तानका पिता हुन् । अधिकांश महिलालाई यो अवधिमा शारीरिक एवं मनोवैज्ञानिक समस्या हुन्छ ।
उनी मस्कोमा ८ सेप्टेम्बरमा हुने निर्वाचनमा उममेदवार पनि छन् । यतिबेला महिलालाई निकै थकान हुने गरेको उनले बताए ।
उनका अनुसार यो अवस्थामा स्मरणशक्ति कमजोर हुनुका साथै कार्यक्षमतामा पनि नकारात्मक प्रभाव पार्छ । उनको मागलाई अर्थहीन तर्क भन्दै मानव अधिकारवादीले अस्वीकार गरेको कान्तिपुर दैनिकमा खबर छ ।
मानव अधिकार समूहमा आवद्ध अन्ना सोवकोले यो मुद्दामा बहस गर्नु व्यर्थ भएको बताइन् ।
![]() |
क्यान्सरसँग एक दशक लड्दालड्दै बितिन् मेरी आमा, छपन्न वर्षको उमेरमा। नातिनातिनाका मुख हेर्ने र तिनलाई काखमा खेलाउने ठूलो धोको थियो उनको। मेरा पछिल्ला सन्तानले उनलाई देख्न पाएनन्। उनी कति मायालु र दयालु थिइन्, उनीहरूले अनुभव गर्न पाएनन्।
घरमा हामी 'ममीकी ममी' बारे कुरा गर्छौं। र, म आफ्ना केटाकेटीलाई उनीहरूको हजुरआमालाई टिपेर लैजाने रोगको बेलीविस्तार लगाइरहेकी हुन्छु। उनीहरू आत्तिने गरेका छन्, 'कतै तपाईंलाई पनि त्यस्तै रोग लाग्यो भने?' भन्नलाई म उनीहरूलाई 'चिन्ता नगर, मलाई त्यस्तो केही हुँदैन' भन्छु। तर, सत्य के हो भने मैले 'बिआरसिए वन्' नामक दोषपूर्ण जिन बोकेकी छु। यसले स्तन र पाठेघरको क्यान्सर हुने जोखिमलाई अत्यधिक बढाउँछ।
डाक्टरहरूले मलाई स्तन क्यान्सर हुने जोखिम ८७ प्रतिशत र पाठेघरको क्यान्सर हुने जोखिम ५० प्रतिशत भएको आँकलन गरेका थिए। यद्यपि, हरेक महिलामा जोखिमको मात्रा फरक–फरक हुन्छ।
वंशाणुगत जिन परिवर्तनका कारण हुने स्तन क्यान्सरको संख्या सानो छ। बिआरसिए वन जिन भएकालाई औसतमा यो क्यान्सर हुने जोखिम ६५ प्रतिशत हुन्छ।
आफ्नो वास्तविकता थाहा पाएपछि मैले समय छँदै सतर्क हुने र सकेजति जोखिम घटाउने निर्णय गरे। मैले सुरक्षात्मक दोहोरो म्यास्टेक्टोमी गर्ने निधो गरेँ। र, मैले स्तनबाट उपचार सुरु गरेँ किनभने मलाई पाठेघरको भन्दा स्तन क्यान्सरको जोखिम उच्च थियो। र, यसको शल्यक्रिया बढी जटिल थियो।
अप्रिल २७ मा म्यास्टेक्टोमीसम्बन्धी तीनमहिने मेडिकल प्रक्रिया पूरा गरेँ। त्यस बेलासम्म मैले यसलाई गोप्य राखेकी थिएँ। अहिले म यसबारे लेखिरहेको छु, मेरो अनुभवले अरू महिलालाई फाइदा पुर्याउनेछ भन्ने आशामा। क्यान्सर अहिले पनि मान्छेको मुटु हल्लाउने भयानक शब्द हो। यसले मान्छेलाई निरीहताको गहिरो बोध गराउँछ। तर, अचेल रगत परीक्षणबाट तपाईं स्तन र पाठेघरको क्यान्सरको उच्च जोखिममा हुनुहुन्छ कि हुनुहुँदैन भने पत्ता लगाउन सम्भव भएको छ। र, तपाईं त्यही अनुसार उपचार गराउन सक्नुहुन्छ।
मेरो उपचार प्रक्रिया फेबु्रअरी २ मा सुरु भएको थियो। यसलाई 'निप्पल डिले' भन्छन्। यसले स्तनको मुन्टापछाडिका धमनीहरूमा रोग लाग्न दिँदैन र त्यहाँ अतिरिक्त रक्त बहाव सिर्जना गर्छ। यस प्रक्रियामा अलि–अलि पीडा हुन्छ र थुप्रै नीलडाम देखिन्छन्। तर, यसले 'निप्पल' जोगिने सम्भावना बढाउँछ।
त्यसको दुई हप्तापछि मुख्य शल्यक्रिया भयो। स्तनका तन्तुहरू हटाइए र तिनका ठाउँमा अस्थायी 'फिलर' राखिए। शल्यक्रिया आठ घण्टासम्म चल्न सक्छ। तपाईं जब ब्युँझनुहुन्छ, स्तनभित्र 'ड्रेन ट्युब' र 'एक्स्प्यान्डर'हरू भरिएको पाउनुहुनेछ। यो दृश्य 'साइन्स फिक्सन फिल्म' को जस्तो लाग्नेछ। तर, केही दिनपछि तपाईं सामान्य जीवनमा फर्कनुहुनेछ।
नौ हप्तापछि स्तन पुनःसंरचनाको अन्तिम शल्यक्रिया हुन्छ। स्तन प्रत्यारोपण हुन्छ। अघिल्ला केही वर्षमा यस प्रक्रियामा धेरै विकास भइसकेको छ र तिनका परिणाम सुन्दर हुन सक्छन्।
म्यास्टेक्टोमीको निर्णय गर्नु मेरा निम्ति सजिलो थिएन। तर, यो गरेपछि म खुसी छु। मलाई स्तन क्यान्सर हुने सम्भावना ८७ बाट झरेर पाँच प्रतिशतमा पुगेको छ। अब म आफ्ना सन्तानलाई भन्नसक्छु कि स्तन क्यान्सरका कारण उनीहरूले आफ्नी आमालाई गुमाउनु पर्नेछैन।
उनीहरूले मलाई देखेर असहज हुनुपर्दैन। सानातिना दागबाहेक मेरो शरीरमा अरू केही छैन। उनीहरूकी ममी पहिलेजस्ती थिई, अहिले पनि उस्तै छ। उनीहरू जान्दछन् कि म उनीहरूलाई माया गर्छु र उनीहरूसँग जिउन जे पनि गर्न तयार छु। व्यक्तिगत तवरमा पनि मैले आफूलाई पूर्ण नारी नै पाएकी छु। खासमा म झन् शक्तिशाली भएको छु। मैले बलियो विकल्प रोजेँ। र, यसले मेरो नारीत्वमा अलिकति पनि ह्रास पुर्याएको छैन।
ब्राड पिटजस्ता मायालु र सहयोगी जीवनसाथी पाउनु मेरो सौभाग्य हो। तपाईंकी पत्नी या प्रेमिका यो प्रक्रियाबाट गुजि्ररहेकी छिन् भने तपाईं यस अवस्थाको अहम् हिस्सा हुनुहुन्छ। ब्राड मैले उपचार गरेको पिंक लोटस ब्रेस्ट सेन्टरमा मसँग थिए। हरेक शल्यक्रियाको एक–एक मिनेटमा उनी मेरो साथमा थिए। हामी हँसीमजाक गर्न केही पल निकाल्थ्यौँ। हामीलाई थाहा थियो– हामीले सही निर्णय गरेका थियौँ र यसले हामीलाई झन् नजिक ल्याउनेछ। र, ल्यायो।
आशा छ– मेरो यो लेख पढ्ने महिलाले आफूसँग विकल्प भएको थाहा पाउनेछन्। स्तन या पाठेघरको क्यान्सरको पारिवारिक इतिहास भएका हरेक महिलालाई म यससम्बन्धी जानकारी र विज्ञ चिकित्सकहरू खोज्न प्रोत्साहन गर्न चाहन्छु। आफूलाई जानकारी भएको विकल्प खोज्नुहोस्।
विश्व स्वास्थ्य संगठनका अनुसार हरेक वर्ष स्तन क्यान्सरले ४ लाख ५८ हजार मानिसलाई मृत्युको मुखमा पुर्याउँछ। यसबाट ज्यान गुमाउनेहरू मुख्यतः गरिब देशका महिला छन्। जहाँका नागरिक भए पनि, जेजस्ता पृष्ठभूमिका भए पनि, जिन जाँच र सुरक्षात्मक उपचार उनीहरूको पहुँचमा हुनुपर्छ। बिआरसिए वन र बिआरसिए टूको परीक्षणमा लाग्ने तीन हजार अमेरिकी डलर धेरै महिलाका लागि अवरोध बनेको छ।
मैले आफ्नो कथालाई निजी मामलामा सीमित राख्न चाहिनँ किनभने संसारमा धेरै महिला छन्, जो आफू क्यान्सरको छायामा बाँचिरहेको हुनसक्नेबारे बेखबर छन्। म आशा गर्छु– उनीहरू पनि जिन परीक्षण गर्न समर्थ हुनेछन् र उच्च जोखिम भएकाले आफूसँग बलिया विकल्प भएको बुझ्नेछन्।
जीवनमा असंख्य चुनौती छन्। सामना र नियन्त्रण गर्न सकिने चुनौतीहरूसँग डराउनुहुँदैन।
![]() |
खगोलविद्हरुले सूर्यको उत्तरी भागमा विशाल भ्वाङ रहेको तथ्य पत्ता लगाएका छन् । अत्याधुनिक स्पेस टेलिस्कोपद्वारा खिचिएको सूर्यको उच्च रिजोलुसनयुक्त तस्वीरमा सूर्यको उत्तरी ध्रुवमा विशाल भ्वाङ रहेको देखिएको हो ।
यस्तो कालो तथा अँध्यारो भ्वाङले सूर्यको झण्डै एक चौथाइ भाग ओगटेको छ । जुन सूर्यको सबैभन्दा बाहिरी सतहको कम घनत्वयुक्त कालो क्षेत्रको रुपमा रहेको छ ।
युरोपेली स्पेस एजेन्सी र अमेरिकी अन्तरीक्ष संस्था नासाको सौर्य अवलोकन यानबाट गएको १३ देखि १८ जुलाइको बीचमा खिचिएका तस्वीरबाट सूर्यको उत्तरी क्षेत्रमा कालो भ्वाङ रहेको देखिएको हो । यो भ्वाङभएको क्षेत्रबाट लगातार उच्च गतियुक्त सौर्य हुरी तथा अन्य पदार्थहरु अन्तरीक्षमा आइरहेको पाइएको छ । यसरी सूर्यबाट हुत्तिने ती पदार्थहरुको गति ५ सय माइल प्रति सेकेण्ड रहेको छ ।
उक्त क्षेत्रमा प्रकाश उत्पादन हुने अन्य कुनै सौर्य गतिविधि नभएका, सूर्यको अन्य भागमा भन्दा तापक्रम कम रहेको तथा अँध्यारो रहेको खगोलविद्हरुको भनाइ छ । सूर्यमा यस्ता खालका काला भ्वाङहरु देखिने कुरा नौलो नभएपनि पछिल्लोपटक देखिएको भ्वाङ निकै ठूलो रहेको खगोलविद्हरुको भनाइ छ ।
|
|
- गणेश पाण्डे
नेपालमा रोजगारीका लागि विदेशिनेको संख्या बढ्दो छ । दैनिक १६ सय क्षमतावान युवा हात पाखुरा बजार्न विदेश भासिन्छन् । खाडी र मलेसियामा मात्र वैध-अवैध रुपमा झण्डै २५ लाख नेपाली छन् । नेपालबाट विदेशिने युवाको तथ्याङ्क र रेमिट्यान्सबाट धानिएको अर्थतन्त्रबारे त खुबै चर्चा हुन्छ । तर, काम खोज्दै विदेश पुगेका औसत दुईजना नेपालीले दैनिक प्राण त्याग्ने गरेको विषय गम्भीर मुद्दा बन्न सकिरहेको छैन ।
आम सर्वसाधारणको बुझाइ छ, विदेशमा सजिलै पैसा कमाइन्छ । तर, पैसाको सट्टा शव नै बुझन पर्यो भने परिवारजनको अवस्था कस्तो होला ? आफ्नो प्यारो गाउँ, परिवार र देशलाई विदा गर्दै खाडी राष्ट्र र मलेसियालाई कर्मथलो बनाएका झण्डै साठी युवाले हरेक महिना प्राणपखेरु गुुमाउँछन् । विदेशिने कामदारको संख्या जति बढ्दैछ, ज्यान गुमाउनेको संख्या पनि नै उत्तिकै बढ्दो छ ।
हरेक दिनजसो दुईजना नेपाली युवाको लास आइपुग्छ, अन्तर्राष्ट्रिय विमानस्थलमा । त्यसमा पनि मृत्यु के कारणले भयो, अस्पतालमा उपचारको प्रयास भयो कि भएन, अन्तिममा उनले के भनेका थिए, परिवारलाई केही थाहा हुँदैंन । रोजगारदाता कम्पनीले केही भन्दैनन्, बाकसमा आएको लाश बोल्दैन ।
खाडी मुलुकमा नेपालीले पाउने काम हो, कठिन, कडा र फोहोरी । जुन कामले धेरै नेपालीको ज्यान लिन्छ । धेरैले प्राण त्याग्छन्, धेरै लुटिन्छन् पनि । थोरैले मात्र पैसा कमाउँछन्, त्यो पनि नगन्य ।
हुन त आफ्नै लापर्बाहीबाट पनि कतिपय नेपालीको ज्यान गएको छ । प्रचण्ड गर्मी, मानसिक तनाव, घर परिवारसँगको विछोड अनि कामको बोझबाट मुक्ति पाउन कतिपय युवा मादक पदार्थको कुलतमा फस्छन् । जुन कुलत उनीहरूको मृत्युको कारण बनिदिन्छ । यतिसम्म कि शौचालय सफा गर्ने एसीड पिएर ज्यान गुुमाएका उदाहरण पनि छन् । हृदयाघात पनि नेपाली कामदारको मृत्युको महत्वपूर्ण कारण हो ।
विदेशमा वाषिर्क कति नेपाली कामदारको मृत्यु हुन्छ ? सरकारसंग यकिन तथ्याङ्क छैन । न परराष्ट्रसँग छ, न श्रम मन्त्रालयसँग । न त श्रम विभागसँग नै । जति मर्छन्, सबैको शव नेपाल आउँदैन ।
इराक र अगगानिस्तानबाट स्वदेशमा शव ल्याउन मात्र १० हजार डलर अर्थात करिब ६ लाख ५० हजार लाग्छ । मासिक दश हजार रुपैंयामा काम गर्न गएका नेपालीका परिवारले १० हजार डलर तिरेर शव कसरी ल्याउने ?
दोष म्यानपावर कम्पनीको पनि छ । गरिब जनतालाई शोषेर काठमाडौंमा महल ठड्याउने कतिपय म्यानपावर कम्पनीका मालिक पनि मृतकका परिवारलाई सहयोग गर्दैनन् । बरू, आफ्नो जिम्मेवारीबाट सहजै पन्छिने गर्छन् । आफैले पठाएका कामदार जिउंदै छन कि मरिसके धेरै म्यानपावर कम्पनीलाई मतलब हुँदैन । मात्र मान्छे विदेश पठाउँछन्, अनि कमिसनको खेती गर्छन, बस्छन् ।
घरपरिवार पाल्न लाउँलाउँ र खाउँखाउँ भन्ने बेला विदेश भासिएका कामदार विदेशमा मरेका मर्यै गर्दा राज्य कानमा तेल हालेर बस्नु दुखद हो । आफ्नो जनताको रक्षा गर्ने जिम्मा सरकारको हो । समस्यामा परेका जनतालाई सहयोग गर्न खोलिएका विदेशका नेपाली दुतावास आफै समस्यामा छन् । क्षतिपूर्ति पाउनु त टाढाको कुरा भयो, खाडी राष्ट्रबाट शव ल्याउन नै महिनौं लाग्छ । साउदीबाट शव ल्याउन सबैभन्दा गाह्रो छ । कतार र मलेसियाको समस्या पनि उस्तै छ । अझ कतिपय राजदूतले त बदमासी पनि गर्ने गरेका छन् । कामदारले पाएको क्षतिपूर्ति आफ्नै खातामा राखेको अभियोगमा साउदी अरबका राजदूत त यसअघि नै कारबाहीमा परेका छन् । खोतल्ने हो भने अन्य राजदूत पनि चोखो छैनन् ।
हुन त मृत्युदर बढेपछि सरकारले वैदेशिक रोजगार सम्बन्धी ऐन २०४२ लाई परिमार्जन गरी २०६४ सालमा नयाँ ऐन ल्यायो । नयाँ श्रम ऐन अनुसार, विदेशमा नेपाली कामदारको मृत्यु भए पाँचलाख बराबरको बिमा र शव ल्याउनका लागि पचास हजार रुपैयाँ उपलब्ध गराउनुपर्ने नियम छ । तर, समस्या ज्यूँका त्यूँ छ । म्यानपावर कम्पनीका संचालकहरूले श्रम विभागका कर्मचारीसँग साँठगाँठ गर्दै अहिले पनि सोझा जनताको आँखामा छारो हालिरहेका छन् । अवैधरुपमा कामदार पठाउने क्रम रोकिनु त परै जाओस्, नक्कली जीवन बिमा गराउनेलाई पनि कारबाही हुन सकेको छैन ।
श्रमसम्बन्धी नीति बनाउने काम श्रम मन्त्रालय हो । विदेशिएका कामदारको अनुगमन गर्ने दायित्व पनि उसैको हो । तर, श्रम मन्त्रालयका कर्मचारीहरू अवैध धन्दा फस्टाउनुमा जनतालाई नै दोष दिने गर्छन् ।
देशको मूल अर्थतन्त्र धान्नुमा नेपाली कामदारको ठूलो हात छ । वैदेशिक रोजगारमा गएका कामदारले पठाएको रेमिट्यान्सकै भरमा अर्थतन्त्र अडेको छ । रेमिट्यान्सकै कारण दशबर्षे लामो हिसांत्मक द्वन्द्वले पनि मुलुकको अर्थतन्त्र तहस-नहस भएन । विदेश जाने कामदारको संख्या दुई गुणा बढ्दै छ त रेमिटयान्स चौगुणा । विश्व बैकले सन २००७ मा गरेको अध्ययनमा सन २००७ मा एक अर्ब ५० करोड अमेरिकी डलर अर्थात एक खर्ब रुपैंया रेमिट्यान्स बापत भित्रिएको उल्लेख छ । विदेशी मुद्राको हिसाब गर्ने सरकारले आफ्ना युवाको सुरक्षाको चिन्ता किन गर्दैन, प्रश्न उठाउनैपर्ने भएको छ । सोझासोझा जनतालाई विदेशमा बली चढाएकै भरमा नेपालको अर्थतन्त्र कहिलेसम्म धानिएला ?

१४ असार, काठमाडौं । वार्यन म्युनिख चेल्सीका डिफेण्डर डेभिड लुइसका लागि ४ करोड पाउण्डको प्रस्ताव गर्न तयार भएको छ । बार्सिलोनाको प्रशिक्षक हुँदा नै पेप ग्वार्डिआलोले लुइसलाई भित्र्याउने इच्छा देखाएका थिए ।
ग्वार्डिआलो यो सिजनबाट युरोपियन च्याम्पियन वार्यन म्युनिखको प्रशिक्षक छन् । स्पेनिस क्याटलन बार्सिलोनाले पनि २६ बर्षीय ब्राजिलियन लुइसलाई भित्र्याउने इच्छा देखाएको छ । लुइस २०११ जनवरीमा वेन्फिकाबाट चेल्सी गएका हुन् ।
|
|
लिबियाको पूर्वी सहर बेनघाजीमा शनिबार अल-कुइफिया कारागारबाट करिब एकहजार २ सय कैदी भागेका छन् । स्थानीय समयअनुसार शनिबार बिहान अज्ञात बन्दुकारीले जेल भवनमा आक्रमण गरेको सुरक्षास्रोतले जनाएको छ ।
जेलमा विभिन्न अपराध सम्बन्धी सजाया भोगिरहेका व्यक्ति र पूर्व शासक मोअमर गद्दाफीका समर्थकहरू भएको अधिकारीहरुले बताएका छन् । जेलबाट भागेका केहीलाई पुनः पक्राउ गरेको बताइएको छ । पुनः पक्राउ गर्ने क्रममा ती कैदीहरूलाई गोली प्रहार नगर्न सरकारले प्रहरीलाई आदेश दिएको छ ।
कैदीहरूमा केही विदेशी नागरिकसमेत रहेका छन् । कारागारका गार्डसँगको झडपका क्रममा तीन कैदी घाइते भएका छन् । लिबियाली प्रधानमन्त्री अली जेइदानले एक स्थानीय टेलिभिजनमा दिनुभएको अन्तर्वाताको क्रममा कारागारबाट भाग्ने यी कैदीहरु सीमापार गरी भाग्ने सम्भावना रहेको हुनाले सीमा क्षेत्र बन्द गर्न समेत आदेश दिइएको बताइएको छ । कारागारबाट भाग्ने कैदीहरुमा केही खतरनाक कैदी समेत रहेको पनि समाचारमा जनाइएको छ । रासस/सिन्हृवा
|
|
भर्जिनिया–पाकिस्तानमा अमेरिकी सेनाको कारबाहीमा मारिएका अलकायदाका मुख्य नेता ओसामा बिन लादेनले बोक्ने गरेको हतियार सिआइएको संग्राहलयमा पुगेको छ। लादेन मारिएपछि बरामद भएको उनको एके ४७ राइफल अमेरिकी केन्द्रिय जासुसी संस्था सीआईएको अत्याधुनिक तर गोप्य संग्राहलयमा पुर्याइएको हो।
भर्जिनियाको लैगलीमा रहेको सीआइए मुख्यालयको संग्रहलयमा यो राइफलको लगिएको हो। संग्रहलयमा दोस्रो विश्वयुद्धदेखि अमेरिकाले भन्दै आएको 'आतंकवाद विरुद्धको युद्ध'सम्म आइपुग्दाका ७० वर्षसम्मका सामाग्रीहरु रहेका छन्। संग्रहलय आम जनताको लागि बन्द छ। संग्रहलयमा कर्मचारीहरु र आमन्त्रित विशेष ब्यक्तिहरुले मात्र प्रवेश पाउने गर्छन्। ओसामा बिन लादेनको रुसमा बनेको एके ४७ राइफल सामान्य पित्तलको फ्रेम भित्र अफगानस्तानमा भेटिएको अल–कायदा प्रशिक्षण पुस्तिकाका साथमा राखिएको छ।
पाकिस्तानको ऐबटाबादमा यो राइफल बरामद भएको संग्रहालय प्रमुख टोनी हिलेले बताए। तर संग्राहलयसम्म राइफल कसरी आइपुग्यो भन्ने कुरा संग्रहलय प्रमुखले बताउन चाहेनन्। सीआईएले यसप्रति कुनै टिप्पणी गरेको छैन। हतियार कसरी प्राप्त भयो र यसमा गोली थियो वा थिएन यसबारे उनले कुनै प्रतिक्रिया दिएको छैन।

क्वालालम्पुर । मलेसियामा एक नेपालीको समुन्द्रमा पौडि खेल्न जादा ज्यान गएको छ । नुवाकोट तानसिङ -१ घर भई पेनाङमा रहेको एक मासु पसलमा कार्यरत अन्दाजी २४ वर्षका इन्द्र वहादुर तामाङको ज्यान गएको हो ।
गएको सोमवार साझँको समयमा पेनाङको दान्जुङतोकोन भन्ने स्थानमा समुद्रमा पाँच जना नुहाउन गएको समयमा एक्कासि समुद्रमा आएको छालमा परि तामाङको ज्यान गएको हो ।
सवैको सहयोगमा उनको शवलाई त्यसस्थानवाट वाहिर निकालिएको थियो । तीन वर्ष सम्म वैधानिक रहेका उनी गएको एक वर्षदेखि अवैधानिक रहेर काम गरिरहेका थिए । उनको शवलाई नेपाल पठाउने तयारी भइहेको बताइएको छ ।
|
|
१३ साउन, काठमाण्डौं । साउदी सरकारले आममाफीको अवधि नोभेम्बर ४ सम्म लम्ब्याएपछि स्वदेश र्फकन लागेका आप्रवासी नेपालीले ‘एक्जिट भिसा’ पाउन घूस खुवाउनुपरेको गुनासो गरेका छन् ।
घूस नखुवाए साउदी प्रहरी-प्रशासनले अनेक बहाना बनाएर हप्तौ अल्झाइदिने गरेको पीडितले बताएका छन् । ‘मैले मे २३ मै नेपाली दूतावासबाट आउटपास लिएको थिएँ तर, जुलाई २३ मा मात्र स्वदेश र्फकने एक्जिट भिसा पाएँ,’ सिरहाका शिवकुमार महतोले सुनाए, ‘ घूस नखुवाउँदा म ढिलो भएँ । मसँगैका साथीहरु एक महिनाअघि नै नेपाल पुगिसकेका छन् ।’
महतोले काम छाडेर रियाद धाउँदा र अध्यागमन कार्यालयमा कुर्दा दुई महिना बितेको बताए । ‘प्रक्रिया पूरा गर्दा र हवाईजहाजको टिकट लिँदा एकलाख रुपैयाँ ऋण लागेको छ,’ उनले सुनाए, ‘अब गाउँको घडेरी बेचेर ऋण तिर्छु । ‘
नेपाल आइसकेका गोर्खाका एक युवकले भने रियादको अध्यागमन कार्यालयमा एक बंगालीलाई १५ सय रियाल दिएपछि काम छिटो भएको सुनाएको खबर नागरिक दैनिकले छापेको छ ।

हङकङ– नेपालको पूर्वाधार विकासमा लगानीको सम्भावना खोजिरहेको चीनले काठमाडौंपछि दोस्रो ठूलो सहर पोखरा आउने तयारी गरेको छ। रणनीतिक महत्वको क्षेत्रीय अन्तर्राष्ट्रिय विमानस्थल निर्माण प्रक्रिया अगाडि बढेसँगै प्रमुख पर्यटकीय नगर पोखरामा लगानी विस्तार गरी आफ्नो प्रभाव बलियो बनाउन चीन अग्रसर देखिएको हो।
काठमाडौंस्थित चिनियाँ दूतावासको पहलमा दक्षिणपश्चिम चीनको पर्यटकीय नगर कुनमिङले हालै पोखरासँग 'सिस्टर सिटी' सम्बन्ध स्थापना गरेको छ। काठमाडौंमा राजदूत वु चुन्ताईसँग भेटवार्ता गरी कुनमिङ पुगेको पोखरेली टोली औपचारिक सम्झौता गरी आर्थिक सहयोगको आश्वासन लिएर दुई साताअघि पोखरा फर्कियो। तिब्बतसँग सीमा जोडिएको मुस्ताङलगायत हिमाली क्षेत्रको प्रवेशद्वार पोखरामा अहिले सूचना केन्द्र स्थापना गर्ने र बिस्तारै वाणिज्य दूतावास नै राख्ने तयारीमा चीन देखिएको छ।

१५ सदस्यीय गैरदलीय टोलीको नेतृत्व गरेका पोखरा उपमहानगरपालिकाका कार्यकारी अधिकृत झलकराम अधिकारीले कुनमिङ नगर प्रमुख ली वेनरङमार्फत पूर्वाधार निर्माणमा सहयोग गर्न चीन सरकारलाई आग्रह गरेका छन्। कुनमिङका अधिकारीहरूले 'पोखरा विकासको गुरुयोजना निर्माण गर्न महŒवपूर्ण सुझाव दिएको' बताउँदै अधिकारीले भने, 'पोखरा–कुनमिङ सम्बन्ध औपचारिकतामा सीमित नरहेर पोखरेलीले गर्व गर्ने स्तरमा सहयोग आदान प्रदान हुनेछ।'
कुनमिङ नगरप्रमुख लीले 'दुई नगरबीचको सम्बन्ध नाम, काम र भावना सबै हिसाबले महŒवपूर्ण हुने' बताएको कुनमिङ डेलीले उल्लेख गरेको छ। चीनबाट फर्केलगत्तै अधिकारीले कुनमिङ नगरप्रमुख लीलाई पोखरा भ्रमणको निम्तो दिएका छन्। कुनमिङबाट फर्किएको टोली सदस्य विश्वशंकर पालिखेका अनुसार नगरप्रमुख ली पोखरा आउँदा केही परियोजनासम्बन्धी सम्झौतामा हस्ताक्षर हुनेछ।
कुनमिङको युनान एकेडेमी अफ सोसल साइन्सअन्तर्गत इन्स्टिच्युट अफ साउथ एसिया स्टडिजका प्रोफेसर टु हुवाझोङका अनुसार चीनका प्रान्तीय वा नगर सरकारहरूलाई विदेशमा सहयोग परियोजना सञ्चालन गर्ने स्वतन्त्र अधिकार छैन। तर कुनमिङ र पोखराले साझेदारीमा काम गर्न सक्ने बताउँदै टुले नागरिकसँग भने, 'हाम्रो केन्द्र सरकार (बेइजिङ) ले पोखरामा लगानीका लागि केही चिनियाँ कम्पनीहरूलाई अधिकार दिनेमा म विश्वस्त छु।'
राजदूत वुसँगको भेटमा टोलीले पोखरामा सडक विस्तार, सोलार लाइट, आकाशे पुल, फोहोर व्यवस्थापनमा आर्थिक सहयोग गर्न आग्रह गरेको थियो। चीनले नै निर्माण गरिदिएको पोखरा–बागलुङ सडकअन्तर्गत नगरभित्रको जिरोकिलोदेखि हरिचोकसम्म ३.२ किलोमिटर सडक ६ लेनको बनाइदिन चीनसमक्ष आग्रह गरिएको छ, जसको अनुमानित लागत ३३ करोड रुपैयाँ छ। पालिखेका अनुसार राजदूतले पोखराको प्रस्तावमा चीन सकारात्मक रहेको तर नेपाल सरकारबाट नै प्रक्रिया अगाडि बढाउन सुझाव दिएका छन्।
'पोखरामा अब चीनको धेरै सहयोग कुनमिङमार्फत नै आउने भयो, अहिले नै सबै सार्वजनिक नगरौं, तर धेरै योजनामा सहयोग गर्ने इच्छा चीनले देखाएको छ', चीन सूचना केन्द्र चाँडै स्थापना गरिने बताउँदै नेपाल–चाइना फ्रेन्डसिप सोसाइटीका अध्यक्ष पालिखेले भने, 'नगरप्रमुख आउँदा केही परियोजनामा सम्झौता गरौं भन्ने छ, हामी धेरै नमाग्ने तर दिएको लिने सोचाइमा छौं।'
कुनमिङले उछिन्यो
कुनमिङका तत्कालीन उपमेयर लिउ गुङले दुई वर्षअघि पोखरा आएर सुरु गरेको सम्बन्ध स्थापनाको प्रयासले अहिले औपचारिकता पाएको हो। 'कुनमिङले पोखरामा रेल, सडक, शिक्षा, स्वास्थ्य र पर्यटन उद्योगमा सहयोगका लागि सम्भावना खोजिरहेको' चिनियाँ कम्युनिस्ट पार्टी कुनमिङका अधिकारी लिउले नागरिकलाई बताएका थिए।
तिब्बत र सिचुवानसँग जोडिएको चीनको एउटा प्रमुख पर्यटकीय नगर कुनमिङले पोखरा रोज्नुको कारण उस्तै भौगोलिक अवस्था र हावापानी पनि हो। दक्षिणपूर्व र दक्षिण एसियासँग व्यापार विस्तार गर्ने रणनीतिअन्तर्गत चीनले दुई महिनाअघि कुनमिङमा चीन–दक्षिण एसिया एक्स्पो आयोजना गरेको थियो। २ हजार किलोमिटर टाढाको कुनमिङसँग काठमाडौंको सिधा हवाइसम्पर्क र तिब्बतको सडकमार्ग भएर नेपाल आउने पर्यटकको संख्या उल्लेख्य छ।
प्रोफेसर टुका अनुसार धेरै चिनियाँ पर्यटक कुनमिङ भएर नेपालको पोखरा आउन चाहन्छन्, तर भिसा समस्या र पर्यटन पूर्वाधार अभाव त्यसको बाधक बनेको छ। 'कुनमिङमा नेपालको वाणिज्य दूतावास नहुँदा भिसाका लागि अन्य सहर जानुपर्ने बाध्यता छ,' आफूसहित धेरै चिनियाँ पोखराबारे जानकार रहेको बताउँदै टु भन्छन्, 'बौद्ध धर्मको लिंक र सुन्दर दृश्यावलोकनले गर्दा धेरै चिनियाँमा पोखराको गहिरो प्रभाव छ, तर पर्याप्त होटल र बस तथा सडकको अवस्था राम्रो नहुँदा त्यत्तिकै चिन्तित पनि छन्।'
बेइजिङस्थित राजदूत महेश मास्केका अनुसार चीनले आफ्ना प्रान्त र नगरहरूलाई विदेशी सहरहरूसँग सम्बन्ध स्थापना गर्ने स्वतन्त्रता दिएकाले नेपालका नगरहरूले त्यसको फाइदा उठाउन सक्नेछन्। 'फेवाजस्तै बेस्ट लेक भएको सांघाई नजिकको सहर हान्जाओ पनि पोखरासँग सम्बन्ध बनाउन खोजिरहेको थियो', राजदूत मास्के भन्छन्, 'कुनमिङले सिस्टर सिटी नै स्थापना गरेर मौका छोपेछ।'
विमानस्थल र मुस्ताङ नाका
चाइना सिएएमसी इन्जिनियरिङ कम्पनीसँग एक महिनाभित्रै पोखरा क्षेत्रीय अन्तर्राष्ट्रिय विमानस्थल निर्माण सम्झौता गर्ने तयारी भइरहेको छ। भूरणनीतिक महŒवको विमानस्थल निर्माणका लागि नेपाल सरकारलाई १४५ मिलियन अमेरिकी डलर (करिब १४ अर्ब रुपैयाँ) सहुलियत ऋण दिन चाइना एक्जिम बैंक तयार भएको छ। चीनको सहुलियत ऋण अनुदानमा परिणत हुने परम्परा छ।
अन्तर्राष्ट्रिय पर्यटकीय नगर पोखरामा ठूलो विमानस्थल निर्माण गर्ने योजनाअन्तर्गत नेपाल सरकारले १९७६ मै ५०० हेक्टर जग्गा अधिग्रहण गरेको थियो। डेढ वर्षअघि चीनका तत्कालीन प्रधानमन्त्री वेन जियाबाओ नेपाल आउँदा ३६ वर्षसम्म बन्न नसकेको विमानस्थल निर्माण गर्ने सहमति भएपछि यसले भूरणनीतिक विवाद पनि जन्मायो। तर मध्य र पश्चिम नेपालको आर्थिक–सामाजिक रुपान्तरणमा प्रभावकारी हुने ठानिएको विमानस्थल निर्माणलाई तत्कालीन चिनियाँ राजदूत याङ होउलानले आफ्नो मिसन नै बनाए। पालिखेअनुसार अब विमानस्थल बन्ने '२ सय प्रतिशत पक्का' भएको छ र 'तीन महिनाभित्रै' काम सुरु हुनेछ।
पृथ्वी राजमार्ग र पोखरा–बागलुङ सडक निर्माणमा सहयोग गरेर चीनले राजधानी काठमाडौंलाई पोखरा हुँदै बागलुङसँग जोड्न सहयोग गरेको थियो। अहिले बागलुङबाट मुस्ताङ हुँदै तिब्बतसम्म धुले सडक जोडिएको छ। नेपालका मध्यपश्चिम, पश्चिम, मध्य र पूर्वी क्षेत्रसँग तिब्बतलाई जोड्न चीनले निर्माण गरेका पाँच वटा लिंक रोडमध्ये पश्चिम क्षेत्रलाई मुस्ताङले कभर गर्छ। मुस्ताङको नेचुङ–लिजझिसिमा नाकामा सुख्खा बन्दरगाह निर्माण गरिदिने तयारी पनि चीनले गरेको छ। अन्तर्राष्ट्रिय विमानस्थल बनेपछि पोखरासँग चीनको सिधा हवाई सम्पर्क स्थापित हुनेछ भने मुस्ताङ नाकाले पर्यटन तथा व्यापार प्रवर्द्धनमा सहयोग पुर्यारउने ठानिएको छ।
'ट्रान्स हिमालय' रणनीति
आर्थिक सहयोग लिएर स्थल र हवाईमार्ग हुँदै पोखरा आउने चीनको प्रयास 'ट्रान्स हिमालय' सुरक्षा रणनीतिसँगजोडिएको छ। सन् १९६२ मा भारत–चीन युद्ध हुनुअघिसम्म तिब्बत–भारत हिमालय पार व्यापारको प्रवेशद्वार थियो पोखरा। अहिले पोखरालाई आधार बनाएर पश्चिमा र भारतीय पक्षले मुस्ताङलगायत हिमाली क्षेत्रमा तिब्बत केन्द्रित गतिविधि बढाएको आशंका चीनलाई छ।
मुस्ताङबाट चिनियाँ सेनाको प्रतिरोध गर्न दलाई लामा समर्थक खम्पा गुरिल्लालाई सहयोग गर्दा सिआईएले पोखरालाई आधार बनाएको थियो। त्यसयता पोखराका चार वटा शिविरमा रहेका तिब्बती शरणार्थी गतिविधिलाई चीनले निगरानीमा राख्दै आएको छ। बेलायती, भारतीय सेनाका भर्ना, पेन्सन क्याम्पर अमेरिकी एयर फोर्सले नेपाली सेनासँग मिलेर गत वर्ष पोखरामा सञ्चालन गरेको 'एसिया एन्जेल मिसन' ले यस क्षेत्रमा चीनको सुरक्षा चासो बढेको हुन सक्छ।
हिमाली भेगमा हुन सक्ने फ्रि तिब्बत गतिविधिलाई निगरानी गर्दै मुस्ताङ नाकाबाट 'ट्रान्स हिमालय' व्यापार पुनः खोल्ने योजनाअन्तर्गत चीन काठमाडौंपछि पोखरा केन्द्रित हुन खोजेको देखिन्छ। पर्यटन र पूर्वाधार विकासमा नेपालले चीनको आर्थिक लगानी चाहेको बेला पोखराले यो अवसर पाएको छ। नेपालको सर्वाधिक धनी नगरको रेकर्ड बनाएको पोखराको चिनियाँ लगानी भित्र्याउने पहलले आर्थिक रुपमा पछाडि रहेका अन्य नगरहरूलाई पनि उत्प्रेरित गर्न सक्नेछ।